19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सात दिनको सिन्दूर

कथा डा. ज्ञानु काफ्ले August 20, 2026, 5:23 pm

डा. ज्ञानु काफ्ले १. बिहेको सात दिन
कुरा अछामको मंगलसेन नजिकैको जनालीकोट गाउँको हो। त्यो साल असारभरि दिनरात नरोकिकन पानी परिरहेको थियो, र गाउँका गोरेटाहरू हिलाम्य भइसकेका थिए। त्यही असारे पानीको बीचमा, सुमन खत्रीको जिन्दगी सधैंलाई बदलिदिने एउटा दिन आइपुग्यो।
सुमन त्यतिबेला तेइस वर्षको थियो। तीन वर्ष लगातार उसले शहर गएर साइबर क्याफेबाट अमेरिकी डाइभर्सिटी भिसा (DV) कार्यक्रमको लागि अनलाइन फारम भरेको थियो


भिड

लघुकथा शिबु ढकाल August 20, 2026, 5:16 pm

शिबु ढकाल बूढाबूढी व्यस्त सहरको चोकबाट पारितिर जाँदै थिए । उनीहरूको दृष्टि एउटा भिडमा पर्यो । त्यहाँ भर्खरै एउटा मोटरसाइकल ट्रकसित ठोक्किएको कुरा मानिसहरू गर्दै थिए । बूढीले भनी, “यस्सो हेरौं न, को ठोक्किएछ त्यहाँ ।”

बूढीको कुरालाई बेवास्ता गर्दै बूढाले भन्यो, “हुन्दे, कुन चाइनी केटो होला आँखा नहेरी मोटरसाइकल कुदाउनी


फर्किने बाटो

कथा तेजराज दाहाल August 20, 2026, 5:13 pm

तेजराज दाहाल भर्खर बिहानको चार बज्दै थियो।

पुर्वी नेपालको पहाडी गाउँ मझूवा अझै निदाइरहेको थियो। रामबहादुरले झ्यालबाट छिरेको मिर्मिरेको उज्यालोमा बाहिर हेर्यो।

पूर्वतिरको जिर्मले र सलकपुर डाँडामाथि रातको कालो पर्दा बिस्तारै पातलिँदै थियो। गाउँमा कतै भाले बासेको आवाज सुनिन्थ्यो, कतै गोठमा बाँधिएका गाईका घाँटीमा झुन्डिएका घण्टीहरू हल्लिँदा आएका आवाज


‘ब्रेन एन्ड ब्युटी’

कथा विमल लामिछाने August 19, 2026, 12:42 am

विमल लामिछाने ‘काठमाडौँ फेसन विक’ को अन्तिम र मुख्य रात थियो त्यो । राजधानीको कमलादीस्थित प्रज्ञा भवनको भव्य हल बेहुली झै सिँगारिएको थियो । झिलिमिली बत्तीको राप, क्यामेराको अनवरत ‘फ्ल्यास’ र दर्शकदीर्घाबाट गुञ्जिरहेको तालीका बीच स्नेहा रनवेमा ओर्लिइन् ।

साडी र आधुनिक फ्युजन पहिरनमा आफ्ना अग्ला हिल टेक्दै जब उनी अघि बढ्थिन्, लाग्थ्यो हलभित्रको सिंगो हावा नै उनको इसारामा अडिएको छ


छोटो चर्चामा शोलोम अलेखेम र उनको एकाङ्की “डक्टर”

कृति/समीक्षा राजु “हिमांशु” August 19, 2026, 12:41 am

राजु “हिमांशु” एउटा कथन यस्तो रहेछ- “Life is a dream for the wise, a game for the fool, a comedy for the rich, a tragedy for the poor.” अर्थात् जीवन ज्ञानीका निम्ति एउटा सपना,मूर्खका निम्ति एउटा खेल,धनीका निम्ति एउटा कामदी ,गरीबका निम्ति एउटा त्रासदी हो ।
Sholom Aleichem (शोलोम अलेखेम)-को रहेछ यो कथन। यस कथनले आकृष्ट गरेपछि शोलोम आलेखेमलाई चिन्न मन लाग्यो । अनलाइन सन्दर्भहरू कोटयाउँदै गएँ


साहित्य : दर्शन, आध्यात्मिकता र मानवचेतनाको अनन्त यात्रा

विचार तोमनाथ उप्रेती August 19, 2026, 12:37 am

तोमनाथ उप्रेती साहित्य मानव सभ्यताको सूक्ष्मतम चेतनाको भाषिक अभिलेख हो। मानिसले आकाशतर्फ हेरेर आफ्नो अस्तित्वबारे प्रश्न गर्न थालेदेखि नै साहित्यको आधारभूत चेतना जन्मिएको मान्न सकिन्छ। साहित्यको जन्मको मूलमा प्रश्न हुन्छ। म को हुँ?, जीवनको अर्थ के हो?, दुःख किन छ?, प्रेम किन आवश्यक छ?, मृत्युको अर्थ के हो?, सत्य के हो? जस्ता प्रश्न मानव चेतनाका शाश्वत प्रश्न हुन्

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित