बूढाबूढी व्यस्त सहरको चोकबाट पारितिर जाँदै थिए । उनीहरूको दृष्टि एउटा भिडमा पर्यो । त्यहाँ भर्खरै एउटा मोटरसाइकल ट्रकसित ठोक्किएको कुरा मानिसहरू गर्दै थिए । बूढीले भनी, “यस्सो हेरौं न, को ठोक्किएछ त्यहाँ ।”
बूढीको कुरालाई बेवास्ता गर्दै बूढाले भन्यो, “हुन्दे, कुन चाइनी केटो होला आँखा नहेरी मोटरसाइकल कुदाउनी
भर्खर बिहानको चार बज्दै थियो।
पुर्वी नेपालको पहाडी गाउँ मझूवा अझै निदाइरहेको थियो। रामबहादुरले झ्यालबाट छिरेको मिर्मिरेको उज्यालोमा बाहिर हेर्यो।
पूर्वतिरको जिर्मले र सलकपुर डाँडामाथि रातको कालो पर्दा बिस्तारै पातलिँदै थियो। गाउँमा कतै भाले बासेको आवाज सुनिन्थ्यो, कतै गोठमा बाँधिएका गाईका घाँटीमा झुन्डिएका घण्टीहरू हल्लिँदा आएका आवाज
‘काठमाडौँ फेसन विक’ को अन्तिम र मुख्य रात थियो त्यो । राजधानीको कमलादीस्थित प्रज्ञा भवनको भव्य हल बेहुली झै सिँगारिएको थियो । झिलिमिली बत्तीको राप, क्यामेराको अनवरत ‘फ्ल्यास’ र दर्शकदीर्घाबाट गुञ्जिरहेको तालीका बीच स्नेहा रनवेमा ओर्लिइन् ।
साडी र आधुनिक फ्युजन पहिरनमा आफ्ना अग्ला हिल टेक्दै जब उनी अघि बढ्थिन्, लाग्थ्यो हलभित्रको सिंगो हावा नै उनको इसारामा अडिएको छ
एउटा कथन यस्तो रहेछ- “Life is a dream for the wise, a game for the fool, a comedy for the rich, a tragedy for the poor.” अर्थात् जीवन ज्ञानीका निम्ति एउटा सपना,मूर्खका निम्ति एउटा खेल,धनीका निम्ति एउटा कामदी ,गरीबका निम्ति एउटा त्रासदी हो ।
Sholom Aleichem (शोलोम अलेखेम)-को रहेछ यो कथन। यस कथनले आकृष्ट गरेपछि शोलोम आलेखेमलाई चिन्न मन लाग्यो । अनलाइन सन्दर्भहरू कोटयाउँदै गएँ
साहित्य मानव सभ्यताको सूक्ष्मतम चेतनाको भाषिक अभिलेख हो। मानिसले आकाशतर्फ हेरेर आफ्नो अस्तित्वबारे प्रश्न गर्न थालेदेखि नै साहित्यको आधारभूत चेतना जन्मिएको मान्न सकिन्छ। साहित्यको जन्मको मूलमा प्रश्न हुन्छ। म को हुँ?, जीवनको अर्थ के हो?, दुःख किन छ?, प्रेम किन आवश्यक छ?, मृत्युको अर्थ के हो?, सत्य के हो? जस्ता प्रश्न मानव चेतनाका शाश्वत प्रश्न हुन्
कुनै कुरो छेलोखेलो भयो भने, मनग्य पाइने भयो भने, कम महत्त्वको र मामुली ठहरियो भने सस्तो भएको भनिन्छ । बजारमा किन्ने सामानमात्र नभएर स्वयं मान्छे पनि सस्तो हुन सक्छ । कुनै कालखण्ड आफन्त, साथी, सहकर्मीसँग फराक सम्बन्ध नभएको वा नबनाएको मान्छे अरूको चासो राख्ने व्यक्तिका लागि परबाह, सरोकार, वास्ता र रहस्यको विषय बन्छ; तर त्यही व्यक्ति पछिल्ला कालखण्डमा छताछुल्ल पोखिन थाल्यो, धेरै बोल्न थाल्यो, जुनसुकै बेला उपलब्ध हुन थाल्यो भने त्यो कम महत्त्वको हुन जान्छ