19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दाजु टेकनाथ बरालका सम्झनामा

संस्मरण/स्‍मृति रघुनाथ अधिकारी September 19, 2026, 1:39 pm

रघुनाथ अधिकारी कास्की, पोखराका टेकनाथ बरालसँगको चिनजान सामान्य रूपमा बनारसमा वि.सं. २०२२ सालतिरै भएको सम्झना हुन्छ । उहाँसँगको त्यो सामान्य चिनजानपछि बलराम दाइ र अन्य साथीहरूले उहाँका बारेमा गरेका चर्चाले उहाँको त्यतिखेरको व्यक्तित्व र गाउँबाट एकैचोट बनारस पुगेको भर्खर १५ वर्षको उमेर टेकेको मेरा निम्ति एउटा क्रान्तिकारी नेताकै रूपमा परिचित रह्यो


‘साहित्यमा ऐजेरू’ निबन्धसङ्ग्रहको समालोचनात्मक अध्ययन

कृति/समीक्षा डा. इन्द्रबहादुर छेत्री September 17, 2026, 6:00 pm

डा. इन्द्रबहादुर छेत्री साहित्यमा ऐजेरू-को प्रतीकात्मक अर्थ-

प्रा.नवीन पौड़्यालको साहित्यमा ऐजेरू निबन्धसङ्ग्रहको ‘ऐजेरू’ शब्दको शाब्दिक अर्थ नभएर प्रतीकात्मक अर्थ बुझ्न पर्ने हुन्छ,यस सङ्ग्रहका निबन्धहरूका।यस्ता प्रतीकात्मक शब्दहरूका विभिन्न अर्थहरू निष्पादित हुन्छन्। यस सङ्ग्रहमा समावेश गरिएका निबन्धहरूले आधुनिक कालका लेखन धर्मितामा प्रवेश पाउन थालेका कुप्रथाले साहित्यको मौलिक सृजनतालाई नै शुष्क बनाउन थालेको देखिन्छ


“बेरीतका रीतहरू” को गाँठा फुकाएर हेर्दा

कृति/समीक्षा नम्रता गुरागाईं September 17, 2026, 5:51 pm

नम्रता गुरागाईं “म विशुद्ध गृहिणी थिएँ, उहाँ लेखक हुनुहुन्थ्यो। उहाँका लेखको पाठक चाहिँ थिएँ। उहाँको निधनपछि उहाँकै नाममा साहित्य प्रतिष्ठानको जन्म भयो। त्यसपछि साहित्यिक पोखरीमा हामफालेर पौडी खेल्न सिकेँ।”

“बेरीतका रीतहरू” निबन्धसङ्ग्रह पढेपछि स्रष्टा रीता पहारीकै मनका तरेलीबाट सुरु गर्न मन लाग्यो


सत्यका कुरा

कथा बिजु सुवेदी विजय September 16, 2026, 5:38 pm

बिजु सुवेदी विजय १: तीजको बजार र पहिलो भ्रम
तीजको बिहान थियो । आकाशमा बादल थिए, तर बजारमा घामभन्दा तेज रातो रङ झल्किरहेको थियो । राताम्मे सारी, हरिया चुरा, पोतेका झिल्काले गल्लीहरूलाई फूलको बगैंचाजस्तो बनाइदिएका थिए । प्रत्येक पसलको अगाडि मानिसको घेरा थियो । कसैले चिउरा जोख्दै थियो, कसैले तेलको जर्किन समाउँदै थियो, कसैले टोकरीभरि तरकारी छान्दै थियो


रातो बनारसी सारी

कथा बद्री अधिकारी September 16, 2026, 5:34 pm

बद्री अधिकारी बिहान अझै राम्ररी खुलिसकेको थिएन। रातको शीत आँगनको माटोमा बसेको थियो। पञ्चायनका रातो र सेता फूलहरूमा स-साना शीतका थोपा टल्किरहेका थिए। हावाको हल्का झोक्का चल्दा फूलका बोटहरू बिस्तारै हल्लिन्थे, र कुनै फूलको पातबाट शीतको थोपा चिप्लिँदै भुइँमा खस्थ्यो। पूर्वतिरको आकाश उज्यालिँदै गए पनि घामले घरको छानो छोइसकेको थिएन


तीज महिलाअधिकारको चाड हो

विचार भीम रानाभाट September 16, 2026, 5:27 pm

भीम रानाभाट “रम र झम तीजै र आयो
यो मन मेरो रमायो”
नेपाली समाजमा प्रत्येक वर्ष भदौको महिनामा मनाइने पर्व हरितालिका हो । यसलाई भदौरे चाड पनि भनिन्छ । महिलाहरुको हक अधिकार र स्वतन्त्रतासँग यसको सम्बन्ध रहेको छ । गाउँघरतिर यसलाई तीज पर्व पनि भनिन्छ । यो पर्वमा नवविवाहित महिलाहरुले नयाँ घरको अवस्थाका बारेमा वर्णन गरेर गीत बनाएर गाउने चलन छ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित