एक समय थियो, दशैं आउनु भनेको मेरा लागि केवल चाड आउनु थिएन, घर जाने दिन नजिकिनु थियो। काठमाडौंमा बसेर पात्रोका पाना पल्टाउँदा म तिथिभन्दा बढी बिदा गन्थेँ। दशैं कहिले आउला, कलेज कहिले बन्द होला र म कहिले घरतिर हिँडूँला भन्ने एउटा मीठो अधैर्य मनभित्र सधैं जागिरहन्थ्यो। त्यसबेला घर पुग्नु आजजस्तो केही घण्टाको यात्रा थिएन
अनयासै प्रफुल्ल भण्डारीजीले उपस्थितिको हाजिरी ल्याउनु भयो । नेपाली मनुवाले नाम र हस्ताक्षर गर्न पाएपछि केही सोच्दैन ,गरिहाल्छ । किन र केका लागि उपस्थितिमा हाजिरी गराइन्छ ,थाहा छैन । यसमा अभ्यस्त भइएको छु ,तत्काल गरिन्छ ।यसको प्रसङ्ग थियो तेस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव २०८३
क्यानडामा नेपाली मूलका अंग्रेजी लेखकहरूको सूचीमा सरस्वती लामिछानेको नाम पनि थपिएको छ। सन् २०२६ मा Mawenzi House को प्रकाशनमा उनको पहिलो कविता सङ्ग्रह Karaikhola Flows प्रकाशित भएको हो। यसअघि सहलेखिकाका रूपमा Six Strings: A Joint Anthology of Poems (2011) तथा सहसम्पादकका रूपमा Kavya: Representative Nepali Poetry in English (2023) प्रकाशित भइसकेका छन्। उनको कविता Wandering: An Anthology of Anglophone Nepali Diaspora Poetry (2026) मा पनि समावेश छ
अशेषलाई सदैव मैले एक उत्साही मानिसको रूपमा चिनेँ । उसले सधैँ उत्साहका कुरा गथ्र्यो ।
“मानिस भएपनि केही न केही सत्कर्म गर्नुपर्छ ।” उसको सधैँको वाणी हुन्थ्यो ।
कतिपय अवस्थामा म अत्यन्त निराशा अनुभव गर्दथें । जीवनमा आफूले सोचे अनुसार नभए मलाई अत्यन्त पीडा हुन्थ्यो ।
अशेष मेरो सबैभन्दा मिल्ने मित्र
पठन संस्कृति भनेको केवल पुस्तक पल्टाउने बानी मात्र होइन, यो मानिसको चिन्तन, व्यवहार र दृष्टिकोणलाई आकार दिने एक सशक्त माध्यम हो । नेपाल जस्तो भौगोलिक, धार्मिक, सांस्कृतिक र सामाजिक विविधता भएको मुलुकमा पठन संस्कृतिले व्यक्तिलाई संकीर्णताभन्दा माथि उठेर विश्वव्यापी परिप्रेक्ष्य दिन सक्छ भन्ने विश्वास गर्न सकिन्छ
— जब वैज्ञानिकले ब्रह्माण्डको एउटै धड्कन सुने
मूल कथा–भाव
सन् २०८९ । पृथ्वीमा अत्यन्त संवेदनशील नयाँ वैज्ञानिक उपकरण “अनन्त” निर्माण हुन्छ । यसको उद्देश्य चार आधारभूत बलमध्ये अहिलेसम्म अलग-अलग देखिएका गुरुत्व, विद्युत्चुम्बकीय, विक र स्ट्रङ बलका बीच कुनै गहिरो सम्बन्ध छ कि छैन भन्ने पत्ता लगाउनु हो