पृष्ठभूमि:
साहित्यको सबैभन्दा गाह्रो विधा हास्यव्यङ्ग्य लेखन हो । मानिसलाई रुवाउन सजिलो हुन्छ तर हसाँउन गाह्रो छ । समाजमा सामाजिक कुरीति र मानवीय कमजोरीलाई हाँस्यका माध्यमबाट जात्रा र प्रहसनमा मौखिक परम्पराबाट प्रस्तुत गर्ने प्राचीन परम्परा रहेको छ । नेपालीमा मुद्रित साहित्यको विकाससँगै हाँस्य र व्यङ्ग्यले छुट्टै साहित्यिक स्वरूप लिन थाल्यो
१. विषय प्रवेशः
साहित्य र समाजको सम्बन्ध अन्योन्याश्रित र द्वन्द्वात्मक हुन्छ । प्रगतिवादी दृष्टिमा साहित्य केवल कोरा कल्पना, व्यक्तिगत भावनाको उद्वेग र मनोरन्जनको साधन मात्र होइन; यो त युगीन यथार्थको वस्तुपरक प्रतिबिम्बन र सामाजिक–राजनीतिक परिवर्तनका लागि दह्रो हतियार हो । साहित्य वर्गसङ्घर्षको वैचारिक अभिव्यक्ति हो
नेपाली समाजमा केही यस्ता व्यक्ति छन् जो आफ्नो वयोवृद्ध उमरेमा पनि आफुले जानेको अनुभव गरेको, पाएको ज्ञानलाई पाटकलाई पनि लाभान्वित बनाउन पुस्तक प्रकाशित गर्छन्। यस्ता जाँगरिला जोसिला र उपकारी व्यक्तित्व हुन डि पी न्यौपाने। कालिम्पोङका श्री न्यौपाने उमेरले अहिले चौरानब्बे वर्षको नेटो काट्नुहुँदैछ
कुनै साल अनिल पौडेलजी साझा प्रकाशनको सञ्चालक भएको बेला विराटनगरमा साझाको पुस्तक मेलाका साथ अहिलेका कोशीप्रदेशका कविहरूका माझमा कविगोष्ठी पनि गरे गराएको सम्झना छ । तिथी मिति अहिले म ठ्याक्क भन्न सक्तिनँ । माघ फागुनतिर हिउँदको बेला थियो । अहिलेभन्दा लगभग एक दशक वा केही अघिको कुरा हुनुपर्छ
मानव सभ्यताको इतिहासमा चाडपर्वहरू केवल मनोरञ्जन, खानपान र उत्सवका अवसर मात्र होइनन्; ती समाजका सामूहिक स्मृति, धार्मिक आस्था, सांस्कृतिक पहिचान, नैतिक आदर्श, जीवनमूल्य र पुस्तान्तरणका जीवन्त माध्यम पनि हुन् । संसारका विभिन्न सभ्यतामा अन्धकारमाथि प्रकाशको विजय, असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र निराशामाथि आशाको विजयलाई विभिन्न प्रतीक र अनुष्ठानद्वारा अभिव्यक्त गरिएको पाइन्छ
सार
लघुकथा आकारका दृष्टिले संक्षिप्त भए पनि अर्थ, संवेदना र प्रभावका दृष्टिले सघन आख्यानिक विधा हो । यसको पहिचान शब्दसङ्ख्याको न्यूनतामा मात्र सीमित हुँदैन; सीमित कथ्य, चयनित घटना, भाषिक मितव्ययिता, अर्थको सङ्केतात्मकता र पाठकीय सहभागिताबाट निर्माण हुने कलात्मक प्रभावमा निहित हुन्छ