"खोटाङ जिल्ला दिक्तेल बजार... !" बोलको यो गीत लोचन भट्टराईले धेरै पहिलेदेखि गाउँदै आउनुभएको हो । २०८२ मङ्सिरमा नमस्ते आधुनिक लघुकथा मञ्चले मलाई लघुकथा समालोचनामा र लोचन भट्टराईलाई गायनमा योगदान गरेवापत् चितवनको राप्ती गाउँपालिकाको खुरखुरेमा रथारोहण तथा सार्वजनिक अभिनन्दन गरेको थियो
गाउँको सरकारी स्कुलबाट कडा मिहिनेतका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएपछि आकृतिका आँखामा एउटै लक्ष्य थियो, डाक्टर बन्ने । तर, सपना जति उज्यालो थियो, यथार्थको बाटो त्यति नै अँध्यारो र चुनौतीपूर्ण ।
आकृतिका बुबा साधारण किसान थिए, जसका हत्केलामा फुट्तै, कुच्चिँदै गरेका ठेला र निधारबाट दिनहुँ पसिना चुहाएर गरेको कडा मेहनत नै परिवारको जीविका धान्ने आधार थियो
कविता कलाको त्यस्तो रूप हो जहाँ भावना, विचार र सपनाहरूलाई सामञ्जस्यपूर्ण ढङ्गले गद्यात्मक वा पद्यात्मक शैलीमा व्यक्त गरिन्छ, जुन कल्पनाशीलता र सौन्दर्यले भरिपूर्ण हुन्छ । कवि र कविता स्वतन्त्रताका संवाहक हुन् । कविले कविताका श्लोकहरू मार्फत उत्पीडन, अत्याचार, निषेध,परम्परा, राज्य र धर्मका अवधारणाहरूबाट टाढा आफ्नो अद्वितीय दार्शनिक, धार्मिक र सत्य-निर्माण संरचनाहरू निर्माण गर्छन्
रातको नौ बजिसकेको थियो। जिल्ला प्रशासन कार्यालयको सानो बैठककक्ष। टेबलमा चिसो समोसा र चिया। बाहिर चोकमा कुकुर भुकेको आवाज। कहिलेकाहीँ लाटोकोसेरोले काट्थ्यो। कोठाभित्र पाँचजना पदाधिकारी। सबैको अनुहारमा थकान। थकानभन्दा गहिरो कुरा थियो—असजिलो मौनता।
टेबलको कुनामा प्लास्टिकको बोरा
१ : फ्रस्ट्रेसनको बीउ
वर्षाको पानी परेपछि सुकुमवासी बस्तीको गल्ली हिलोले भरिन्थ्यो । सानो विजय चप्पल हातमा बोकेर नाङ्गो खुट्टाले हिँड्थ्यो । हिलोले खुट्टा मात्रै होइन, उसले देखेको संसार पनि बेरिरहन्थ्यो । कतै खुला ढल, कतै टिनको छानोबाट चुहिने पानी, कतै रातभर खोकीले छटपटाउने बूढी आमाहरू
जीवन, कर्म र कीर्ति अस्तित्वको त्रिवेणी हो । मानव जीवनको गहनतम रहस्य तीन शब्दमा समेटिन्छः जीवन, कर्म र कीर्ति । यी तीन अवधारणाहरू एकअर्कासँग अविभाज्य रूपमा जोडिएका छन् । जीवन एक क्षणिक यात्रा हो, कर्म यस यात्राको इन्धन र दिशा हो, र कीर्ति यस यात्राको अमर साक्षी । जीवन बिना कर्म अधुरो हुन्छ, कर्म बिना जीवन अर्थहीन हुन्छ, र कर्म बिना कीर्ति कल्पना मात्र रहन्छ