नेपाली कथा साहित्यको क्षेत्रमा हायमनदास राई किरात एक सम्मानित र वरिष्ठ नाम हो। अझ भारतीय परिप्रेक्ष्यमा उनी नेपाली कथाकारहरूका जेठा दाजु वा 'ठुल्दाजु' थिए। उनी प्रथम आधुनिक नेपाली कथाकार मानिएका रूपनारायण सिंह र गुरुप्रसाद मैनालीको समयदेखि नै कथा लेख्न थालेका हुन् । गुरुप्रसाद मैनालीको पहिलो मानिएको 'नासो' कथा छापिएकै 'शारदा' पत्रिकाको १६६१-को अङ्कमा किरातको 'शूरवीर' कथा प्रकाशित देखिन्छ
१: जनैको धागो
"कहिलेकाहीँ एउटा धागोले केवल काँध मात्र होइन, पूरा जीवन बाँधिदिन्छ ।"
पहाडको फेदीमा बसेको त्यो सानो बजार बिहान सबेरै ब्युँझिन्थ्यो । मन्दिरको घण्टीको आवाज, भालेको डाक, चियापसलको पहिलो उकालो धुवाँ र सरकारी कार्यालयतिर हिँडिरहेका मानिसहरूको हतारले गाउँ र सहरको बीचमा अड्किएको त्यो ठाउँलाई आफ्नै लय दिन्थ्यो
पहाडको गाउँमा बिहान अरू ठाउँभन्दा अलि चाँडै खुल्थ्यो। पूर्वतिरको डाँडामाथि घाम देखिनुअघि नै गङ्गा भान्सामा पुगिसकेकी हुन्थिन्। चुलोमा पानी बसिसकेको हुन्थ्यो। आँगनमा भएका फूलका पातहरूमा रातभर परेको शीतका थोपा टल्किरहेका हुन्थे। टाढाको बाटो हुँदै गाईबस्तु चराउन जानेहरूका पाइला र घाँस काट्न निस्कने महिलाहरूको आवाज बिस्तारै सुनिन थाल्थ्यो
हर्कमान श्रेष्ठका हात हेर्दा लाग्छ—समयले घडीमा होइन, हातमा आफ्नो इतिहास लेख्दोरहेछ । हातका छालामा साना–साना रेखा छन् । औँलाका जोर्नी केही बाक्लिएका छन् । नङका छेउमा कामका पुराना चिह्नहरू अझै देखिन्छन् । यी हातले धेरै कुरा छोएका छन माटो, ढुंगा, काठ, खर, पसिना, औजार र मानिसका घरका सपनाहरू
हरिप्रसाद बराल नेपाली भाषा, साहित्य, निबन्धचिन्तन र समालोचनाका क्षेत्रमा निरन्तर साधनारत साहित्यिक व्यक्तित्व हुन्। वि.सं. २०२२ माघ २२ गते धनकुटामा जन्मिएका बराल हाल विराटनगर महानगरपालिका–१२, पञ्चमुखीचोकमा रहेर साहित्यिक कर्मलाई निरन्तरता दिइरहेका छन्। उनका लागि साहित्य जीवन, समाज र चेतनालाई बुझ्ने गम्भीर साधना हो
सम्पादकको फोन आयो – “बधाई छ! यसपटकको कविता सङ्ग्रहमा तपाईँको पनि परेको छ।"
उसको अनुहार उज्यालियो।
पत्रिकामा कविता छापिँदा पारिश्रमिक आउँथ्यो। यसपटक पनि मनमा हिसाब चल्यो– 'नामसँगै अलिकति पारिश्रमिक त आउला नै।'
“कार्यालयसम्म आइदिनुस् न है, भेटेर बधाई दिऊँ ।" सम्पादकले फोन राखे