१. विषयप्रवेश एवम् सैद्धान्तिक पृष्ठभूमि
प्रगतिशील–प्रगतिवादी साहित्यिक फाँटमा क्रियाशील डा. कृष्णराज अधिकारी (वि.सं. २०२०) बहुआयामिक स्रष्टा एवम् द्रष्टा व्यक्तित्वका रुपमा परिचित छन् । यिनका हालसम्म ‘स्मृतिका बिम्बहरु’ (नियात्रा, २०६३), ‘महाकाव्य सिद्धान्त र देवकोटाका महाकाव्यहरु’ (समालोचना, २०६६), ‘सुरूङ खन्दै छन् मुसाहरु’ (कवितासङ्ग्रह, २०६८), ‘साहित्यिक अवलोकन’ (समालोचना, २०७१), ‘केही सृजनाः पृथक विवेचना’ (समीक्षासङ्ग्रह, २०७८), ‘अँध्यारो यात्रा’ (कथासङ्ग्रह, २०७८) लगायतका कृतिहरु प्रकाशित छन्
आखिर जिन्दगी न हो, यस जिन्दगीमा साथी चाँहिन्छ, मित्र चाँहिन्छ, हितैषी चाँहिन्छ, । चाहेर वा नचारेह पनि साथी ता मनग्गे हँुदा रहेछन् र हुन्छन् पनि । मलाई मित्ररहित जिन्दगी बढो विरसिलो र कष्टकर हुन्छ भन्ने लाग्छ । अप्ठेरो पर्दा सघाउने मित्र ता मेरो विचारमा देवतुल्य नै हो । मित्रताको नाममा कतिले स्वार्थसिद्ध गर्ने चलन पनि नबोक्ने होइनन्, यस्तै स्वभाव हुने साथीहरूको मलाई लाग्छ यस दुनियाँमा अधिक संख्या हुन्छ
व्यथा एक्कासी बल्झियो।
वृद्धावस्थामा पुग्नु भएको बा केही दिनदेखि कमजोरी महसुस गर्नुभएको थियो।
तुरुन्तै एम्बुलेन्स खोजेर काठमाण्डौँ लगियो।
भाइ काठमाण्डौँमै भएकोले अस्पताल भर्नामा सहजता भयो।बालाई आइसियुमा भर्ना गरियो।
विदेशमा भएका दाजुलाई खबर गरिसकिएको थियो
मैले थाहा पाएँदेखि हाम्रो घरको मास्तिर खहरे खोला थियो । त्यसको डिलमा एउटा बेलको वृक्ष कैयौँ वर्षदेखि उभिएको थियो । त्यो बेल वृक्षको फेदमा एउटा निख्खर कालो रङको ढुङ्गा त्यस वृक्षको जरासँगै जेलिएर वर्षौँदेखि थियो त्यहाँ । त्यो ढुङ्गालाई शिवलिङ्ग मानेर गाउँकी छिमेकी बज्यै नित्य पुज्ने गर्दथिन्
एउटा पाठकको गुनासो, एउटा कथाकारको आत्मबोध र साहित्यको वास्तविक परीक्षा
साँझ पर्दै थियो । पश्चिमतिरको आकाशमा घामको अन्तिम किरण पहाडको काँधमा अड्किएको थियो । दिनभरि हल्ला गरेको बजार बिस्तारै शान्त हुँदै थियो । सडकका बत्तीहरू बल्न थालेका थिए, चियापसलमा बसेका मानिसहरू दिनभरिका समाचारमाथि बहस गर्दै थिए, र एउटा पुरानो घरको दोस्रो तलामा कथाकार प्रभु आफ्नो लेखन टेबुलअगाडि बसेर नयाँ कथाको अन्तिम अनुच्छेद मिलाउँदै थिए
विराटनगरको त्यो बिहान अरू दिनभन्दा केही फरक थियो।
रातभर परेको हल्का पानीले आँगनको दूबो भिजेको थियो। पूर्वतिरको आकाशमा घाम अझै पूरा खुलेको थिएन। टाढा–टाढाका उद्योगका चिम्नीबाट निस्किएको धुवाँ फिक्का आकाशमा बिस्तारै मिसिँदै थियो। सडकमा साइकलका घण्टीहरू सुनिन थालेका थिए। चियापसलका भाँडाहरूमा पानी उम्लिन थालेको थियो