19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तुलना : थुप्रेको र मेरो जिन्दगीका माझ

निबन्ध होम सुवेदी August 9, 2026, 11:31 pm

होम सुवेदी कुरा थाल्नु अघि अलिकति परिचयको खाँचो पर्न सक्छ । म भनेको एक सादा जीवन बाँचेको मान्छे हुँ । नेपालीको औसतमा पढेलेखेको र सरकारी सेवाको प्रथमश्रेणी सरहको सेवामा जीवनका साठी वर्ष बिताउन लाग्दै गरेको व्यक्ति हुँ । अब केही वर्ष मात्र छ अवकास पाउन । यी मेरो जिन्दगीका साठी वर्ष कुनै नकाम गरेर बितेनन्


‘भ्यू टावर’को यात्रा

कथा विमल लामिछाने August 9, 2026, 11:26 pm

विमल लामिछाने विश्वमा चर्चा पाएको सहरमा पाइला टेक्दा शरीर हर्षले फुरुङ्ग भएको थियो । पूर्वको क्षितिजमा घाम डुब्न लागेको त्यो बखत, रात र दिनको दोसाँधमा दमकका महल र घरका छतहरुमा ईन्द्रेणी लागेको बेला झै घामका बहुरङ्गी किरण टप्किरहेका थिए ।

पिठ्युँमा एउटा झोला भिरेर पूर्व घुम्न निस्किएको सोझो पर्यटक ती कृतिम घामका ज्योतिको रङ्ग देखेर अन्योलताको भुँवरीमा पर्छ


नाम मात्रै

कथा तेजराज दाहाल August 9, 2026, 11:24 pm

तेजराज दाहाल बिहानको हिँडाइमा एउटा छुट्टै संसार भेटिन्छ।

सहर पूरै ब्युँझिसकेको हुँदैन। सडकमा रातको चिस्यान बाँकी हुन्छ। पसलका सटरहरू आधा खुलेका हुन्छन्। दूधका क्यान बोकेका साइकलहरू बिस्तारै गल्ली छिचोलिरहेका हुन्छन्। कतै मन्दिरको घण्टी सुनिन्छ, कतै भर्खरै उम्लिएको चियाको बास्ना।

र, हामीजस्ता केही मानिसहरू - शरीर चलाउन निस्किए पनि कहिलेकाहीँ अरूका जीवनका कथा बोकेर घर फर्किन्छौं


कविता र कविजी

लघुकथा ईश्वर पोखरेल August 9, 2026, 11:23 pm

ईश्वर पोखरेल फेसबुकमा फोटो आदानप्रदान भएकै हो। प्रारम्भिक तहको अनौपचारिक कुराकानी पनि भएकै हो। साथीहरूसँग 'केटीको रूप–रङ मन पर्‍यो, एकपटक भेटेरै कुरा गर्छु' भन्थे अरे।

हिजो दिउँसो कवितालाई हेर्न घरमै आएका थिए, एकजना तिनै कविजी।

कविजी मांसाहारी रहेछन्, कविता कट्टर शाकाहारी।

कविता वृत्ति–विकासका लागि विदेश जान चाहने, कविजी देशमै केही गर्न सकिन्छ भन्ने ठान्ने


समकालीन नेपाली कविता समालोचनाको संरचनागत संकट

विचार तोमनाथ उप्रेती August 9, 2026, 11:20 pm

तोमनाथ उप्रेती सार
कविता भाषिक सौन्दर्यको निर्माण हो। यो सभ्यताको आत्मचेतनाको कलात्मक अभिव्यक्ति हो। त्यसैले कविता जति महत्त्वपूर्ण हुन्छ, त्यसभन्दा कम महत्त्वपूर्ण समालोचना हुँदैन। समालोचना साहित्यको आत्मसंवाद हो। यसले सिर्जनालाई परीक्षण गर्छ, त्यसलाई ऐतिहासिक, दार्शनिक, सांस्कृतिक र सौन्दर्यात्मक सन्दर्भभित्र पुनःस्थापित पनि गर्छ


समृद्धि फलाउने सिंगापुर

नियात्रा गोपीकृष्ण ढुंगाना August 8, 2026, 2:01 am

गोपीकृष्ण ढुंगाना चांगी विमानस्थलमा पाइला टेक्नेबित्तिकै एउटा बेग्लै संसारमा प्रवेश गरेको आभास भयो । यस्तो अनुभूति तब भयो, जब विमानस्थलको मुटुमा रहेको ‘ज्वेल’ (द जेवेल) भित्रको ४० मिटर अग्लो कृत्रिम झरना देखें । मन बोल्यो, ‘यहाँ प्रविधिले प्रकृतिलाई बन्दी बनाएको छैन, बरु श्रद्धापूर्वक पुजेको रहेछ ।’

जहाँ प्रविधि र प्रकृतिको यस्तो अद्भूत मिलन हुन्छ, त्यहाँबाट सुरु हुन्छ– सिंगापुरको विकास यात्रा

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित