नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ले, आफ्नो जिम्मेवारीबाट पन्छिने काम, डराएर वा परिस्थितिसँग हारेर भाग्ने कामलाई पलायन भनेर परिभाषित गरेको छ । साथै आफ्नो डेग छाड्ने काम वा सुइँकुच्चा ठोक्ने कामलाई पनि पलायन हुने अर्थमा परिभाषित गरेको छ । यी परिभाषाहरूले कुनै कुरा वा परिस्थितिदेखि डराएर भाग्ने, आफ्नो सिद्धान्तमा अडिग हुन नसक्ने, खुट्टा कमाउने र भगौडा प्रवृत्तिलाई इङ्गित गर्न खोजेका छन्
१. विषय प्रवेश
नेपाली साहित्यको मानचित्रमा अब फानुस सादाको नाम पनि जोडिन आएको छ। २०२२ मा उनको कथासङ्ग्रह एलीको प्रकाशनपछि उनी कथाकारका रूपमा दरिएका छन्। जीवनभर सरकारी नोकरीमा बिताएर सेवानिवृत्तिपछि साहित्य सिर्जनामा लाग्नु कथाकारको सादाको प्रशंसायोग्य काम मान्न सकिन्छ। अबको बाँकी जीवन उनी साहित्यकै अध्ययन, लेखन र चर्यामा बित्नेछ भन्ने आशा गर्न सकिन्छ
श्रष्टाहरु यसै सामाजिक परिवेशका पात्रहरु हुन्। यी परिवेशका घटना वा अनुभूतिहरु श्रष्टाका कच्चा पदार्थहरु हुन् यिनैको मदतले श्रष्टाहरुले गीत, कविता वा कथा सिर्जना गर्ने गर्दछन् ।रचनाहरु सामाजिक परिवेशको प्रतिविम्व मात्र होइन यो सन्देशमूलक वा सूचनामूलक पनि हुनु आवश्यक छ । फरक यत्ति हो घटना वा परिवेशहरु यथार्थमा आधारित हुन्छन् ती यथार्थताहरु जव श्रष्टाका अनुभूति वा कलममा बांधिन पुग्छन तव ती घटना र परिवेशहरु आकर्षक शव्दहरुमा रुपान्तरण मात्र हुदैनन् तिनिहरु कल्पनाको आकर्षक आवरणमा प्रस्तुत हुने गर्दछन्
रोमन साम्राज्यका तत्कालीन सम्राट नीरोको नाम नसुन्ने सायदै कम हुनुपर्छ । उनको नाम सुन्नासाथ सबैको मनमा एउटा चित्र आउने गरेको छ , आगोमा दन्किरहेको रोम र त्यही आगोको राप छेउमा बाँसुरीको तान छेड्दै मुस्कुराइरहेको एउटा सन्की शासक नीरो ।
नीरो त्यही व्यक्ति हुन् जसलाई इतिहासले क्रुर, सन्की, स्वार्थी र गैह्र जिम्मेवार शासकको रूपमा संसारलाई परिचित गरायो
उमेरले आधा शताब्दीको यात्रा पार गरेपछि अचानक एउटा प्रश्न उब्जियो । जिन्दगी के हो ? त्यसो त जिन्दगीको यो उमेरसम्म आइपुग्दा जिन्दगीको बारेमा धेरै कुरा सुनियो, धेरै पढियो, तर पनि जिन्दगी के हो ? बुझ्न सकिएन, चिन्न सकिएन, भन्न सकिएन ।
आफैँले आफैँलाई प्रश्न गरेँ– जिन्दगीका बारेमा आजसम्म जेजति भनिएका छन्, लेखिएका छन्, पढिएका छन्, ती सबै अर्थहीन हुन कि क्या हो ? अर्थहीन हो भने जिन्दगी के हो भनेर घोत्लिन मन लाग्ने फेरि किन ? किन जति चिन्तन गरे पनि जिन्दगीलाई चिन्न सकिँदैन ?
जिन्दगीको शाब्दिक अर्थ
अरे यार ! के छ हाल खवर ?
के हुनु यार ! बसीबसाउ त होनी
कहिले जाने हो त ? यमलालले सोधनी गर्दै थियो ।
श्रीमतीको गुनासो छ यार रामलाल घोरिँदै भन्छ ।
यमलाल– राम्रै त हो नि यार परिवारको गुनासो सुन्ने पर्छ यार ।
रामलाल– यस्तै त होनी , ठूलो परिवार छ कमाउने म मात्रै हो । घर चल्दैन ।जेठो छोरा हुँ