19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

​विलोम लघुकथाको घोषणापत्र र सैद्धान्तिक विमर्श - २०८२

विचार नन्दलाल आचार्य January 23, 2026, 12:40 am

नन्दलाल आचार्य ​१. भूमिका : विलोम चेतनाको उदय

​साहित्य मानव समाजको ऐना मात्र होइन, यो समाजका विकृतिमाथि गरिने शल्यक्रिया पनि हो । समयको गतिसँगै साहित्यका विधाहरू परिष्कृत र परिवर्तित हुँदै आएका छन् । लघुकथाले आफ्नो सङ्क्षिप्तता र प्रभावका कारण पाठकको मन जितेको त छ, तर के लघुकथाले प्रस्तुत गर्ने 'सत्य' नै अन्तिम सत्य हो ? के एउटा सफल अन्त्यले जीवनको सम्पूर्णता बोक्न सक्छ ? यही गम्भीर प्रश्नबाट 'विलोम लघुकथा' को बिजारोपण भएको हो


पुरुष मान्छे

लघुकथा ईगम खालिङ January 23, 2026, 12:37 am

ईगम खालिङ चिडियाखानाभित्र घुमिरहेको एकजना पुरुष मान्छेको जम्काभेट एउटा बलियो बाघसित हुन्छ। त्यसरी एक्कासि बाघसित भेट हुँदा उसले बाघ वास्तवमा फलामको बारले बारेको खोरभित्र छ भन्ने कुरा नै भुलिपठाउँछ। बाघले उसलाई नचली हेरिरहन्छ। उसले पनि नचली बाघको आँखामा हेरिरहन्छ। डरले उसको हात-खुट्टा कामेर आउँछ


काँसको बुटो

लघुकथा ईश्वर पोखरेल January 23, 2026, 12:34 am

ईश्वर पोखरेल "जेठो छोरो स्वर्णपुर गयो; उतै घर बनायो । कान्छो देवनगरमा छ; उतै बस्छ । जेठाका छोरा दुईटा । एउटा इन्डियामा छ; उसले उतै घरजम गर्‍यो । अर्को तेह्र वर्षदेखि सपरिवार अष्ट्रेलियामा छ । कान्छोको एउटा छोरो : त्यो पनि 'घरमा छैन' भन्ने सुन्छु । कान्छाको दुईटी छोरी; दुबैले आफ्नो घर सम्हालेका छन् ।" आफ्नो बारेमा कमै बोल्ने हरिहर काकाले आज मर्निङ वाकमा आफ्नो परिवारको फेहरिस्त प्रस्तुत गर्नुभयो


विचारमाथिको विचार

विचार डा. टीकाराम पोखरेल January 22, 2026, 12:40 am

डा. टीकाराम पोखरेल विचार मानिसको अभिन्न तत्व हो । हरेक मानिस विचारशील हुन्छन् । तर सबैका विचार एकै हुँदैनन्, फरक फरक हुन्छन् । यही भिन्न विचारकै कारण संसार द्वन्द्वात्मक छ । विचारकै कारण समाज सभ्य भएको छ, विचारकै कारण मानिस सुन्दर छ र विचारकै कारण मानिस असभ्य र कुरुप पनि छ । हरेक मानिसको व्यक्तित्वमा उसको विचार झल्किन्छ


'लन्डिनियम'भित्र बजगाईंका अनुभूति

कृति/समीक्षा मुरारीराज मिश्र January 15, 2026, 12:06 am

मुरारीराज मिश्र दिनहुँ हजारौं मानिसहरू विभिन्न ठाउँको भ्रमणमा जाने गर्छन् । अधिकांश मानिसले भ्रमणबाट प्राप्त गरेका अनुभव केवल उनीहरूमा मात्रै सिमित रहन्छ भने, केहीका अनुभवले मात्रै कृतिको रुप धारण गरी आम पाठकलाई समेत लाभान्वित गराउँछन् ।

त्यस्तै साहित्यकार मध्ये कृष्ण बजगाईं पनि एक हुन् । घुमन्ते स्वभावका उनको सकारात्मक पक्ष भनेको आफ्नो भ्रमणको स्वाद आफूमात्रै नलिई आम पाठकलाई समेत चखाउनु हो


चेतनाको उचाइ

निबन्ध पुण्य कार्की January 15, 2026, 12:04 am

पुण्य कार्की मान्छे कुनै न कुनै रुपको उचाइमा बस्न मन पराउँछ । सायद आदिमयुगमा पनि भुइँ छोडी रुख चढेर बस्ने चेतना उचाइमा बस्ने चाहनाबाट निसृत भएको हुँदो हो । पछि घर बनाएर बस्नथालेपछि पनि भुइँघर भन्दा टाँढेघरतर्फको रुचि बढ्नुमा पनि उचाइमा रहने आकाँक्षाबाट प्रेरित भएको हुँदो हो । उचाइका तरेलीहरु किसिमकिसिमका छन्

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित