19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सत्यका कुरा

कथा बिजु सुवेदी विजय September 16, 2026, 5:38 pm

बिजु सुवेदी विजय १: तीजको बजार र पहिलो भ्रम
तीजको बिहान थियो । आकाशमा बादल थिए, तर बजारमा घामभन्दा तेज रातो रङ झल्किरहेको थियो । राताम्मे सारी, हरिया चुरा, पोतेका झिल्काले गल्लीहरूलाई फूलको बगैंचाजस्तो बनाइदिएका थिए । प्रत्येक पसलको अगाडि मानिसको घेरा थियो । कसैले चिउरा जोख्दै थियो, कसैले तेलको जर्किन समाउँदै थियो, कसैले टोकरीभरि तरकारी छान्दै थियो


रातो बनारसी सारी

कथा बद्री अधिकारी September 16, 2026, 5:34 pm

बद्री अधिकारी बिहान अझै राम्ररी खुलिसकेको थिएन। रातको शीत आँगनको माटोमा बसेको थियो। पञ्चायनका रातो र सेता फूलहरूमा स-साना शीतका थोपा टल्किरहेका थिए। हावाको हल्का झोक्का चल्दा फूलका बोटहरू बिस्तारै हल्लिन्थे, र कुनै फूलको पातबाट शीतको थोपा चिप्लिँदै भुइँमा खस्थ्यो। पूर्वतिरको आकाश उज्यालिँदै गए पनि घामले घरको छानो छोइसकेको थिएन


तीज महिलाअधिकारको चाड हो

विचार भीम रानाभाट September 16, 2026, 5:27 pm

भीम रानाभाट “रम र झम तीजै र आयो
यो मन मेरो रमायो”
नेपाली समाजमा प्रत्येक वर्ष भदौको महिनामा मनाइने पर्व हरितालिका हो । यसलाई भदौरे चाड पनि भनिन्छ । महिलाहरुको हक अधिकार र स्वतन्त्रतासँग यसको सम्बन्ध रहेको छ । गाउँघरतिर यसलाई तीज पर्व पनि भनिन्छ । यो पर्वमा नवविवाहित महिलाहरुले नयाँ घरको अवस्थाका बारेमा वर्णन गरेर गीत बनाएर गाउने चलन छ


परिचयको खोजमा

कथा डा. पुष्करराज भट्ट September 16, 2026, 5:23 pm

डा. पुष्करराज भट्ट नवीन पिपल चौतारामा बसिरहेका थिए । केही परिचित अनि केही अपरिचित अनुहार सामन्नेमा आए ।

उनले परिचय भएका व्यक्तिलाई नमस्कार गरे अनि उनको साथमा रहेका व्यक्तिहरूलाई पनि अभिवादन गरे । आफूभन्दा बढी उमेरका मानिसप्रति आदरभाव प्रकट गर्नु उनको स्वभाव भनौं या बानी रहेको छ ।

त्यहाँ आएका मानिस आफ्नै कुराकानीमा व्यस्त रहे


अज्ञानको ‘सामन्त राज’

लघुकथा विमल लामिछाने September 16, 2026, 4:54 pm

विमल लामिछाने उज्यालो र अँध्यारोको बक्र छायाँमुनी एउटा लेउ लागेको अजंगको कुवा थियो, जसलाई शासक भ्यागुत्ताहरूले सम्पूर्ण देश ठानेका थिए । गन्हाउने धमिलो पानी र ओसिलो भित्ता नै उनीहरूको साम्राज्यको सीमा थियो । मन्त्री–भ्यागुतो पेट फुलाएर टर..टर.. गर्दै विहान बेलुकै कासनसहित घोषणा गथ्र्यो, ‘यो कुवाभन्दा बाहिर केही छैन, सीमा नाघ्नु भनेको देशद्रोह र विनाश निम्त्याउनु हो


डुवर्सेली नेपाली कथा साहित्यको विकास यात्रा : एक विहङ्गम दृष्टि

विचार गोपालसिंह विश्व September 9, 2026, 10:51 pm

गोपालसिंह विश्व आजभन्दा लगभग 49 वर्षअघि ‘नेपाली कथा साहित्यको सन्दर्भमा डुवर्स’ शीर्षकमा यस पङ्क्तिकारको एउटा लेख नेहरु सङ्घ तथा पुस्तकालय, बाग्राकोटबाट प्रकाशित ‘प्रयास’ पत्रिकाको वर्ष 4 अङ्क 4 अक्टुबर-दिसम्बर सन् 1977 मा प्रकाशमा आएको थियो। पछि सन् 1984 तिर यही लेख नेपालबाट भवानी घिमिरेको सम्पादनमा निस्किने पत्रिका ‘भानु डुवर्स विशेषाङ्क’-मा पनि प्रकाशित भयो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित