19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पाहुना कोठा

लघुकथा खगराज बराल July 25, 2026, 2:33 pm

खगराज बराल "ए, छोरी आई !"

आमाको स्वर सुन्नासाथ बाबा आँगनतिर निस्किए । गेट खुल्यो । सिर्जनाले झोला भुइँमा राख्दै मुस्कुराई । आमाले अँगालो हालिन् ।

"ज्वाइँ खोइ?"

"केही महिनाका लागि विदेश जानुभएको छ ।"

"अनि त एक्लै आयौ?"

"हो । यसपालि एक महिना जति बस्छु भनेर सासू–ससुरासँग सल्लाह गरेर आएकी


मोबाइल प्रेम

लघुकथा गायत्रीकुमार चापागाईं July 25, 2026, 2:31 pm

गायत्रीकुमार चापागाईं उसको घरेलु नाम सबनम । उसको सोख खानपिन र मनोरञ्जन । घरकी कान्छो छोरी, लाडप्यारकी । जेठीभन्दा अलिक चन्चले । जेठी सहनशील र धीर । सानो भाइ चुलबुले । चौबिसै घन्टा मोबाइलबाट गीत, सङ्गीत सुनिरहनुपर्ने । घरिघरि फोन आउँदा घरबाहिर निक्लेर कुराकानी गरिरहने । आमा-दिदीले कसको फोन भन्दा साथीको भन्दिदा भै हाल्ने


जय–पराजय

कथा बद्री अधिकारी July 25, 2026, 2:28 pm

बद्री अधिकारी मध्यान्हको समय, आकाशमा चीलहरू फनफनी घुमिरहेका थिए। हर्कराजको दिमागमा पनि अनेकौँ कुराहरू खेलिरहेका थिए। ऊ आफूलाई सारै अभागी ठानिरहेको थियो। त्यतिखेर दमले निकै सताएकोले ऊ खाटमा उठेर बसिरहेको थियो। श्वास फेर्न असजिलो भएकोले सकिन लागेको ‘आस्थालीन इन्हेलर’को दुई पम्प लियो। दवाई नै इन्हेलरमा सकिन लागेकोले खासै काम गरेन


फलामको बङ्गारा र कास्यको आँसु

कथा विमल लामिछाने July 25, 2026, 2:25 pm

विमल लामिछाने सहरको एउटा कुनामा दुईवटा विशाल सिमेन्टका पर्खालहरू जोडिएर एउटा साँघुरो गल्ली बनेको थियो । त्यहाँको एउटा कुनामा पुरानो घडी मर्मत गर्ने पसल थियो । पसलको नाम थियो– ‘विश्वनाथ घडी मर्मत सेन्टर’ । विश्वनाथ वर्षौदेखि त्यहीँ बसेर घडी मर्मत गर्दथे । उनको कपाल हिउँजस्तै सेतो भइसकेको थियो । र आँखाका ढकनीहरूमा सहरको नमेटिने धूलोको एउटा खैरो पत्र जमिसकेको जस्तो देखिन्थ्यो


यो विश्वकप र त्यो बाल्यकालको भकुण्डो

संस्मरण/स्‍मृति रमाकान्त शर्मा July 25, 2026, 2:21 pm

रमाकान्त शर्मा फिफा विश्वकप २०२६ फुटबल चलिरहेको छ । ४८ राष्ट्रका खेलाडीहरूले खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । युवाहरुले मात्र होइन खेतबारीमा काम गर्ने अधबैसें कामदारले समेत विभिन्न देशका जर्सी लगाएको देखिन्छ । चियापसलमा फुटबल, विद्यालय कलेजमा फुटबल, घरघरमा फुटबल, पत्रपत्रिकाका पृष्ठमा फुटबल जताततै फुटबलमय भएको छ


पानीभित्रको आकाश: रारासँगको अन्तर्यात्रा

नियात्रा तोमनाथ उप्रेती July 25, 2026, 2:15 pm

तोमनाथ उप्रेती "यदि पृथ्वीले आफ्नो आत्मा कहिल्यै देखाउन चाहे भने, सायद त्यो राराको पानीमा देखाउँछ।"
यो विचार मेरो मनमा त्यतिबेला जन्मिएको थिएन, जब म राराको किनारमा उभिएको थिएँ। यो त त्यस क्षण जन्मिएको थियो, जब राराको निश्चल पानीमा हेर्दाहेर्दै मैले आफ्नो अनुहार हराएको र आकाश मात्र बाँकी रहेको देखेँ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित