“टाउको दुखे— फेटा; गानो दुखे— पटुका; जाडो चढे— गलफन; गर्मी चढे— ओछ्यान; के हो ?" भनेर गाउँखाने कथाको ढाँचामा कसैले प्रश्न गरे अब के भन्नु हुन्छ ? सोच्नोस् । पहिले चाहिँ 'लुङ्गी’ भनिदिए हुन्थ्यो ।
एक समय लुङ्गी सर्वेसर्वा थियो; पतलुङको कालखण्डपछि र फुलपैन्टको साम्राज्य देखापर्नुअघि लुङ्गीले एकलौटी राज गर्यो
परिचय–
यो इन्द्रराज पौडेलको प्रथम कवितासङ्ग्रह हो । विभिन्न पत्रपत्रिकामा कविताहरू प्रकाशन भए पनि पीडा कवितासङ्ग्रह (२०६२)ले उनलाई कृतिकारको रूपमा परिचय गराएको छ । आवरण पृष्ठ,बर्दियाली साहित्य समाजका अध्यक्ष राजेन्द्रप्रसाद धितालको प्रकाशकीय, भेरी साहित्य समाज (.बाँके)का सल्लाहकार नन्दरामको मन्तत्व साथै इन्द्रराज पौडेलका दुईशब्द र १८ ओटा कविताहरू यस कृतिमा सङ्ग्रृहीत छन्
रवि र रञ्जना सानैदेखि चिरपरिचित थिए। एउटै गल्लीको धुलोमा खेलेका, एउटै विद्यालयको घण्टी सुनेका । एउटै कक्षामा बसेर भविष्यका सपना बुनेका। बाल्यकालमा उनीहरू साथी थिए । किशोर उमेरमा आत्मीय बने । समयसँगै त्यो आत्मीयता प्रेममा रूपान्तरण भयो । शान्त, गहिरो र शब्दभन्दा धेरै मौनमा बाँधिएको प्रेम
वि.सं. २०२२ चैत्र ५ गते पिता प्रेमनाथ नेपाल र माता खीनादेवी नेपालको कोखबाट जन्मिएका चूडामणि नेपाल 'अकिञ्चन' नेपाली साहित्यका एक बहुआयामिक र बौद्धिक सर्जक हुन् । राजनीतिशास्त्र र नेपाली विषयमा स्नातकोत्तर तथा कानुनमा स्नातक जस्तो सुदृढ शैक्षिक पृष्ठभूमि बोकेका अकिञ्चनका रचनाहरूमा समाजको गहिरो चिरफार र कानुनी एवं राजनीतिक चेतनाको समिश्रण पाइन्छ
भन्थ्यौ तिम्रो अन्तिम शब्द मेरो नाम हुनेछ; अन्तिम पटक मेरो नाम त लेख्यौ - तर सुसाइड नोटमा।
अहिले मेरो बास फलामका बारले घेरेको सानो अँध्यारो कोठाको थोत्रो बिछ्यौनामा छ। यस अगाडी कति जना अपराधी वा निर्दोष सुतेका थिए यो डस्नामा। अहिले यसको कपास डल्ला परेर सबतिर घोच्छ । यो डस्नामा पुरै हाम्रो समाज गनाउने
बाउलाई घाउ नलाई चुपचाप बसिरहेको थिएँ । कसरी भागेँ, त्यो थाहा भएन । तर भाग्दाभाग्दै आमाको गर्भमा पुगेँ । त्यहाँबाट कता भाग्नु ! चुपचाप बसेँ । नौ महीना जति बसेपछि त्यहाँबाट भागे । भाग्दाभाग्दै धर्तीमा आएँ ।
धर्तीमा आएपछि अर्तीको खाँचो नहुने रहेछ । अर्तीको भर्ती हुँदाहुँदै बाल्यकाल आधा काल भएर बित्यो