‘आज बाटो खन्न जाने उर्दी छ माथ्लागाउँमा! जाउँ हौ अलिअलि सघाइदिउँ’ ! भोली हाम्रा खेत सम्म पानी आइपुग्ने पैनी बनाउने अरे, श्रमदान गर्न जाअौ न ! अर्को हप्ता सामुदायिक वनमा स्वँयसेवक काम गर्न पर्यो रे, जानु पर्छ है ! भनेर कहिले बुवा, ठूलोबुवाले त कहिले दाजुहरूले कुरा गरेको सुन्थेँ। वहाँहरू जानुहुन्थ्योपनि
१: बीज (Seed) – ऐतिहासिक जड
रात गहिरिँदै गएको थियो । तराईको त्यो गाउँमा अँध्यारो कहिल्यै पूर्ण हुँदैनथ्यो —किनभने अँध्यारोभन्दा पनि गाढा केही त्यहाँ सदियौंदेखि बसिरहेको थियो । त्यो थियो—अन्याय ।
भुइँमा टाँसिएको जस्तो एउटा टहरा । छानोबाट चुहिने पानीका थोपा अझै सुकिसकेका थिएनन् । त्यही टहराभित्र वृद्ध दलित किसान रामु बसिरहेको थियो
“नमस्कार हजुर ! म स्कुलबाट रमा मिस बोलेकी । आज अरुन्धती किन स्कुल आइनन् भनेर सोध्न फोन गरेकी मैले !”
“नमस्कार मिस ! हो र ? ऊ त स्कुल जान्छु भनेर सधैँको समयमा हिँडेकी त । आज शैक्षिक भ्रमणमा लाने रे भन्दै स्कुल ड्रेस नलगाई गएकी थिई त मिस । आइन र ? ”
अरुन्धती स्कुल नआएको तीन दिन भइसकेको थियो
१. विषय प्रवेश
सञ्जीव पौडेल समकालीन नेपाली निबन्धकार हुन्, जसले समाजका विकृति, पाखण्ड र नैतिक पतनका विषयमा तीक्ष्ण लेखन गर्छन्। उनका लेखहरूमा सामाजिक यथार्थको स्पष्ट चित्रण, व्यंग्यात्मक शैली र नैतिक चेतना पाइन्छ। विशेषतः “नेपाली समाजमा ढोंग, पाखण्ड र आडम्बर” जस्ता निबन्धमार्फत उनले देखावटी संस्कार, सामाजिक आडम्बर र राजनीतिक तथा धार्मिक पाखण्डको आलोचना गरेका छन्
“रेन्बो ट्राभल्स, लेकसाइटमा गएर एउटा किताब लिनु न ! मैले काठमाडौंबाट पठाइसकेको छु ।” नियात्राकार राजेन्द्रमान डङ्गोलले फोन गर्नुभयो ।
“म आज नवलपुर जाँदैछु, फर्कनासाथ लिन्छु । कुन पुस्तक होला ?” मेरो उत्सुकता चौगुना बढ्यो । उहाँले यसअघि पनि कैलाश कोरा, बादलडाँडा लगायतका आफ्ना पुस्तकहरू यसरी नै पठाउनुभएको थियो
बिहान घामको टकसँगै धुलोका कणहरु उडिरहेका थिए । सडक किनारका पोथ्राहरु डाँठ र पात पुरै छोपिनेगरी धुलोको भारी बोकेर सुक्खा र थकित देखिन्थे । अनिदो बसेको आँखा झैँ बोझिला र उराठिला थिए सहरका गल्लीहरु ।
रंग बदल्दै चौँबिस घण्टादेखि बलिरहेका थकित ट्राफिक लाइटहरू अघिल्लो रातको निद्राले झुलेझैँ धिपधिपाइरहेका, खल्तीमा बौरिएको थकान, आँखाको डिलमा अडिएका अधुरो स्वप्नका धर्सा र मनभरिको भार लिएर त्यही सडकको बायाँ किनारमा हिँडिरहेका थिए तान्छुहाङ