19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

करार्ईखोला फ्लोज : अंग्रेजी कविता संग्रहमा पाएको काव्यात्मक चेत

कृति/समीक्षा डा. गोबिन्दसिंह रावत October 10, 2026, 1:45 am

डा. गोबिन्दसिंह रावत क्यानडामा नेपाली मूलका अंग्रेजी लेखकहरूको सूचीमा सरस्वती लामिछानेको नाम पनि थपिएको छ। सन् २०२६ मा Mawenzi House को प्रकाशनमा उनको पहिलो कविता सङ्ग्रह Karaikhola Flows प्रकाशित भएको हो। यसअघि सहलेखिकाका रूपमा Six Strings: A Joint Anthology of Poems (2011) तथा सहसम्पादकका रूपमा Kavya: Representative Nepali Poetry in English (2023) प्रकाशित भइसकेका छन्। उनको कविता Wandering: An Anthology of Anglophone Nepali Diaspora Poetry (2026) मा पनि समावेश छ


विस्थापन

कथा डा. पुष्करराज भट्ट October 10, 2026, 1:42 am

डा. पुष्करराज भट्ट अशेषलाई सदैव मैले एक उत्साही मानिसको रूपमा चिनेँ । उसले सधैँ उत्साहका कुरा गथ्र्यो ।

“मानिस भएपनि केही न केही सत्कर्म गर्नुपर्छ ।” उसको सधैँको वाणी हुन्थ्यो ।

कतिपय अवस्थामा म अत्यन्त निराशा अनुभव गर्दथें । जीवनमा आफूले सोचे अनुसार नभए मलाई अत्यन्त पीडा हुन्थ्यो ।

अशेष मेरो सबैभन्दा मिल्ने मित्र


पठन संस्कृति : जीवन र जगतलाई बोध गर्ने साधन

विचार राजेन्द्र पहाडी October 10, 2026, 1:33 am

राजेन्द्र पहाडी पठन संस्कृति भनेको केवल पुस्तक पल्टाउने बानी मात्र होइन, यो मानिसको चिन्तन, व्यवहार र दृष्टिकोणलाई आकार दिने एक सशक्त माध्यम हो । नेपाल जस्तो भौगोलिक, धार्मिक, सांस्कृतिक र सामाजिक विविधता भएको मुलुकमा पठन संस्कृतिले व्यक्तिलाई संकीर्णताभन्दा माथि उठेर विश्वव्यापी परिप्रेक्ष्य दिन सक्छ भन्ने विश्वास गर्न सकिन्छ


चार बलको रहस्य

कथा बिजु सुवेदी विजय October 10, 2026, 1:28 am

बिजु सुवेदी विजय — जब वैज्ञानिकले ब्रह्माण्डको एउटै धड्कन सुने
मूल कथा–भाव
सन् २०८९ । पृथ्वीमा अत्यन्त संवेदनशील नयाँ वैज्ञानिक उपकरण “अनन्त” निर्माण हुन्छ । यसको उद्देश्य चार आधारभूत बलमध्ये अहिलेसम्म अलग-अलग देखिएका गुरुत्व, विद्युत्चुम्बकीय, विक र स्ट्रङ बलका बीच कुनै गहिरो सम्बन्ध छ कि छैन भन्ने पत्ता लगाउनु हो


इन्द्रबल्लभ राई ‘मुर्झन’-को कविता सङ्ग्रह ‘छन्द-बेछन्द’-लाई सरसर्ती हेर्दा

कृति/समीक्षा गोपालसिंह विश्व October 10, 2026, 1:25 am

गोपालसिंह विश्व मेरा आदरणीय गुरुजी तथा देवकोटाको ‘मुनामदन’-को अङ्ग्रेजी अनुवादक स्व. गङ्गासिंह राई सरका सहोदर भाई इन्द्रबल्लभ राई मेरा छात्र जीवनका केही पुराना घनिष्ठ मित्रहरूमध्ये एक हुन्। सम्भवत:: सन् 1966 मा हामी बाग्राकोट हाई स्कुलमा सातौँ श्रेणीमा पढ्दा उनीसित समकक्ष मित्रताको सम्बन्ध गाँसिएको थियो


फाइल

निबन्ध तोमनाथ उप्रेती October 10, 2026, 1:23 am

तोमनाथ उप्रेती नेपालमा फाइलहरू धेरै छन्। अलमारी छन्। दराज छन्। कागजका पहाड छन्। केही फाइलमा धुलो छ। केहीमा मौनता छ। केहीमा इतिहास निदाएको छ। केही फाइलले त मानौँ देशकै भविष्य थिचेर बसेका छन्। फाइल बाक्लिँदै गए। धुलो बाक्लिँदै गयो। तर प्रश्न उस्तै रह्यो। राज्य किन पातलो हुँदै गयो? हामीले कागजको शासन त बनायौँ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित