२०८० कार्तिक १५ गते तदनुसार १ नोभेम्बर २०२३ मा डि.सीबाट न्यूयोर्क गन्तव्य बनाएर निस्कियौं । डि.सी. छाडेको केही समयपछि संयुक्त राज्य अमेरिककाको मेरिल्याण्ड राज्यको ‘बाल्टीमोर इनर हारबर बे’(बन्दरगाह) भन्ने ठाउँमा पुग्यौं । पटाप्स्को (जलविभाजन)नदीको नीलो पानी अनि त्यहाँमाथि तैरिरहेका साना ठूला गरी निकैवटा जहाज थिए
म विवाहित हुँ । उनी पनि विवाहित हुन् । तर हामी एक अर्काका पति पत्नी होइनौँ । म अरु कसैको पति हुँ, उनी पनि अरु कसैकी पत्नी हुन् । यो हाम्रो सामाजिक परिचय हो । तर समाजिक भएर पनि हामीभित्र मानोवैज्ञानिक मान्छे बाँचिरहेको रहेको छ । हाम्रो वास्तविक परिचय समाजिक मान्छे मात्र होइन, हामीभित्र बाँचेको मनोवैज्ञानिक मान्छे पनि हो
नेपालको साहित्य समयसँगै बहने नदीजस्तै छ। यसले कहिले सानो खोल्साको स्वरूप लिन्छ, कहिले बाढी भएर समाजको चेतनामा गहिरो चाप बनाउँछ। हाम्रो साहित्यको इतिहास उत्साहजनक छ, तर चुनौती पनि कम छैन। अबको प्रश्न भनेको यही हो कि नेपाली साहित्यलाई कसरी थप सबल, बहुआयामी र अन्तर्राष्ट्रिय स्तरमा सम्मानित बनाउन सकिन्छ? साहित्यको विकास कुनै एक दिनमा हुने काम होइन
मनप्रसाद सुब्बा नेपाली साहित्य जगतका एकजना अति विशिष्ट रचनाकार हुन्। उनका हालसम्म दशवटा कविता संग्रह, एक लघु उपन्यास, एक कथा संग्रह, एक समालोचनात्मक लेख संग्रह प्रकाशित भै सकेका छन्। यस अतिरिक्त महेश पौड्यालद्वारा सम्पादित मनप्रसाद सुब्बाका प्रतिनिधि कविता प्रकाशित छ भने पाँचवटा जति कविता संग्रह अंग्रेजी, हिन्दी, मैथिली र बंगलामा अनुदित भएका छन्
१ विषयप्रवेश
नेपाली साहित्यमा खुद्राखुद्री काम धेरै भइरहेका छन्। कविता, कथा, नाटक निबन्ध समालोचना आदिका पुस्तक प्रकाशित भइरहेका छन्। यद्यपि केही ठोस काम पनि भइरहेका छन्। दुई चार वर्षदेखि यता यस्ता केही ठोस कामहरूमा ‘जगदम्बा वृहत नेपाली साहित्येतिहास’, सिक्किमका टि बी चन्द्र सुब्बाको 'विश्वमा मानव सभ्यता जातीय वृहत इतिहास, संस्कृति र परम्परा’, ‘रत्न नेपाली बृहत समालोचना’, डा रामचन्द्र पोखरेलको सम्पादनमा रहेको ‘नेपाली नाट्यविमर्श’, नीलकमलको ‘संक्षिप्त नेपाली नाट्यकोश’, लेखकहरूको रचना समग्र आदि प्रमुख हुन्
कार्तिक पूर्णीमाको त्यो साँझ । देउमाई खोलाको किनारमा ठेलमठेल मेलाबजार । डाइस, रोटेपिङ र दोहोरीको गुन्जायस । बजारको सम्मुखमा २ सय १८ वर्षदेखि बलीपूजा हुँदै आएको ‘गजुरमुखी धाम’ । धाम परिषरमा भाकल बुझाउनेहरुको भिड । धामको सिँडीमा राखिएका अनगिन्ती घण्टीहरुको छुट्टै गुन्जायस । त्यही धामको आसपासमा छङछङाएर बगेका खोल्सी र खेतका कान्लाहरु