19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सारिकाको सिउँदो

कथा विमल लामिछाने February 20, 2026, 3:47 pm

विमल लामिछाने अस्पतालको आइसीयू बेडमा वार कि पार जस्तै थिईन् सारिका । उनका शून्य आँखाले छत हेर्दै वरिपरी गर्दै थिए । टाउकोमा गहिरो चोट, शरीरमा थकाइ, र मनमा पहाडजस्तो बोझ । गुम्सिएर निसास्सिएका भावनाहरु कसैसँग शियर गर्ने मौका नै थिएन ।

उनी एक हप्ता अघिसम्म बिराटनगरको एउटा कलेजमा समाजशास्त्र पढाउँथिन्


कर्णालीका कहर बोल्ने नियात्रा सङ्ग्रह 'भेरीका छालहरू'

कृति/समीक्षा पूर्ण ओली February 20, 2026, 2:30 pm

पूर्ण ओली सफल नियात्राकार भेषराज रिजालको चौथो नियात्रा कृति 'भेरीका छालहरू' प्रकाशन भएको छ। आधा दर्जनभन्दा बढी कृतिका सर्जक रिजालले यस नियात्रा कृतिमार्फत कर्णालीका कुनाकुनामा फैलिएको कठिन जीवन र कठिन भूगोललाई जस्ताको तस्तै उतार्नुभएको छ।

भेषराज रिजालको सङ्क्षिप्त रूप 'भेरी' हुने भएकाले यस कृतिमा उठेका छालहरू केवल कर्णालीका मात्र होइनन्, लेखकका आफ्नै अनुभूति, संघर्ष र चेतनाका छालहरू पनि हुन्


शेषस्मृति

कथा बिजु सुवेदी “विजय” February 20, 2026, 2:28 pm

बिजु सुवेदी “विजय” “शेष” → बुबाको मृत्यु, किरिया, परिवार र सामाजिक जिम्मेवारीको अन्त्य ।

“स्मृति” → दीपक राजको अनुभव, पुराना सम्झना, पारिवारिक सम्बन्ध र मनोवैज्ञानिक अवस्था ।
“तिमी अझै अडिटिङ नगर्ने निर्णयमै अडिग छौ ?”
अडिटरको पुरानो स्वर दीपुको स्मृतिमा अझै गुन्जिरहेको थियो ।
दीपु चुप लाग्यो


'एक चिम्टी सिन्दूर'को अनुशीलन

कृति/समीक्षा सदानन्द अभागी February 20, 2026, 2:24 pm

सदानन्द अभागी सदानन्द अभागी
परिचय–
यो कृतिकी सिर्जना कार हुन् मुना धनञ्जय । उनी कुलप्रसाद पंगेनीकी सुपुत्री हुन् भने गजेन्द्रप्रसाद लम्सालकी बुहारी हुन् । पिता कुलप्रसाद प्रेरणका स्रोतका रूपमा रहेका हुनाले उनको साहित्यिक यात्रा विद्यार्थी कालबार्टै थालनी भएको हो । मुनाकी आमाले सुरिलो आवाजमा गुनगुनाउने रामायणका श्लोक र भजनकीर्तनहरूले पनि मुनालाई साहित्यतिर लाग्न प्रेरणा मिल्यो


“द मोरल सर्कल” मानवता, नैतिकता र दायित्वको पुनर्कल्पना

कृति/समीक्षा तोमनाथ उप्रेती February 20, 2026, 2:20 pm

तोमनाथ उप्रेती १. विषय प्रवेश
जोफ सेबो (Jeff Sebo) एक प्रख्यात अमेरिकी दार्शनिक, लेखक र पर्यावरणीय तथा पशु अधिकारका विद्वान हुन्। उनी न्यूयोर्क विश्वविद्यालय र न्यूयोर्क शहर विश्वविद्यालयमा दर्शनशास्त्र र पर्यावरणीय अध्ययनका प्राध्यापक हुन्। सेबोले मुख्य रूपमा नैतिकता, राजनीतिक दर्शन, पशु अधिकार, पर्यावरणीय न्याय र भविष्यका अस्तित्वहरूको संरक्षण जस्ता विषयमा काम गर्छन्


नेपालीको गुमिरहेको समय

निबन्ध रमाकान्त शर्मा February 15, 2026, 6:30 pm

रमाकान्त शर्मा कोटेस्वरमा बस रोकेको पनि १० मिनेट भै सक्यो, अझै बस रोकिइ रहेको छ । सूर्यविनायक कतिवेला पुग्ने हो ? अत्तोपत्तो छैन । बागबजारबाट १५ मिनेटमा लाग्ने बाटोलाई ४५ मिनेट भन्दा बढी लागि सक्यो । मान्छे चढाउने र ओराल्ने ठाउँमा त सार्वजनिक बस नरोकी भएन । पर्खेर बसेका यात्री चढे पछि त हिडाउनु पर्ने हो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित