विद्यालयको छब्बिसौँ वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम हुँदै थियो । नौ कक्षामा पढ्ने दुईजना विद्यार्थीहरू सुम्निमा र सत्यम मञ्चमा चढेर माइक्रोफोन समाउनासाथ अभिवादन गरे ।
सुम्निमा- सेवा ।
सत्यम- जय श्री कृष्ण ।
सुम्निमा- सत्यम तिम्लाई मारूनी नाँचको बारेमा केही थाहा छ ?
सत्यम- थाहा छ नि
कास्की जिल्लाको घार्मीमा वि.सं. २००१ मा जन्मेका कवि पोषराज पौडेलको ‘जन्मदाता’ स्मृतिकाव्य अर्थात् शोककाव्य (२०७८) पीडादायी घडीमा सिर्जित कृति हो । आफ्ना मातापिताको सम्झनामा उनले यो स्मृतिकाव्य तयार पारेका हुन् । यो काव्य आफ्ना मातापिताप्रतिको उनको श्रद्धाभाव हो । उनले आफ्नी मातालाई २०४४ सालमा गुमाएका थिए भने पितालाई २०७८ सालमा गुमाउन पुगेका छन्
आज शनिबार पाँच दिनको कामपछि आउने एउटा यस्तो दिन जसलाई म आफ्नो थकानसँग अलिकति आरामका लागि जोगाएर राखेकी हुन्छु। हप्ताभरि अरूको समयसँग बाँधिएर हिँडेपछि शनिबार आइपुग्दा लाग्छ आज चाहिँ आफ्नै समय हो। केही नगरी बसूँ, शरीरलाई विश्राम दिऊँ, मनलाई पनि केहीबेर चुपचाप रहन दिऊँ।
तर आज शनिबारलाई त्यस्तो कुनै योजना रहेनछ
पहाडमाथि फैलिएको कुहिरो बिस्तारै पातलिँदै थियो। सूर्यको पहिलो किरणले गाउँका ढुङ्गे घरहरूलाई छुँदै तल झरिरहेको थियो। रातभरि ओसले भिजेका सागका पातहरूमा अडिएका थोपाहरू चम्किरहेका थिए। प्रकृतिमा नयाँ बिहान थियो, तर अर्जुनको मनमा भने पुरानो चिन्ताले फेरि आँखा खोलेको थियो।
उसले आँगनबाट घरतिर हेर्यो
१. बिहेको सात दिन
कुरा अछामको मंगलसेन नजिकैको जनालीकोट गाउँको हो। त्यो साल असारभरि दिनरात नरोकिकन पानी परिरहेको थियो, र गाउँका गोरेटाहरू हिलाम्य भइसकेका थिए। त्यही असारे पानीको बीचमा, सुमन खत्रीको जिन्दगी सधैंलाई बदलिदिने एउटा दिन आइपुग्यो।
सुमन त्यतिबेला तेइस वर्षको थियो। तीन वर्ष लगातार उसले शहर गएर साइबर क्याफेबाट अमेरिकी डाइभर्सिटी भिसा (DV) कार्यक्रमको लागि अनलाइन फारम भरेको थियो
बूढाबूढी व्यस्त सहरको चोकबाट पारितिर जाँदै थिए । उनीहरूको दृष्टि एउटा भिडमा पर्यो । त्यहाँ भर्खरै एउटा मोटरसाइकल ट्रकसित ठोक्किएको कुरा मानिसहरू गर्दै थिए । बूढीले भनी, “यस्सो हेरौं न, को ठोक्किएछ त्यहाँ ।”
बूढीको कुरालाई बेवास्ता गर्दै बूढाले भन्यो, “हुन्दे, कुन चाइनी केटो होला आँखा नहेरी मोटरसाइकल कुदाउनी