पहाड मेरा लागि एक सपना हो । मेरो जन्म पश्चिम पहाडमा भयो । सानैमा बाबुआमासँगै तराई गएँ । शरीर तराईमा थियो । मन पनि पहाडमा थियो । पहाडबाट आएका आफन्तका कुरा सुन्दा मेरो पहाड मोह बढाइदिन्थ्यो ।
अलिअलि स्मृतिका झुल्का थिए पहाडका । समयकाल सानो थियो, स्मृतिको संसार भने विशाल थियो । पहाडको घर, मुल फेटने धारा
असारको अन्त्यतिर लाग्दै थियो। रातभरि परेको झरी बिहानपख थामिएको थियो। डाँडामाथिबाट सूर्यका पहिलो किरणहरू बिस्तारै गाउँभरि फैलिन थालेका थिए। भिजेको माटोको सुगन्ध हावासँगै चारैतिर फैलिएको महसुस हुन्थ्यो। घरमुनिको गोरेटो हुँदै बारीतिर जाने मानिसहरूको आउजाउ सुरु भइसकेको थियो। कसैको काँधमा कोदालो थियो, कसैले मकै गोड्ने कुटो बोकेका थिए
अघिल्लो दिन एकजना स्वनामधन्य साहित्यकारसँग साहित्यका विविध पाटापक्षका बारेमा भएको भलाकुसारीको स्मृति ताजा नै थियो । एउटा स्रष्टा आफैमा अतिशय पाखण्डी, समाजद्वेशी र हीन मनोवृत्तिले ग्रस्त कसरी हुन सक्छ ? भन्ने जिज्ञासाले अन्तस्करण उद्देलित भैरहेको अवस्थामा अनेकन विचारहरु मानसपटलमा कावा खेल्दै थिए
१. पृष्ठभूमिः
गण्डकी अञ्चल तथा गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको साविक छाङ्छाङ्दी गा वि स वडा नं.९ काफलपोखरीमा वि सं २००१ बैशाख ३१ गते जन्मनु भएका श्री खेमराज ढुङ्गाना प्रहरी (प्रहरी निरीक्षक) सेवाबाट निवृत व्यक्ति हो । वहाँ ग्रामीण जनजीवनको कथा व्यथासँग निकै परिचित हुनुहुन्छ
“जो हम से टकराएगा
वो चूर–चूर हो जाएगा
"विश्वविद्यालय से हिन्दू शब्द नहीं हटेगा, नहीं हटेगा ।”
यी नाराहरू मेरा स्मृतिमा ताजै रहेछन् । ५६ वर्षपछि बनारसमा पुग्दा त्यो स्मृति अझै ताजा भएर आयो । म पहिलोपल्ट जुलुसमा सामेल भएर लगाएका नाराहरू भएकैले शायद तिनले मेरो मस्तिष्कलाई अझैसम्म झकझकाइरहेका छन्
विभिन्न साहित्यक पत्रिकाका सम्पादक, दर्जनौँ संघसस्थाबाट अभिनन्दीत, सम्मानीत र पुरस्कृत व्यक्तित्व विश्वप्रेम अधिकारी आँधीखोले लोक साहित्यका एक अग्रज उर्वर सर्जकका रुपमा स्थापित हुनुहुन्छ । तिनै अग्रज स्रष्टा विश्वप्रेम अधिकारीको व्यक्तित्व र कृतित्वभित्रका विभिन्न विषयमा समेटेर विभिन्न लेखकबाट उठान भएका शीर्षकका लेखहरूलाई एकीकृत गरी तयार भएको पुस्तक “द्रष्टा दृष्टिमा स्रष्टा विश्वप्रेम अधिकारी–२” स्रष्टा विश्वप्रेम अधिकारीकै हातबाट प्राप्त गर्ने अवसर मिल्यो