19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘मै हुँ औला नकाटिएको एकलव्य’लाई सरसर्ती हेर्दा

कृति/समीक्षा डा.कृष्णराज अधिकारी November 26, 2026, 7:24 pm

डा.कृष्णराज अधिकारी नेपाली साहित्यको समालोचना र सृजनामा विशिष्ट स्थान बनाएका राजेन्द्र सुवेदीको सृजनात्मक वैशिष्ट्य निबन्धात्मक कृतिहरूमा पाइन्छ । करिव एक दर्जन समालोचना र झन्डै त्यति नै निबन्धात्मक कृतिहरूको प्रकाशन गरिसकेका सुवेदीका निबन्ध–कृतिहरूमध्ये ‘म हुँ औला नकाटिएको एकलव्य’ पनि एउटा प्रमुख हो


भ्रम हटेपछि

कथा बद्री अधिकारी November 26, 2026, 7:20 pm

बद्री अधिकारी क्षितीजको कुनकुनामा वादलका हिमश्रृङ्खला ठाउँठाउँमा देखिईरहेका थिए । कुनैकुनै बादलका टुक्रा बिरुवा, गाछीको रूपमा, कुनै मानव छायाँको रूपमा त कुनै पशु पंक्षिको आकृतिमा देखिँदै थिए । आकाशको मध्ये भाग प्राय नीलो देखिँदै थियो । नीलो आकाशमा चिलहरू फनफन घुमिरहेका थिए । पूर्वपट्टीको घरको बरण्डामा कुर्सीमा बसेर म त्यो दृश्य हेरिरहेकी थिएँ


हाफा अदाइ !

लघुकथा डा. शरद पराशर मरहट्टा November 26, 2026, 7:11 pm

डा. शरद पराशर मरहट्टा “हाफा अदाइ !”

ड्यानियलले मतिर हेर्दै मुस्कुराएर अभिवादन गर्‍यो ।

बिहानको साढे सात बजेको थियो । कार्यस्थलको चमेना गृहमा म आफ्नो नियमित बिहानको चिया तयार गर्दै थिएँ । झ्यालबाहिर सडककिनारमा लहरै उभिएका रूखका पातहरू पहेँलो र रातो रङमा फेरिँदै, झर्दै थिए । नर्थ क्यारोलाइनामा नोभेम्बरको अन्तिम साता नजिकिँदै गर्दा प्रकृति पनि हिउँदको स्वागतमा तम्तयार देखिन्थ्यो


बा कविता

कथा ईगम खालिङ November 23, 2026, 2:03 pm

ईगम खालिङ दिसम्बर महिनाको त्यो एउटा आइतबारको दिन मलाई कोठामा बसिरहन वाक्क लागेर आयो, र मैले बजार घुम्न जाने निर्णय लिएँ। आफूलाई चाहिएका केही सानातिना सामानहरू किनेर म कालेबुङ सहरको डम्बर चोक नजिकैको इन्ड्रस्ट्रियल पार्कमा गएर बसेँ। त्यो दिन सधैँको भन्दा अलिक जाडो थियो।

केही क्षणपछि पार्कबाहिरको क्याफेबाट चिया लिई पिउँदै बसिरहेको थिएँ कि मेरो नजर एकजना मुखमा माक्स लगाएर बसिरहेकी केटीसित जुझ्न पुग्यो


मन्त्री र मास्कमा कोरोनाको छाया

कृति/समीक्षा प्रा. डा. कपिल लामिछाने November 20, 2026, 3:29 pm

प्रा. डा. कपिल लामिछाने मन्त्री र मास्क (२०८०) डा. पुष्करराज भट्ट (२०३२ असार ४) को एक विषयक लघुकथासङ्ग्रह हो । यसअघि उनका कर्मयोद्धा (२०५९), मुक्तिदूत (२०६२) र एक थोपा सागरको (२०६४) जस्ता एकल लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् । यस बिचमा उनले लघुकथामा दर्शनाचार्य र विद्यावारिधि गरे, अनेक लघुकथा कृतिको सम्पादन र अनुवाद गरे


प्रा.डा. यादवप्रकाश लामिछानेका संयोग–वियोगका कथाहरू

कृति/समीक्षा गायत्रीकुमार चापागाईं November 18, 2026, 2:37 pm

गायत्रीकुमार चापागाईं साहित्यिक स्रष्टा प्रा.डा. यादवप्रकाश लामिछानेबाट लेखिएका नियात्रा, निबन्ध, समालोचना र कथाहरू विभिन्न साहित्यिक पत्रिकाहरूमा प्रकाशित हुँदै आएका छन् । तिनीहरूको रुचिपूर्वक अध्ययन गर्ने सुअवसर मिले पनि स्वयम् स्रष्टासँग भने साक्षात्कार हुने अवसर भने जुरेको थिएन । साहित्यिक कार्यव्रmमहरूमा भाग लिने सिलसिलामा हाम्रो भेटघाट मात्र भएन आ–आफ्ना कृतिहरू साटासात गरेर आत्मीयता गाँस्ने सौभाग्य मिल्यो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित