आहा नेपाली वन, नेपाली पन र नेपाली मनमा हलक्कै मल्किने खुराकको नाम हो भाइरल एक्सप्रेस । महोदयहरुले होइन भन्ने हिम्मत ननिकाल्नुभएकै वेश । बरु मुखले मात्र होइन नाक, कान, आँखा, घाँटी समेत मिसाएर यसैमा रमाउने, आफूलाई पुग्ने कमाउने सजिलो एक्सरसाइजमा लाग्नुहोला हस् । तथ्याङ्कको डाटामा कृषिप्रधान होस् कि बेरोजगार प्रधान, कुरा कम्पनी होस् कि अल्छि उद्योग सबैले जहाँतँही सजिलै सर्वव्यापी रुपमा चलाउन सक्ने भनेको भाइरल एक्सप्रेस नै त हो
शनिबारको साँझ थियो। बैठककोठामा रेडियो बजिरहेको थियो। नारायणगोपालको स्वरमा डुबेर उमेश चियाको चुस्की लिँदै थिए। बाहिर हल्का हावा चलिरहेको थियो। दिनभरको कामपछि यस्तो साँझ उनलाई निकै प्रिय लाग्थ्यो।
टेबलमाथि केही पत्रपत्रिका छरिएका थिए। भान्साबाट निस्केकी कल्पनाको नजर तिनैमा पर्यो
चाडपर्व भन्नु आफैमा तनावको कारण बन्दछ । अलग–अलग ठाउँमा बसाइ हुनु पनि कष्टकर नै हो । अझ ससाना बालबालिका भए त झन कठिन हुने गर्छ । आफ्नो मन त जसोतसो बुझाउँछु तर बालबालिकाको जिद्दीपनाको सामना गर्ने ? असहज परिस्थितिको सामना गर्न पुग्छु म । यसपालि पनि यस्तै अवस्था छ । श्रीमान घर आउने कुनै छाँट छैन
लेखसार :
लघुकथालाई प्रायः लघु आकार, सीमित शब्दसंख्या, संक्षिप्त कथानक र छोटो समयावधिसँग जोडेर हेर्ने गरिन्छ । यही कारण लघुकथामा प्रस्तुत हुने कथ्य समय (story time) पनि छोटो हुनुपर्छ भन्ने धारणा देखिन्छ । तर कथ्य समय, कथन समय (narrative time) र पाठगत आयतन (textual length/space) एउटै कुरा होइनन् । एउटा कथाले वर्षौँ, दशकौँ, एउटा जीवन वा पुस्तौँसम्म फैलिएको समयलाई केही शब्द, वाक्य वा चयनित घटनामार्फत प्रस्तुत गर्न सक्छ
पृष्ठभूमिः
सांस्कृतिक रुपान्तरणका अभियन्ता, वामपन्थी नेता तथा मानवअधिकारवादी व्यक्तित्व टेकनाथ बराल र हरिकला बरालका छोरा विद्याविमल बराल (२०१७) पोखरेली परिवेशमा प्रगतिशील प्रतिभाका रूपमा परिचित छन् । ‘पुनर्जागरण’ (२०८३) उनीद्वारा लिखित नवीनतम् उपन्यास हो । यसपूर्व उनका ‘सडक र इसाबेल’ (कवितासङ्ग्रह– २०६१), सपनाको देश (उपन्यास– २०६१), 'आगोजस्तो पहाड’ (संस्मरण– २०८२) र ‘मरिसेला’ (अङ्ग्रेजी भाषाको उपन्यास– २०८२) प्रकाशित छन्
महेशले गोरखापत्रमा नजर गाडिरहेका बाबुसामु चियाको कप राख्दै भने, “बुबा, घरमा कामको चाप धेरै भयो । आमालाई एक्लै साह्रै कष्ट भयो । अब काम गर्ने मान्छे राखौँ कि?”
बाबुले चस्मा मिलाए ।
“घरमा म, तिम्री आमा र तिमी—तीन जना त छौँ नि, बाबु! पच्चिस वर्षदेखि यही घरको सबै काम एक्लै सम्हालेकी मान्छे हुन् आमा