19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चौतारीका बरपिपलसँगै ढलेको मेरो मन

निबन्ध रमाकान्त शर्मा May 19, 2026, 11:26 pm

रमाकान्त शर्मा बकुलहर चोकका वरपिपल ढले। हुन त टाँडी चोकको वरपिपल पनि त ढालियो। चौतारीहरु पाताल भए। जति धेरै सामिप्यता अन्त्य हुँदा त्यतिनै धेरै पीडा। स्मृतिबाट हटाउन खोजे पनि झनै धेरै नोस्टालजिया । नारायणघाट- बुटवल, बुटवल गोरुसिङ्गें सडकखण्ड विस्तारको क्रममा उता ढल्केवर देखि जनकपुर जोड्ने सडक विस्तारको क्रममा मात्र हो र देश व्यापी रुपमा नयाँ सडक निर्माण र विस्तारको क्रममा धेरै पुराना भयङ्कर बरपिपल ढालिएका छन्


बालकृष्ण शर्मासित विगतदेखि वर्तमानसम्मका कुराकानी

वार्ता अर्जुन चामलिङ यावा May 19, 2026, 11:19 pm

अर्जुन चामलिङ यावा राङ्का धजे, पूर्व सिक्किम निवासी हुनुहुन्छ श्री बालकृष्ण शर्मा। विद्युत् विभागबाट अवकाशप्राप्त एकजना कर्मचारी, राङ्का भेगमा व्यापार व्यावसाय शुरु गर्ने व्यक्तित्व, गाउँदेखि शहरसम्मका उक्काली-ओह्रालीहरूमा धेरै पसिना चुहाएका एकजना परिश्रमी व्यक्तित्व। समग्रमा राङ्काका एकजना जीवित इतिहास, जसले धेरैकुरा देख्नुभएको छ, धेरै कुरा भोग्नुभएको छ


इथा: रियालिज्मसंगै नारीवाद, बुद्ध दर्शन र इतिहास

कृति/समीक्षा डिल्लीराम कट्टेल May 19, 2026, 11:15 pm

डिल्लीराम कट्टेल ओम रिजालको `पैकेलो´ र निलम कार्की निहारिकाको `राजमाता´ संगै नेपालको इतिहासमा नलेखिएका पराक्रम र राजकाजका वास्तविक कथाहरूले माथा इतिहासमा रन्थनिरहेको केहि दिनमा नै स्तम्भकार एवं पद्मश्री साहित्य पुरस्कार (२०७७)बाट पुरस्कृत अब्बल लेखक , केशव दाहाल कृत अर्को ऐतिहासिक आख्यान हातामा पर्‍यो


विराटनगरको धुलोदेखि चेरापुन्जीको वर्षासम्म

नियात्रा तोमनाथ उप्रेती May 19, 2026, 11:13 pm

तोमनाथ उप्रेती १. प्रारम्भ:
विराटनगरको बिहान उज्यालो थियो। तर त्यो उज्यालोभित्र पनि धुलो मिसिएको थियो। जस्तो जीवन सधैँ शुद्ध हुँदैन, त्यसमा अनगिन्ती असमानता, सम्झौता र अधूरा सपनाहरू मिसिएका हुन्छन्। सडकहरू आफ्नो नियमित गतिमा चलिरहेका थिए। गाडीहरू दौडिरहेका थिए, पसलहरू खुलिरहेका थिए र मानिसहरू आफ्नो–आफ्नो जिम्मेवारीमा हराइरहेका थिए


मानिस उखान-टुक्के: संवाद बकम्फुसे

कथा डिल्लीराम कट्टेल May 12, 2026, 12:24 am

डिल्लीराम कट्टेल (आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट्टेलसरलाई खासै कथा सुनाउने इच्छा त थिएन , तर आजकाल विद्यार्थीको जिद्दी अघि के नै गर्न सकिन्छ र ! अनि अल्छि-पाराले केहि न केहि त भन्नै पर्यो, त्यसपछि शुरु गरे , छेउ न टुप्पोको कथा


मुन्धुम पदमार्ग एक अविस्मरणीय पल

नियात्रा दुर्गा राई ‘चामलिङ’ May 10, 2026, 4:29 am

दुर्गा राई ‘चामलिङ’ पहिलो दिन
यात्राको आरम्भ र एमिग्रेसनको झन्झट
१२ अप्रेल २०२६, आइतबारको बिहान—हाम्रो यात्राको पहिलो अध्याय अलिक सहज, अलिक असहज अनुभूतिहरूबीच सुरु भयो। यात्रा केवल गन्तव्यमा पुग्ने माध्यम मात्र होइन, यो त अनुभूति, भेटघाट र संघर्षहरूको समष्टि पनि हो। यिनै साना–ठूला क्षणहरूले जीवनलाई ताजगी दिन्छन् भन्ने अनुभूति त्यही दिनदेखि सुरु भयो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित