विषय प्रवेश:
भद्राञ्जली भद्रकुमारी घलेको बारेमा लेखिएको खण्ड काव्य हो । यस काव्यका सिर्जनाकार हुन् इन्द्रराज पौडेल । भद्रकुमारी घले साहित्यकार, समाजसुधारक, समाजसेवी र एक राजनीतिज्ञको रुपमा चिनिएकी बहुप्रतिभाकी धनी व्यक्तित्व हुन् । काव्यकारले यस काव्यमा भद्रकुमारी घलेको विविध पक्षलाई समेट्नु भएको छ
१. विषय प्रवेश
नेपाली साहित्यमा विधापरक समालोचना निकै फस्टाएको छ। कविता, कथा, उपन्यास नाटक निबन्ध आदि एकेक विधामा दुई चारजना आधिकारिक विद्वान् र समालोचक हुन्छन्। ती सम्बन्धित विधाका सम्बन्धित विद्वानको मत, मान्यता र अड़ानलाई आधिकारिक मानिन्छ। नेपालीका यस्ता विधापरक समालोचकहरूले विधाको अध्ययनको फाँटको निकै विस्तार गरेका छन्
पाखा गाउँका दमाईं अन्तरेको माइलो छोरो हुन् सेते । ‘सेते माइलो’ भनेपछि गाउँमा नचिन्ने कोहि थिएन । गाउँका युवामध्ये सबैभन्दा हक्की र बलिया थिए सेते दमाई । एसएलसी पास गरे पनि पढाइलाई बिचैमा छाडेर माओवादीले सञ्चालन गरेको क्रान्तिमा होमिएका थिए । क्रान्तिमा छिरेकै दिन सेतेको नाम फेरिएर सित्तल भयो
सन्तुलित दिमाग जस्तो कुनै सादगी छैन,
सन्तोष जस्तो कुनै सुख छैन,
लोभ जस्तो कुनै बिराम छैन,
दया जस्तो कुनै पुण्य छैन ।
–चाणक्य
मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ
बिहानको दस बजिसकेको छ। सधैँ त यतिबेलासम्म अफिसका निम्ति निस्किसकेको हुन्थ्यो। तर मोबाइल फोन आफूदेखि परको एउटा टेबलमा राखेर ऊ गुमसुम बसिरहेको छ। आज बिहानदेखि उसले कसैको फोनकल उठाएकै छैन।
केही बेरपछि उसको मोबाइल फोनको रिङटोन बज्न थाल्छ। फोनको छेउमा आएर उसले कलगर्नेको नाम हेर्छ—श्याम ब्रदर्स छापाखानाको अफिसबाट रहेछ
विक्रम सम्वत् २०१३ सालमा पौवा पाँचथरमा जन्मिएका गङ्गाप्रसाद अधिकारी साहित्यमा खोलाघरे साहिँलो नामले सुपरिचित छन् । “ आज एउटा जुलुस निस्कँदैछ ” २०५७ कविता सङ्ग्रह प्रकाशनमा ल्याएर देखापरेका उनका हालसम्म जिजीविष - रिक्त रिक्त , मनचरीको मनपरी दुईवटा गजल सङ्ग्रह प्रकाशनमा आइसकेका छन्