19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नीलकण्ठ' उपन्यासको संरचनागत अध्ययन

कृति/समीक्षा नवीन पौड्याल October 23, 2026, 9:23 am

नवीन पौड्याल १. विषय प्रवेश :
थोरै लेखेर धेरै सफलता र प्रसिद्धि पाउने भाग्यशाली साहित्यकार हुन् मत्स्येन्द्र प्रधान। उनको पहिलो उपन्यास 'नीलकण्ठ' ले धेरै सफलता र चर्चा पाएको हो भने दोस्रो उपन्यास 'आरोहण' ले पनि त्यस्तै ठूलो सफलता पाएको हो। यी दुइवटै उपन्यासले उनलाई सम्मान, श्रेय, पुरस्कार र अमरत्व प्रदान गरेका छन्


आधारात

निबन्ध मधुसूदन घिमिरे October 23, 2026, 9:14 am

मधुसूदन घिमिरे म सुत्न सकिनँ । आधारात कटेर दुई बजेर पनि केही समय गयो । एउटा भिडियोले मेर‍ो मथिङ्गल हल्लाइदियो ।मानवता लज्जाले लज्जाइरहेको । अफ्रिकाको कुनै समुदायको थिय‍ो । AI हो कि भनेर नियालेँ । नभएको पत्ता लाग्यो ।आफ्ना सन्तानभन्दा प्रिय अभिभावकका लागि अरू दुनियाँमा कोही हुँदैन । तर घटना विचित्रको थियो


प्रगतिवादी कोणबाट ‘घैंटीको मूल्य’ कथासङ्ग्रहको विश्लेषण

कृति/समीक्षा रामप्रसाद पौडेल ‘रमेश’ October 23, 2026, 9:12 am

रामप्रसाद पौडेल ‘रमेश’ १. पृष्ठभूमि

नारायण मरासिनी प्रगतिवादी कथाकारका रूपमा परिचित छन् । उनका हालसम्म एक गीतसङ्ग्रह, एक मुक्तकसङ्ग्रह, एक खण्डकाव्य र एक कवितासङ्ग्रहका अतिरिक्त तीनवटा कथासङ्ग्रह प्रकाशित छन् । नेपाली कथाको इतिहासमा वर्गीय चेतना, सामाजिक यथार्थ र उत्पीडित वर्गको पक्षधरता बोकेका कथाहरूको महत्व विशेष किसिमको रहेको छ


कञ्चु

कथा बिजु सुवेदी विजय October 20, 2026, 6:44 pm

बिजु सुवेदी विजय १: एउटा भिडियो, हजारौँ विवेक
बिहानको घामले भर्खरै गाउँका डाँडाहरू छुन थालेको थियो । रातभरि परेको शीतले सडकछेउका घाँसका पातहरू चम्किरहेका थिए । आकाश नीलो थियो, चराहरू आफ्नै भाषामा दिनको स्वागत गरिरहेका थिए, र सडकमा विस्तारै मानिसहरूको चहलपहल बढ्दै थियो ।
त्यही सडकमा एउटा गाडी हुइँकिँदै आइरहेको थियो


‘रित्तो गुँड’ कथाको समाजशास्त्रीय विवेचना

कृति/समीक्षा राजेन्द्र पहाडी October 18, 2026, 4:25 pm

राजेन्द्र पहाडी प्रारम्भ:

नेपाली साहित्याकाशमा विजय सागर (विजय गोविन्द श्रेष्ठ) एक स्थापित, आदरणीय एवं बहुआयामिक स्रष्टा व्यक्तित्वका रुपमा परिचत कथाकार हुन् । आख्यान, नियात्रा, काव्य तथा सम्पादन साहित्यमा समेत निरन्तर क्रियाशील कथाकार सागरका यसअघि नै सातवटा विविध विधाका कृतिहरू प्रकाशित भइसकेका छन्


नौलो पाइला

कथा डा. पुष्करराज भट्ट October 16, 2026, 4:11 am

डा. पुष्करराज भट्ट पहाड मेरा लागि एक सपना हो । मेरो जन्म पश्चिम पहाडमा भयो । सानैमा बाबुआमासँगै तराई गएँ । शरीर तराईमा थियो । मन पनि पहाडमा थियो । पहाडबाट आएका आफन्तका कुरा सुन्दा मेरो पहाड मोह बढाइदिन्थ्यो ।
अलिअलि स्मृतिका झुल्का थिए पहाडका । समयकाल सानो थियो, स्मृतिको संसार भने विशाल थियो । पहाडको घर, मुल फेटने धारा

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित