१: सहरको सपना
कैलालीको घोडाघोडी नगरपालिका–४ को एउटा सानो बस्ती । वर्षायाममा हिलोले बाटो निल्थ्यो, गर्मीमा धुलोले आकाश छोप्थ्यो । गाउँको किनारमा रहेका केही टिनका छाना र माटाका घरमध्ये एउटा घर थियो—दीपा नेपालीको ।
बिहान सबेरै आमाको आवाजले उसको निद्रा खुल्थ्यो ।
"दीपा, उठ नानी । स्कुल जान ढिला हुन्छ
१. विषय प्रवेश
जमुना भट्टराई समकालीन नेपाली साहित्यमा नारी संवेदना, सामाजिक यथार्थ र अस्तित्ववादी चेतनाको सशक्त स्वरका रूपमा उदाएकी विशिष्ट स्रष्टा हुन्। उनको उपन्यास “मर्नु अघि” ले पितृसत्तात्मक संरचनाभित्र नारीले भोग्ने पीडा, मौन विद्रोह र आत्मसंघर्षलाई अत्यन्त मार्मिक र कलात्मक ढङ्गले उजागर गरेको छ
कृष्ण बजगाईं नेपाली साहित्यमा स्थापित नाम हो । उनको पछिल्लो कृति ‘डायस्पोरा र सपना’ले मुटुको एक टुक्रा स्वदेशमा र शरीर परदेशमा छोडेका लाखौँ नेपालीहरूको भोगाइलाई काव्यिक शब्दमार्फत चित्रण गरेको छ ।
यस सङ्ग्रहका कविताहरूले मुख्यतया विदेशका सहर, गल्ली र बाटाहरुमा हिँडिरहँदा पनि नेपाली पन र नेपाली माटो खोजिरहेको भाव देखिन्छ
गाउँका बिहानहरूमा एउटा अनौठो प्रकारको शान्ति मिसिएको हुन्थ्यो र हुन्छ।पूर्वतिरको डाँडामाथिबाट घाम बिस्तारै उदाउँदै थियो । सितले भिजेका घाँसहरू र बिरुवाका पातहरूमा अल्झेका सितका थोपाहरू सूर्यको किरणले मानव मनलाई सहजै लोभ्याउने गरी चम्की रहेका देखिँदै थिए।अनि चिसो हावाले निदाएको गाउँलाई विस्तारै ब्युँझाउँथ्यो
निर्दोषा लक्षणवती सरीतिर्गुणभूषणा
सालङ्काररसोपेता वृत्तिर्वाक् काव्यनामभाक्।।
- आचार्य चन्द्रशेखर
भावार्थ : दोषरहित , लक्षणयुक्त , रीति र गुणले समन्वित , अलङ्कार र रसले भरिएको शब्दको वृत्तिलाई काव्य भनिन्छ ।
सन्दर्भतिर लागौं । चितवन लङ्कू निवासी गुरुपदीय धर्मनिर्वाह-कर्मबाट सेवानिवृत्त भएका अध्यात्मदर्शनका मर्मज्ञ , परम भागवत एवं कवि हरिप्रपन्न शर्मा कँडेलजीको जन्म वि. सं. २०१६ पौष २ गते माता वरदवल्लभा र पिता धरणीधर कँडेलका पुत्ररत्नका रूपमा बाग्लुङ , धम्जा डाँडाकटेरीमा भएको हो
म जून ठाउँमा बस्छु त्यसको शिरमा महादेवको बास छ। टाढा हिमाल हेर्दा सेतो हिऊँ को च्यादर ओढि, बुद्ध ध्यान मग्न भई आँखा चिम्लेर सुति रहेको अनुभव गर्न सक्ने जगहमा मेरो बास छ। देवी देवताले झार जंगल वनस्पति हावा पानी प्रकृतिको भरपूर आशिर्वाद दिएको छ यहाँ। यस ठाउँको चमत्कार अनुभव गर्न संसारको कुना काप्चाबाट यहाँ मानिसहरूको घुइँचो लाग्छ