19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लुङ्गी : न टाँक, न इजार

हास्यव्यङ्ग्य ईश्वर पोखरेल February 5, 2026, 5:41 pm

ईश्वर पोखरेल “टाउको दुखे— फेटा; गानो दुखे— पटुका; जाडो चढे— गलफन; गर्मी चढे— ओछ्यान; के हो ?" भनेर गाउँखाने कथाको ढाँचामा कसैले प्रश्न गरे अब के भन्नु हुन्छ ? सोच्नोस् । पहिले चाहिँ 'लुङ्गी’ भनिदिए हुन्थ्यो ।

एक समय लुङ्गी सर्वेसर्वा थियो; पतलुङको कालखण्डपछि र फुलपैन्टको साम्राज्य देखापर्नुअघि लुङ्गीले एकलौटी राज गर्‍यो


पीडा कवितासङ्ग्रहको अनुशीलन

कृति/समीक्षा सदानन्द अभागी February 5, 2026, 5:30 pm

सदानन्द अभागी परिचय–
यो इन्द्रराज पौडेलको प्रथम कवितासङ्ग्रह हो । विभिन्न पत्रपत्रिकामा कविताहरू प्रकाशन भए पनि पीडा कवितासङ्ग्रह (२०६२)ले उनलाई कृतिकारको रूपमा परिचय गराएको छ । आवरण पृष्ठ,बर्दियाली साहित्य समाजका अध्यक्ष राजेन्द्रप्रसाद धितालको प्रकाशकीय, भेरी साहित्य समाज (.बाँके)का सल्लाहकार नन्दरामको मन्तत्व साथै इन्द्रराज पौडेलका दुईशब्द र १८ ओटा कविताहरू यस कृतिमा सङ्ग्रृहीत छन्


अवाक

कथा सञ्जीव पौडेल February 3, 2026, 6:37 am

सञ्जीव पौडेल रवि र रञ्जना सानैदेखि चिरपरिचित थिए। एउटै गल्लीको धुलोमा खेलेका, एउटै विद्यालयको घण्टी सुनेका । एउटै कक्षामा बसेर भविष्यका सपना बुनेका। बाल्यकालमा उनीहरू साथी थिए । किशोर उमेरमा आत्मीय बने । समयसँगै त्यो आत्मीयता प्रेममा रूपान्तरण भयो । शान्त, गहिरो र शब्दभन्दा धेरै मौनमा बाँधिएको प्रेम


​ अकिञ्चन'को लघुकथा 'धुँवाको रङ' उपर विमर्श

कृति/समीक्षा नन्दलाल आचार्य February 3, 2026, 6:22 am

नन्दलाल आचार्य ​वि.सं. २०२२ चैत्र ५ गते पिता प्रेमनाथ नेपाल र माता खीनादेवी नेपालको कोखबाट जन्मिएका चूडामणि नेपाल 'अकिञ्चन' नेपाली साहित्यका एक बहुआयामिक र बौद्धिक सर्जक हुन् । राजनीतिशास्त्र र नेपाली विषयमा स्नातकोत्तर तथा कानुनमा स्नातक जस्तो सुदृढ शैक्षिक पृष्ठभूमि बोकेका अकिञ्चनका रचनाहरूमा समाजको गहिरो चिरफार र कानुनी एवं राजनीतिक चेतनाको समिश्रण पाइन्छ


जेलमुक्त

कथा रबर्ट जोशी January 30, 2026, 2:13 pm

रबर्ट जोशी भन्थ्यौ तिम्रो अन्तिम शब्द मेरो नाम हुनेछ; अन्तिम पटक मेरो नाम त लेख्यौ - तर सुसाइड नोटमा।

अहिले मेरो बास फलामका बारले घेरेको सानो अँध्यारो कोठाको थोत्रो बिछ्यौनामा छ। यस अगाडी कति जना अपराधी वा निर्दोष सुतेका थिए यो डस्नामा। अहिले यसको कपास डल्ला परेर सबतिर घोच्छ । यो डस्नामा पुरै हाम्रो समाज गनाउने


भाग्दाभाग्दै

हास्यव्यङ्ग्य राजेन्द्र कार्की January 27, 2026, 3:50 pm

राजेन्द्र कार्की बाउलाई घाउ नलाई चुपचाप बसिरहेको थिएँ । कसरी भागेँ, त्यो थाहा भएन । तर भाग्दाभाग्दै आमाको गर्भमा पुगेँ । त्यहाँबाट कता भाग्नु ! चुपचाप बसेँ । नौ महीना जति बसेपछि त्यहाँबाट भागे । भाग्दाभाग्दै धर्तीमा आएँ ।
धर्तीमा आएपछि अर्तीको खाँचो नहुने रहेछ । अर्तीको भर्ती हुँदाहुँदै बाल्यकाल आधा काल भएर बित्यो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित