“म विशुद्ध गृहिणी थिएँ, उहाँ लेखक हुनुहुन्थ्यो। उहाँका लेखको पाठक चाहिँ थिएँ। उहाँको निधनपछि उहाँकै नाममा साहित्य प्रतिष्ठानको जन्म भयो। त्यसपछि साहित्यिक पोखरीमा हामफालेर पौडी खेल्न सिकेँ।”
“बेरीतका रीतहरू” निबन्धसङ्ग्रह पढेपछि स्रष्टा रीता पहारीकै मनका तरेलीबाट सुरु गर्न मन लाग्यो
१: तीजको बजार र पहिलो भ्रम
तीजको बिहान थियो । आकाशमा बादल थिए, तर बजारमा घामभन्दा तेज रातो रङ झल्किरहेको थियो । राताम्मे सारी, हरिया चुरा, पोतेका झिल्काले गल्लीहरूलाई फूलको बगैंचाजस्तो बनाइदिएका थिए । प्रत्येक पसलको अगाडि मानिसको घेरा थियो । कसैले चिउरा जोख्दै थियो, कसैले तेलको जर्किन समाउँदै थियो, कसैले टोकरीभरि तरकारी छान्दै थियो
बिहान अझै राम्ररी खुलिसकेको थिएन। रातको शीत आँगनको माटोमा बसेको थियो। पञ्चायनका रातो र सेता फूलहरूमा स-साना शीतका थोपा टल्किरहेका थिए। हावाको हल्का झोक्का चल्दा फूलका बोटहरू बिस्तारै हल्लिन्थे, र कुनै फूलको पातबाट शीतको थोपा चिप्लिँदै भुइँमा खस्थ्यो। पूर्वतिरको आकाश उज्यालिँदै गए पनि घामले घरको छानो छोइसकेको थिएन
“रम र झम तीजै र आयो
यो मन मेरो रमायो”
नेपाली समाजमा प्रत्येक वर्ष भदौको महिनामा मनाइने पर्व हरितालिका हो । यसलाई भदौरे चाड पनि भनिन्छ । महिलाहरुको हक अधिकार र स्वतन्त्रतासँग यसको सम्बन्ध रहेको छ । गाउँघरतिर यसलाई तीज पर्व पनि भनिन्छ । यो पर्वमा नवविवाहित महिलाहरुले नयाँ घरको अवस्थाका बारेमा वर्णन गरेर गीत बनाएर गाउने चलन छ
नवीन पिपल चौतारामा बसिरहेका थिए । केही परिचित अनि केही अपरिचित अनुहार सामन्नेमा आए ।
उनले परिचय भएका व्यक्तिलाई नमस्कार गरे अनि उनको साथमा रहेका व्यक्तिहरूलाई पनि अभिवादन गरे । आफूभन्दा बढी उमेरका मानिसप्रति आदरभाव प्रकट गर्नु उनको स्वभाव भनौं या बानी रहेको छ ।
त्यहाँ आएका मानिस आफ्नै कुराकानीमा व्यस्त रहे
उज्यालो र अँध्यारोको बक्र छायाँमुनी एउटा लेउ लागेको अजंगको कुवा थियो, जसलाई शासक भ्यागुत्ताहरूले सम्पूर्ण देश ठानेका थिए । गन्हाउने धमिलो पानी र ओसिलो भित्ता नै उनीहरूको साम्राज्यको सीमा थियो । मन्त्री–भ्यागुतो पेट फुलाएर टर..टर.. गर्दै विहान बेलुकै कासनसहित घोषणा गथ्र्यो, ‘यो कुवाभन्दा बाहिर केही छैन, सीमा नाघ्नु भनेको देशद्रोह र विनाश निम्त्याउनु हो