19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झोला, जागिर र म

संस्मरण/स्‍मृति रमाकान्त शर्मा June 23, 2026, 6:24 pm

रमाकान्त शर्मा नजिक जस्तो लागे पनि चारघण्टा त कराकर हिड्नु पर्छ त्रिपुरकोटबाट दुनै पुग्न । कालागौडा नपुगेसम्म चिया, नास्ता खाने ठाउँ पनि छैन । बीच बीचमा खच्चरहरुको हुल, घण्टीको टिन टिनको संगित । बाटो छेउ तथा भेरीको किनारतर्फ काठका फलेकहरुले बारिएको, काठकै फलेकहरुले बारी कोठा निकालिएको, भुइमा समेत काठकै फलेकहरु विच्छाइएको चारकोठे घरमा चिया र नास्ता पसल


कुहिरोभित्रको आलाप

कथा विमल लामिछाने June 22, 2026, 11:56 pm

विमल लामिछाने त्यो गाउँको नाम देशको कुनै पनि आधिकारिक नक्सामा अंकित थिएन, तर रैथानेहरू त्यसलाई ‘कुहिरोको खोच’ भन्थे । हिउँदमा बाक्लो हुस्सुले छोपेर संसारबाटै अलग गराउने र असारमा बादलका काला थुप्राहरू पहाडका कन्दरामा ठोक्किने एउटा रहस्यमयी खोच, जहाँ बग्ने खोलाको पानी जति कञ्चन थियो, त्यहाँका मानिसहरूको भविष्य उति नै धमिलो देखिन्थ्यो


‘नेपाली संस्कृतिमा मादलको महत्त्व’’ निबन्धको अध्ययन

कृति/समीक्षा नवीन पौड्याल June 22, 2026, 11:54 pm

नवीन पौड्याल १. निबन्धकारको परिचयः-
नेपाली साहित्यमा लीलबहादुर छेत्रीको स्थान महत्त्वपूर्ण रहेको छ। उनको जन्म १ मार्च, १९३३ मा गौहाटीमा भएको हो। उनका मातापिताको नाम स्व. पवित्र छेत्री र प्रेमबादुर छेत्री हो। उनले आफ्नो प्राथमिक शिक्षा शिलाङबाट ग्रहण गरेका थए।उनले स्नातक भने हाटीको प्रसिद्ध कटन कलेजबाट सअर्थशास्त्र अनर्स विषय लिएर सन् १९५६ मा स्नातक अध्ययन गरेका हुन्


समीक्षा विचारको पुनर्जन्म हो

विचार तोमनाथ उप्रेती June 22, 2026, 11:50 pm

तोमनाथ उप्रेती साहित्य मानव सभ्यताको सबैभन्दा सूक्ष्म आत्मदर्पण हो। यो चेतना, अनुभूति र अस्तित्वको गहन अन्वेषण हो। मानिसले जब पहिलो पटक आकाशतिर हेरेर आफ्नो अस्तित्वबारे प्रश्न गर्‍यो, त्यही क्षणदेखि साहित्यको जन्म भएको थियो। किनकि साहित्यको मूल केन्द्र प्रश्न हो। “म को हुँ?”, “जीवन किन छ?”, “दुःखको अर्थ के हो?”, “मृत्युपछि के बाँकी रहन्छ?” जस्ता प्रश्नहरूले नै साहित्यलाई साधारण मनोरञ्जनभन्दा माथि उठाएर दर्शन र आध्यात्मिकताको विशाल क्षेत्रमा पुर्‍याउँछन्


अकबरी सुन

कथा बद्री अधिकारी June 22, 2026, 11:47 pm

बद्री अधिकारी गर्मीको मौसममा मध्यान्हको समय, त्यसमा पनि चर्को घाम लागिरहेको कारणले गर्दा घाँस काट्न जाने आँट ममा पलाइरहेको थिएन । म कोठामा रहेको पलङमा ढल्किरहेकी थिएँ । माया, मेरी नन्द, बोर्डिङ गइसकेकी थिइन् । धर्मानन्द, मेरो झड्केलो ससुरा, पनि ऊतिरकी छोरी मायासँगै खाना खाएर पान खान बजार निस्किसकेकोले म घरमा एक्लै थिएँ


मार्फा : जो आधुनिक शैलीका घरलाई 'नाइँ' भन्छ

नियात्रा ईश्वर पोखरेल June 22, 2026, 11:41 pm

ईश्वर पोखरेल पानी परिरहेको छ। हामी मुक्तिनाथ दर्शनलाई लक्ष्य बनाएर कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकमा यात्रारत छौँ। यो सडक कवि भूपी शेरचनले ‘हो ची मिह्नलाई चिठ्ठी’ कवितामा उल्लेख गरेको लेते नदी र उनको जन्मस्थान टुकुचे हुँदै जान्छ भन्ने जानकारीपछि ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ का सर्जकले टेकेका बाटा/गोरेटा, गल्ली/गल्छेडा कस्ता होलान् भन्ने कुतूहल बोकेर मैले ड्राइभर भाइलाई भनेको थिएँ, ‘भाइ, लेते नदी र टुकुचे आयो भने एकचोटि ‘हजुर, यही हो’ भन्दिनुस् है

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित