डुलुवा मन मान्छेको तर विगत तीन वर्षदेखि कोरोनाको विश्वव्यापी महामारीले कुँजिएको र कुँडिएको छ यो मन । देशमा राजनैतिक अस्थिरताको परिदृश्य छ । संवैधानिक जटिलताले गर्दा स्थानीय सरकार बनाउने चुनावको अर्को दृश्य । वैशाख ३० गते, २०७९ शुव्रmबार आमचुनावको दिन । सवारी साधनमा प्रतिबन्ध । चुनावमा भोट दिनु थिएन
कहिलेकाहीँ एउटा विपत्तिले घर भत्काउँछ। त्यसले मानिसको विश्वास पनि हल्लाउँछ। भित्ताहरू ढल्छन्। बाटाहरू हराउँछन्। पुलहरू चुँडिन्छन्। जीवनका सामान्य लयहरू अचानक मौन हुन्छन्। त्यसपछि धुलो, माटो, आँसु र एउटा असह्य प्रश्न बाँकी रहन्छ। आखिर यस्तो किन भयो?
विपत्तिको क्षणमा प्रकृति निकै निर्मम देखिन्छ
ऊ पास/फेलको झन्झटमा खासै अल्झेन; सिधै राजनीतितिर लाग्यो । पहिलो चुनाव हार्यो; अनि पिए भयो । पिए भएर त उसलाई घुस/कमिसन कत्ति! कत्ति!! त्यही पैसा दिएर मनोनित भो' । अनि मन्त्री भयो ।
हामी ओल्लो टेबुलमा थियौं; ऊ पल्लो टेबुलमा।
धेरै खाएछ। टेबुलमै लम्पसार भयो।
हामीले भन्यौं— “घरमा खबर गरौं?"
होटल साहुजीले टाउको हल्लायो— “घर लिलाम भइसक्यो; अस्ति नै
नेपाली साहित्यको इतिहास र यसको निरन्तर विकासक्रममा यात्रा-साहित्य अर्थात् नियात्राले एउटा अत्यन्तै महत्त्वपूर्ण, लोकप्रिय र समृद्ध स्थान ओगटेको छ।
विगतमा यात्रा वृत्तान्तलाई नयाँ स्थानको भ्रमण, दर्शनीय स्थलको बाह्य हुबहु विवरण वा मनोरञ्जनात्मक टिपोटमा मात्र सीमित राखिने परिपाटी थियो
१: प्रश्नहरूको आँधी — पहिलो अभियोग
शवगृहमा शान्ति थिएन । त्यहाँ रुवाइ पनि थियो, तर त्यो रुवाइभन्दा ठूलो आवाज थियो—मौनता । एउटै कोठामा सयौँ शवहरू पङ्क्तिबद्ध थिए । कतिपयको अनुहार चिन्न सकिने अवस्थामा थिएन, कतिपयका हातमा अझै घडी बाँधिएको थियो, कतिपयको खल्तीमा आधा भिजेको नागरिकता थियो, र कतिपयसँग त कुनै नाम नै बाँकी थिएन
बिहानको चहलपहल बिस्तारै घरबाट बाहिरिइसकेको थियो। रोहन र निशा आ–आफ्नो अफिसतिर लागेका थिए। निरवले झोला भिरेर स्कूलको बस समातेको धेरै बेर भइसकेको थियो। भान्साको काम मिलाएर सहयोगी महिला पनि ढोका बन्द गर्दै बाहिरिइन्। त्यसपछि त्यो घरमा बाँकी रहे केवल हेमराज।
घरभित्र अब कसैको बोलाइ सुनिँदैनथ्यो