18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पुरण गिरीको ‘मर्मको मिठास’ गीतिकाव्यका नायक नारायण गोपाल

कृति/समीक्षा नवीन पौड्याल December 20, 2025, 12:30 am

नवीन पौड्याल १. गीतकार पुरण गिरी-
नेपाली गीतको फाँटमा दार्जीलिङका पुरण गिरी नबिर्सने र नछुट्ने नाम हो। उनको जन्म कालिम्पोङमा सन् १९६१ मा भएको हो।उनी बाबु स्व. टेकबहादुर गिरी र आमा स्व. डम्बर कुमारी गिरीका कान्छा छोरा हुन्। उनी एकनिष्ठ रूपमा गीत लेखनमा समर्पित छन्। हालसम्म उनका प्रकाशित कृतिहरूमा जिन्दगीको लयान्तर (गीत सङ्ग्रह), बिम्बहरू (गीतसङ्ग्रह), चन्द्र सूर्यको प्रेम कथा (गीतिकाव्य), मर्मको मिठास (गीतिकाव्य) हुन्


सन्दर्भ लन्डिनियम : सम्बोधन कृष्ण बजगाईंलाई

कृति/समीक्षा केशरी अम्गाईं December 18, 2025, 4:01 pm

केशरी  अम्गाईं विषय प्रवेश:
लन्डिनियम (२०८२) कृष्ण बजगाईंद्वारा लेखिएको १८ ओटा नियात्राहरूको सङ्ग्रह हो । आकर्षक आवरणमा सजिएको १८८ पृष्ठको यो कृति हातमा लिँदै गर्दा मनको कुनै कुनामा कृतिभित्र कतै कुनै नियमको कुरा त गरिएको छैन भन्ने लाग्छ । तर, जब कृतिभित्रको नवौँ रचना लन्डिनियममा कामुक सुन्दरी पढिन्छ, तब मुक्त बनिन्छ यो भ्रमबाट र कसरी लण्डन नामाकरण गरिएको रहेछ भन्ने रहस्य उद्घाटित हुन्छ


'कैलाश कोरा' : नेपाली नियात्रा साहित्यको अनुपम कृति

कृति/समीक्षा भेषराज रिजाल December 12, 2025, 12:30 am

भेषराज रिजाल पर्यटन व्यवसायीको रूपमा नेपालका विभिन्न ठाउँ घुम्दै जाँदा राजेन्द्रमान डङ्गोलले नेपाली भूगोल र प्रकृतिको अनेक स्वरूप देख्‌नुभयो। विदेशीहरूले नेपाली भाषा, संस्कृति, हिमाल, नदीनालाको प्रसंशा गरेको सुन्दा खुसी हुँदै नेपाल विश्वमा साँच्चै सुन्दर रहेछ भन्नेमा विश्वस्त हुनुभयो। दाजु साहित्यकार आरएम डङ्गोलको प्रेरणाले नियात्रा साहित्य लेखनतर्फ डोरिनुभयो


टोलटोलमा राजा : हल्का हाँसो तर जोडदार व्यङ्ग्य

कृति/समीक्षा केशवराज आमोदी December 9, 2025, 4:03 pm

केशवराज आमोदी साहित्य सृजनाको प्रयोजन वा उद्देश्य साहित्यकारको चिन्तन , अनुभूति र मनोयोगले तय गर्दछ । चिन्तनको सतह विस्तारित हुँदै जीवन र जगत्का पहेलीहरूमा कला , सौन्दर्य र चेतनामयी त्रिवेणीका त्रि-तरङ्गमा डुबुल्किंदै संश्लेषण र विश्लेषणहरूमा रङमङिन पुग्दछ । मानवले सृष्टिबाट पाएको अनमोल उपहार आनन्द नै हो


चित्कार

लघुकथा ईगम खालिङ December 9, 2025, 4:01 pm

ईगम खालिङ ऊर्जाका हजारौँ सूक्ष्म साङ्केतिक तरङ्गहरू अवचेतन मनको आकाशमा पटेकाजस्तै फुट्छन्। कविले त्यस आन्तरिक घटनाको सहजबोध पनि गर्छन्। एकपल्ट झलस्स हेर्छन्, र खुशी हुँदै मनमा भन्छन्, “आह, कति सुन्दर! मैले चिने। म त्यसलाई आकार दिन्छु, माध्यम दिन्छु, र पहिचान दिन्छु।”

त्यसपछि कवि त्यस सम्भावित सिर्जनाको ऊर्जाबाट अलिअलि गर्दै टाँढिन थाल्छन्


यात्राको मन

नियात्रा कृष्ण उपाध्याय December 5, 2025, 4:07 pm

कृष्ण उपाध्याय धेरै देश, धेरै संस्कृति र भाषासँग मानवाधिकारको कामको सिलसिलामै परिचय भएको हो । एसिया, अफ्रिका, उत्तर र दक्षिण अमेरिका र यूरोपका धेरै मुलुकहरु घुमियो । कतै कतै लामो समय पनि बसियो तर तिनका बारेमा लेखिएन । यति आनन्द विभोर भैएछ, लेख्ने जाँगर नै चलेन । अन्यत्रको बारेमा चर्चा गर्दै नेपाली पाठकलाई सरस ’जानकारी’ दिनु यात्रा स्मरणको एउटा पक्ष हो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित