19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपालीको गुमिरहेको समय

निबन्ध रमाकान्त शर्मा February 15, 2026, 6:30 pm

रमाकान्त शर्मा कोटेस्वरमा बस रोकेको पनि १० मिनेट भै सक्यो, अझै बस रोकिइ रहेको छ । सूर्यविनायक कतिवेला पुग्ने हो ? अत्तोपत्तो छैन । बागबजारबाट १५ मिनेटमा लाग्ने बाटोलाई ४५ मिनेट भन्दा बढी लागि सक्यो । मान्छे चढाउने र ओराल्ने ठाउँमा त सार्वजनिक बस नरोकी भएन । पर्खेर बसेका यात्री चढे पछि त हिडाउनु पर्ने हो


सुन्दर महाकाव्य : अपाला

कृति/समीक्षा चिरञ्जीवी दाहाल February 15, 2026, 6:20 pm

चिरञ्जीवी दाहाल बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वार्ड नं. १४ नारायणस्थान बलेवामा बि. सं. २००४ सालमा माता पञ्चकला शर्मा र पिता पं नीलकण्ठ शर्माका पुत्ररत्नको रूपमा जन्मिएका लक्ष्मीकान्त शर्मा पौडेल साहित्यको फाँटमा लकाश शर्माका नामले सुप्रसिद्ध छन् । हाल उनी भरतपुर नगर पालिका १० दीपेन्द्रचोकमा बसोबास गर्दै आइरहेका छन्


नौनी झिक्ने भ्यागुतो

निबन्ध पुण्य कार्की February 15, 2026, 6:19 pm

पुण्य कार्की कोही नौनी झिक्तैनन् अर्थात् कोही दही मथ्न तयार छैनन् । केवल अर्काले पारिदिएको मोही पिएर मुख बिगार्नेहरु छन् । अनि “कत्ति अमिलो मोही !” भनेर मोहीको विषयमा नाटिकुटी गर्नेहरु छन् । आफू भैँसी नपाल्ने, आफू भैँसीलाई घाँस काट्न अल्छी गर्ने, दूध दुहुने, दही जमाउने र मोही पार्ने काममा अल्छी गर्ने अनि अरुले पारेको मोही माग्न लुसुक्क ढुङ्ग्रो बोकेर अरुको ढोका चियाउने, मोही पाएपछि मोहीको विषयमा नकारात्मक टिकाटिप्पणी गर्ने, यसै प्रक्रियाबाट गुज्रिएका छौँ हामी


विद्रोह

लघुकथा नन्दलाल आचार्य February 15, 2026, 6:11 pm

नन्दलाल आचार्य ​"के यो खरानीले तिम्रो भोक मेट्छ, अघोरी ?"

​बस्तीको छेउमा रहेको बूढो बरको फेदमा बसिरहेका ती अघोरी विद्रोही युवकको प्रश्न सुनेर मुसुक्क हाँसे । उनको जटामा अड्किएका शीतका थोपाहरू जूनको उज्यालोमा टल्किरहेका थिए । वरिपरि कोलाहल थियो, अन्यायको राँको दन्किरहेको थियो, तर उनी भने पत्थरझैँ शान्त थिए


समालोचक नवीन पौड़्याललिखित ‘भारतीय नेपाली समालोचक सन्दर्भिका’ परिचयात्मक प्रतीति

कृति/समीक्षा डा. कृष्णराज घतानी February 14, 2026, 1:54 pm

डा. कृष्णराज घतानी भारतीय नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान बनाइसकेका साहित्य साधक हुन प्रा. नवीन पौड़्याल। शैक्षिक सामाजिक र साहित्यिक क्षेत्रमा समानान्तर सहभागिता दिँदै आए तपनि साहित्यिक क्षेत्रको यिनको गतिशीलता, लगनशीलता र दायित्वबोध बढी गम्भीर प्रतीत हुँदछ। कैंयौ प्रकाशित निबन्ध, समीक्षा, लेख तथा अनुसन्धानमूलक रचनाहरूले यिनको साहित्य साधनालाई नित-निरन्तर माथिल्लो तहमा उभ्याउन सकेको दृष्टिगोचर हुँदछ


कवयित्री पवित्रा लामासँग साहित्यिक कुराकानी

वार्ता बैद्यनाथ उपाध्याय February 14, 2026, 12:28 am

बैद्यनाथ उपाध्याय पवित्रा लामा भारतीय नेपाली साहित्यकी एक विशिष्ट र प्रयोगशील कवयित्री हुन्। पिता ललित लामा र माता श्रीमती लघु लामाकी सुपुत्री पवित्राले एम.ए. तथा बी.एड. सम्मको अध्ययन सम्पन्न गरेकी छन्। पेशाले उनी पश्चिम बङ्गाल सरकार अन्तर्गत म्याजिस्ट्रेट (उच्च अधिकारी) का रूपमा कार्यरत छिन्। प्रशासनिक व्यस्तताका बाबजुद पनि साहित्यप्रतिको उनको गहिरो समर्पण र मोहले उनलाई सृजनात्मक यात्रामा निरन्तर सक्रिय राखेको छ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित