19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रेसुङ्गा यात्रा : तीन फरक अनुभूतिहरू

नियात्रा काशीनाथ मिश्रित August 24, 2026, 3:50 pm

काशीनाथ मिश्रित म जम्मा तीन पटक मात्र रेसुङ्गा पहाड चढ्न पाएको छु अहिलेसम्म । भविष्यमा त फेरि पनि त्यहाँ जाने मौका आउला । भविष्य अनिश्चित हुने भएकाले यसै भन्न सकिने कुरा भएन । त्यसैले विगतका अनुभूतिहरूलाई कोट्याउँ भनेर । पहिलो पटक २०५० सालको साउन महिनामा, दोस्रो पटक २०५१ सालको असोज महिनामा र तेस्रो पटक २०६८ सालको बैशाख महिनामा मैले त्यो गुल्मेली कञ्चन्जङ्घाको चुचुरो चुम्न पुगेको थिएँ


माटोको सुगन्ध

कथा बिजु सुवेदी विजय August 24, 2026, 12:02 am

बिजु सुवेदी विजय १: बाँझो खेत र बन्द ढोका
बिहानको घाम अझै डाँडाको टुप्पोमा आइपुगेको थिएन । तर गाउँका पुराना गोरेटाहरूमा उज्यालो फैलिइसकेको थियो । कुनै समय यही बेला गाउँका घरघरबाट धुवाँ निस्किन्थ्यो । गोठमा गाईबस्तु कराउँथे । आँगनमा बुहारीहरू पानी भर्थे । खेततिर जाने बाटोमा हलो बोकेका किसान देखिन्थे


उद्‍घोषक

कथा हिमाल लिम्बु August 23, 2026, 6:55 pm

हिमाल लिम्बु विद्यालयको छब्बिसौँ वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम हुँदै थियो । नौ कक्षामा पढ्ने दुईजना विद्यार्थीहरू सुम्निमा र सत्यम मञ्‍चमा चढेर माइक्रोफोन समाउनासाथ अभिवादन गरे ।
सुम्निमा- सेवा ।
सत्यम- जय श्री कृष्ण ।
सुम्निमा- सत्यम तिम्लाई मारूनी नाँचको बारेमा केही थाहा छ ?
सत्यम- थाहा छ नि


मातापिताप्रति सम्मान र पारिवारिक विखण्डनका विरुद्धमा ‘जन्मदाता’

कृति/समीक्षा नारायण मरासिनी August 23, 2026, 6:52 pm

नारायण मरासिनी कास्की जिल्लाको घार्मीमा वि.सं. २००१ मा जन्मेका कवि पोषराज पौडेलको ‘जन्मदाता’ स्मृतिकाव्य अर्थात् शोककाव्य (२०७८) पीडादायी घडीमा सिर्जित कृति हो । आफ्ना मातापिताको सम्झनामा उनले यो स्मृतिकाव्य तयार पारेका हुन् । यो काव्य आफ्ना मातापिताप्रतिको उनको श्रद्धाभाव हो । उनले आफ्नी मातालाई २०४४ सालमा गुमाएका थिए भने पितालाई २०७८ सालमा गुमाउन पुगेका छन्


दुई शनिबार

निबन्ध यमुना राई August 23, 2026, 6:47 pm

यमुना राई आज शनिबार पाँच दिनको कामपछि आउने एउटा यस्तो दिन जसलाई म आफ्नो थकानसँग अलिकति आरामका लागि जोगाएर राखेकी हुन्छु। हप्ताभरि अरूको समयसँग बाँधिएर हिँडेपछि शनिबार आइपुग्दा लाग्छ आज चाहिँ आफ्नै समय हो। केही नगरी बसूँ, शरीरलाई विश्राम दिऊँ, मनलाई पनि केहीबेर चुपचाप रहन दिऊँ।

तर आज शनिबारलाई त्यस्तो कुनै योजना रहेनछ


अतिरिक्त नास्ता

कथा बद्री अधिकारी August 22, 2026, 5:16 pm

बद्री अधिकारी पहाडमाथि फैलिएको कुहिरो बिस्तारै पातलिँदै थियो। सूर्यको पहिलो किरणले गाउँका ढुङ्गे घरहरूलाई छुँदै तल झरिरहेको थियो। रातभरि ओसले भिजेका सागका पातहरूमा अडिएका थोपाहरू चम्किरहेका थिए। प्रकृतिमा नयाँ बिहान थियो, तर अर्जुनको मनमा भने पुरानो चिन्ताले फेरि आँखा खोलेको थियो।

उसले आँगनबाट घरतिर हेर्‍यो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित