"ए, छोरी आई !"
आमाको स्वर सुन्नासाथ बाबा आँगनतिर निस्किए । गेट खुल्यो । सिर्जनाले झोला भुइँमा राख्दै मुस्कुराई । आमाले अँगालो हालिन् ।
"ज्वाइँ खोइ?"
"केही महिनाका लागि विदेश जानुभएको छ ।"
"अनि त एक्लै आयौ?"
"हो । यसपालि एक महिना जति बस्छु भनेर सासू–ससुरासँग सल्लाह गरेर आएकी
उसको घरेलु नाम सबनम । उसको सोख खानपिन र मनोरञ्जन । घरकी कान्छो छोरी, लाडप्यारकी । जेठीभन्दा अलिक चन्चले । जेठी सहनशील र धीर । सानो भाइ चुलबुले । चौबिसै घन्टा मोबाइलबाट गीत, सङ्गीत सुनिरहनुपर्ने । घरिघरि फोन आउँदा घरबाहिर निक्लेर कुराकानी गरिरहने । आमा-दिदीले कसको फोन भन्दा साथीको भन्दिदा भै हाल्ने
मध्यान्हको समय, आकाशमा चीलहरू फनफनी घुमिरहेका थिए। हर्कराजको दिमागमा पनि अनेकौँ कुराहरू खेलिरहेका थिए। ऊ आफूलाई सारै अभागी ठानिरहेको थियो। त्यतिखेर दमले निकै सताएकोले ऊ खाटमा उठेर बसिरहेको थियो। श्वास फेर्न असजिलो भएकोले सकिन लागेको ‘आस्थालीन इन्हेलर’को दुई पम्प लियो। दवाई नै इन्हेलरमा सकिन लागेकोले खासै काम गरेन
सहरको एउटा कुनामा दुईवटा विशाल सिमेन्टका पर्खालहरू जोडिएर एउटा साँघुरो गल्ली बनेको थियो । त्यहाँको एउटा कुनामा पुरानो घडी मर्मत गर्ने पसल थियो । पसलको नाम थियो– ‘विश्वनाथ घडी मर्मत सेन्टर’ । विश्वनाथ वर्षौदेखि त्यहीँ बसेर घडी मर्मत गर्दथे । उनको कपाल हिउँजस्तै सेतो भइसकेको थियो । र आँखाका ढकनीहरूमा सहरको नमेटिने धूलोको एउटा खैरो पत्र जमिसकेको जस्तो देखिन्थ्यो
फिफा विश्वकप २०२६ फुटबल चलिरहेको छ । ४८ राष्ट्रका खेलाडीहरूले खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । युवाहरुले मात्र होइन खेतबारीमा काम गर्ने अधबैसें कामदारले समेत विभिन्न देशका जर्सी लगाएको देखिन्छ । चियापसलमा फुटबल, विद्यालय कलेजमा फुटबल, घरघरमा फुटबल, पत्रपत्रिकाका पृष्ठमा फुटबल जताततै फुटबलमय भएको छ
"यदि पृथ्वीले आफ्नो आत्मा कहिल्यै देखाउन चाहे भने, सायद त्यो राराको पानीमा देखाउँछ।"
यो विचार मेरो मनमा त्यतिबेला जन्मिएको थिएन, जब म राराको किनारमा उभिएको थिएँ। यो त त्यस क्षण जन्मिएको थियो, जब राराको निश्चल पानीमा हेर्दाहेर्दै मैले आफ्नो अनुहार हराएको र आकाश मात्र बाँकी रहेको देखेँ