19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वादिष्ठ यात्रावृत्तान्त अक्षत अन्टार्कटिका कृतिमा नियात्रातत्व

कृति/समीक्षा डा. टीकाराम आचार्य आरुणि March 2, 2026, 6:18 pm

डा. टीकाराम आचार्य आरुणि नवीनतम विधाका रूपमा परिचित नियात्राका तत्वलाई मानक बनाएर जीवा लामिछानेको कृति अक्षत अन्टार्कटिकाको विश्लेषण गर्ने काम प्रस्तुत आलेखमा भएको छ । यस विश्लेषणमा आलेखको शीर्षक चयन गर्दा अन्य समस्याभन्दा विधागत तत्व छुट्टयाउन रुचिपूर्ण हुने ठानी सोही आधारलाई विश्लेषणीय मानक बनाइएको छ


बजगाईंको नग्न स्वप्न

कृति/समीक्षा अरुणबहादुर खत्री “नदी” March 1, 2026, 6:12 pm

अरुणबहादुर खत्री “नदी” लघुुकथाकार कृृष्ण बजगाईंको नग्न स्वप्न नामक लघुकथासङ्ग्रह २०८० मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका समयबोध, बाध्यता, महासंयोग, फन्दा, पहिचान, अपमृत्यु, भिसा, नासो लगायत विभिन्न शीर्षकका ६१ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ६१ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्


रेडियो बजाउने लाइसिन

संस्मरण/स्‍मृति प्रा.डा.गंगाप्रसाद अधिकारी March 1, 2026, 5:57 pm

प्रा.डा.गंगाप्रसाद अधिकारी हाम्रै छिमेकमा मेरा गुरु र नाताले मामा पनि पर्ने भीष्मराज दाहालले हाम्रो गाउँ (नाखोपा, इलाम) मा सर्वप्रथम रेडियो किन्नुभएको हो । त्यो सायद तीन बेन्डको जापानी नेसनल पानासोनिक थियो । म छ वर्षको थिएँ होला । सानो बाकसभित्र चर्कोसँग मान्छे बोलेको, गीत गाएको, बाजा बजाएको सुन्दा मलाई अचम्मै लाग्थ्यो


वरिष्ठ समालोचक तथा स्रष्टा गङ्गाप्रसाद अधिकारीसँग कुराकानी

वार्ता अच्युत घिमिरे March 1, 2026, 5:54 pm

अच्युत घिमिरे वि. सं. २०१७ जेठ ३१ गते इलाम जिल्लाको इरौंटार गाउँ पञ्चायत वडा नं. ६ (हाल रोङ गाउँपालिका) नाखोपा गाउँमा माता तुलसादेवी र पिता इन्द्रप्रसाद अधिकारीका ज्येष्ठ पुत्ररत्नका रूपमा जन्मिनुभएका गङ्गाप्रसाद अधिकारी नेपाली भाषा तथा साहित्यका क्षेत्रमा सुपरिचित हुनुहुन्छ । उहाँ नेपाली साहित्यमा समालोचक र अनुसन्धाताका रूपमा परिचित स्रष्टा मानिनुहुन्छ


चुनावको बेला

लघुकथा ईश्वर पोखरेल March 1, 2026, 5:38 pm

ईश्वर पोखरेल गाउँमा चुनाव लागेको छ ।

रङ्गनाथ र रमण बाबु–छोरा नै फरकफरक पार्टीका कार्यकर्ता । दुवै आआफ्नो पार्टीको चुनाव प्रचारमा व्यस्त ।

बाबु रङ्गनाथ घरमा आइपुग्दा छोरो हुँदैन; छोरो आइपुग्दा बाबु चैको अत्तोपत्तो लाग्दैन । दुबै घरमा छन् भने पटक्कै कुरा मिल्दैन । छोरो एकथरी कुरा गर्छ; बाबु अर्कैतिर बाउँडिन्छन्


जराको शक्तिको आलोकमा अर्ग्यानिक निबन्ध ‘गनगन कि गुनगुन’

कृति/समीक्षा विश्वराज ढुङ्गाना March 1, 2026, 5:32 pm

विश्वराज ढुङ्गाना उदयपुर जिल्लाको सुदूर पश्चिमोत्तरमा पर्ने विकट पहाडी भूगोलमा अवस्थित ताम्लिछा गाउँमा जन्मेर हुर्केर अन्यत्र गई उच्च शिक्षा आर्जन गरेका पुण्य कार्कीजी जिल्लाभित्रका उत्कृष्ट स्रष्टा हुन् । उनले शिक्षण कर्मलाई नै जीविकाको आधार बनाएका छन् । उनको कलम निबन्धको फाँटमा निर्वाध ढङ्गले अगाडि बढ्ने क्षमता राख्छ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित