"योगेनको रिपोर्ट कार्ड दिनुस् न सर ।"
योगेनकी आमाले रिपोर्ट कार्ड तुरुन्तै पाउनुहुन्छ । एकैछिनमा त्यहाँको माहोल खराब भएर आउँछ; त्यसको कारण योगेनको प्रथम त्रैमासिक परीक्षाको नतिजा हो । कक्षा सातमा पढ्ने योगेन आमाको छेउमा उभिएर सुँक्कसुँक्क रुँदै हुन्छन् । योगेनकी आमाले सान्त्वना दिँदै नरुन भन्दै हुनुहुन्छ
आफ्नो जीवनलाई साहित्यमय बनाउने, साहित्यमा डुब्ने साहित्यमा रमाउने साहित्य सर्जक हुन्छन्। यस्ता साहित्यसर्जकमा एकजना हुन् मुक्ति उपाध्याय बराल। नेपाली साहित्यमा उनी एक आदरणीय बहुप्रतिभाशाली साहित्यकार हुन्। उनी नेपाली साहित्यको समृद्धिमा दिनरात लागिपरेका छन्। वर्षेपिच्छे विभिन्न विधाका पुस्तक प्रकाशित गर्छन्, साहित्यिक गोष्ठी, पुस्तक विमोचन, वार्ता आदिमा सक्रिय रूपमा उपस्थित हुन्छन्
घरमा हामी दुई बुढाबुढी मात्र छौँ । घर यति सुनसान छ कि कहिलेकाहीँ आफ्नै सासको आवाज पनि ठूलो लाग्छ । यही घर बीस वर्षअघि कति गुल्जार थियो, कति जीवन्त र रमाइलो ! अहिले भने घर, बाटो, घाटो, वनपाखा सबै सुनसान लाग्छन् । बाटोमा हिँड्दा दुई छोरालाई अघिपछि लगाएर टुकुटुकु हिँडाएको दिन सम्झना आउँछ । त्यतिबेला गाउँका वनपाखा पनि रमाइला लाग्थे
छापाखानाको एउटा एकतला घरैजत्रो ठुलो आकारको यन्त्रका चार पाँचवटा घानमा ‘रविलाल अधिकारी स्मृतिग्रन्थ’को आवरण पृष्ठ छाप्नका लागि तयार थियो । उक्त यन्त्रका धातुका पातामा टाँसिएका बाका तस्बिर बिस्तारै घुमेको देख्दा म भावुक भएँ । भौतिकवादी मान्यता राख्ने भएपनि यसरी भावुक बन्नुमा बासँगका भावनात्मक सम्बन्धले भूमिका खेले होलान्
१. बिषय प्रवेश
सीमा आभास समकालीन नेपाली साहित्यकी प्रभावशाली उपन्यासकार, कवि र विचारशील लेखिका हुन्, जसको लेखनले नारी चेतना, अस्तित्वगत प्रश्न र सामाजिक संरचनाको गहन विश्लेषणलाई केन्द्रमा राख्छ। उनी नेपाली साहित्यमा नारीवादी विमर्शलाई सामाजिक अधिकारको मागसम्म सीमित नराखी चेतना, आत्मअन्वेषण र दार्शनिक पुनर्परिभाषासम्म विस्तार गर्ने लेखिकाका रूपमा चिनिन्छिन्
१. आमुख
नेपाली कविता साहित्यमा विलोक शर्मा ‘खरेल’ एउटा छुट्टै नाम स्थापित भएको छ । उनको जन्म ४ अक्टोबर, १९८३ मा डुवर्सको मदारिहाट प्रखण्डको उत्तर खयरबारीमा बाबु श्री प्रभात कुमार खरेल र आमा श्रीमती जानकीदेवी खरेलका सुपुत्रका रूपमा जन्मेका हुन् । विलोक शर्माले घरमा सानैदेखि साहित्यिक परिवेश पाएका हुन्