दुल्लुको दौड र पञ्चकोशी–दर्शन

- वासुदेव गुरागाईं

हेमन्तको उत्तराद्र्ध । बिहानको पारिलो घाम । कर्णालीको कञ्चन पानी । वारिपट्टि पाउमा दैलेख, पारिपट्टि आँखाभरि अछाम । दुवै उत्तिकै रमाएका छन् । आञ्चलिक हिसाबले वारि भेरी, पारि सेती । त्यति मात्र हो र ! वारि मध्यपश्चिमाञ्चल, पारि सुदूरपश्चिमाञ्चल । अनौठो संयोग । अग्ला पहाडहरुका बीचमा औधी फुच्चे बनेर उभिएको छु म । यसरी उभिँदा छुट्टै किसिमको अनुभूति उम्लिरहेछ कताकता मनभित्र ।
पुस १२, २०६८ । म यतिखेर कर्णालीको किनारमा उभिएको छु । कर्णालीसँगै जोडिएको छ दैलेख जिल्लाको खड्काबाडा गाविस । अगाडि दायाँतिर दैलेखको विकार बगाउँदै आइरहेको पवित्र डुङ्गेश्वर खोला । त्यसको पारिपट्टि कालिकोट हुँदै जुम्ला जान हौसिएको कर्णाली राजमार्गको निरन्तरता । बाटोमुन्तिर धार्मिक मनहरुको पर्खाइमा तड्पिरहेको शिवजीको मन्दिर । स्थानीय बोलीचालीमा ‘डुङ्गेलको स्थान’ का नामले परिचित छ यो मन्दिर ।
कर्णाली र डुङ्गेश्वर दोभानको बगरमा उभिएर म आँखाले भ्याएसम्म चारैतिर चहार्छु । आँखाको चहाराइमा शरीर थाक्दैन । पेट नभरिए पनि मन भरिन्छ । त्यसैले त मानसिक रुपमा छुट्टै किसिमको अनुभूत हुने सन्तुष्टिका घेरामा घेरिएको छु म ।
आनन्दको यस सुन्दर क्षणमा म एक्लै छैन यहाँ । मेरा साथमा छन् कोशी अञ्चल तेह्रथुम निवासी महेन्द्रप्रसाद गुरागाईं, उहाँकी सहधर्मिणी निर्मला न्यौपाने र ईश्वरका प्रतिरुप उनैका दुई नाबालक छोरा मन्दिप र मनोज्ञ । अनि छन्, दैलेखी माटोमा जन्मे हुर्केर सुर्खेतमा सङ्घर्षरत पूर्णमान श्रेष्ठ ।
कर्णाली किनारमा कुल्चनु अगाडि हामी दैलेख जिल्लाको तल्लो डुङ्गेश्वरस्थित सन्तोष खड्काको सन्तोष होटल एन्ड लजमा छिरेका हुन्छौँ । बिहानको खानाका लागि कर्णालीका ताजा माछाले साथ दिने भएपछि हामी त्यहीँ अडिन्छौँ र आग्रह गर्छौँ खानाका लागि । खाना तयार नहोउन्जेलको क्षणभर हामीले आपूmलाई कर्णालीका तटमा ओरालेका हुन्छौँ । बढ्दो शहरीकरण र प्रदूषणले अब सङ्लो पानी हाम्रो रहर र नियास्रोको विषय बत्र थालेको छ । राजधानीको बाग्मती र विष्णुमती तथा तिनका सहायक नदीहरु देखेभोगेका मान्छेका लागि कर्णाली त कता हो कता कञ्चन । नितान्त निर्मल । म ती दुवैलाई तुलना गर्छु र कालान्तरसम्म कर्णाली यसै गरी कञ्चन कर्णाली भएर बग्न पाओस् भत्रे शुभकामना अर्पन्छु । यसै गरी बढ्दो जनसङ्ख्या र अव्यवस्थित शहरीकरणको चपेटामा च्यापिएर थला परेका बाग्मती र विष्णुमती जस्ता अस्वस्थ नदीहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि एकसाथ गरिरहेको हुन्छु ।
र यतिखेरै, कर्णालीसँग रमाउँदा–रमाउँदै म ऊसँग आफ्ना भावना साट्ने प्रयासमा लागेको हुन्छु र स्वतःस्पूmर्त रुपमा यी हरफहरु गुनगुनाउन थाल्छु —
कर्णाली,
तिमीसँगको यो अपूर्व भेट
बिर्सने छैन चाहेर पनि
दुवै,
हामी यात्रामा छौँ
फरक,
तिमी ओरालोको यात्रामा
हामी उकालोको
चाहेर पनि
तिमी उकालिन सक्तिनौँ
नचाहेर पनि
हामी ओरालिन सक्छौँ ।
कर्णाली
तिमी अनुभवकी खानी
तिमीले हिमाल बुझेकी छौ
तिमीले पहाड बुझेकी छौ
र,
त्यत्तिकै बुझेकी छौ तराई पनि
हामी
जान्दाजान्दै सबै अबुझ बनेर
आपसी मनमुटावको अगेनामा
आलु पोलिएभैmँ
भित्रभित्रै पिल्सिरहेछौँ
पाकिरहेछौँ ।
हामी सबै खुसी मन लिएर कर्णालीको पानीसँग स्पर्श गर्छौँ । अनुहारको धुलो र हातगोडाका मयल
पखाल्छौँ । संस्कार धात्र जल स्पर्श गरेर आ–आफ्ना शिर भिजाउँछौँ र चोखिएको अनुभूतिमा रमाउँछौँ । यति गरिरहँदा बेलाबखत नदीको छाल खुसीले हो वा किन हो ? हात्रिदै हामीतिर आउँछ । म सम्झन्छु,— नदीले कुत्रि के सम्झेरहो ! आफ्ना गर्भबाट अभैm सफा पानी हामीलाई पठाइरहेछ ।
फेरि यतिखेरै नदी किनारमा तरेली परेर तेर्सिरहेका सफा ढुङ्गाहरु देख्दा म अनायास आफ्नो बाल्यकालतिर फर्कन्छु । मलाई आफ्नो बाल्यकालीन समयको एउटा अनौठो घटना याद आउँछ । त्यो घटना सायद छ÷सात वर्षको उमेरतिर हुनुपर्छ । कुनै बेला नुवाकोटको अति पवित्र नदी सूर्यमती (तादी) का किनारमा खाना खाने भाँडा नपुगेर यस्तै ढुङ्गामा पस्किएको खाना बिनाआनाकानी बडो श्रद्धाले खाएको थिएँ मैले । आज त्यस्तै परिवेशसँग मिल्दाजुल्दा यी नदी र ढुङ्गाकासाथ बाल्यकालीन ती क्षण सम्झँदा म निकै भावविह्वल हुन्छु । र, जन्मथलोको सम्झनाले त्यत्तिकै आह्लादित पनि ।
‘आहा ! क्या मज्जा !!’ दस वर्षमा दौडिरहेका मनोज्ञका मुखबाट आएको मीठो आवाज मेरा कानमा ठोक्किन्छ । उनी पनि बाग्मती र विष्णुमतीकै शहरमा थन्किन बाध्य बालक हुन् । कर्णालीको कञ्चन पानीको सुन्दर सुसाइ र बहाव देखेर प्रफुल्लित हुनु कुनै अनौठो कुरो भएन तिनलाई । पुतलीभैmँ नाचिरहेछन् उनी कर्णालीका किनारमा । मुसुमुसु हाँस्दै साथ दिइरहेछन् दर्जन उमेरका मन्दिपले ।
काठमाडौँको कोलाहल र दुर्गन्धमा जीवन व्यतीत गरिरहेका यिनका लागि यो स्थान इन्द्रको अमरावतीभन्दा पनि सुन्दर सावित भइरहेछ । बाल्यकालीन क्षण र चञ्चलता । न मनमा पाप छ, न बोलीमा कटुता । व्यवहार कर्णाली जत्तिकै कञ्चन छ यिनको । यिनमा न छलछाम छ, न कुनै कूटनीति । बीच जङ्गलका घाँसे मैदानमा मृगका पाठा उफ्रिएभैmँ उफ्रिएका छन् कर्णालीका नीला छाल अगाडि ।
‘मम्मु ! मम्मु !! खोलाछेउ नजानुस् है । कति ठूलो छाल आउँदो रै’छ !!’ मनोज्ञ आफ्नी आमालाई सम्भावित खतराबाट जोगिन सचेत गराउँछन् । म प्रकृतिको अनुपम आनन्दभन्दा पनि उच्च मूल्याङ्कन गरिरहेछु यी दुवै बालकको चहलपहल, उफ्राइ र मनोविज्ञानलाई ।
हामी आजै बिहान ठीक नौ बजे सुर्खेतबाट हिँडेका थियौँ दैलेखको दुल्लु र पञ्चकोशीको दर्शनका लागि । बाङ्गेसिमलबाट वीरेन्द्रनगरलाई बाईबाई गर्दै पश्चिमतर्पm अगाडि बढेका हामी शीतले लपक्क भिजेको कर्णाली राजमार्गका अनेकौँ घुम्ती पार गरेर दमारे, हुर्के, ओदाल ताल हुँदै बिहानको पौने दस बजे २९ कि.मि. टाढा सुर्खेतको पश्चिमी ग्रामीण बजार बड्डीचौर पुगेका थियौँ । बाटामा यदाकदा मङ्सिर भित्र्याएर सुस्ताइरहेका खेतका कतिपय सुन्दर गराहरुमा हाम्रा आँखा परेका थिए । तिनको निकै प्रशंसा गरेका थियौँ हामीले ।
बड्डीचौरको खुला आकाशमुनि हामीले एकछिन अडिने निधो ग¥यौँ । बिहानको खाना दैलेखको तल्लो डुङ्गेश्वर पुगेर खाने मोटामोटी योजना पहिल्यै बनेको भए पनि बिहानको खाजासम्म बड्डीचौरमा खाने कुरामा हामी सबैको मतो मिल्यो । आ–आफ्नो इच्छाअनुसार सादा रोटी, परोठा, झोले तरकारी र चिया हाम्रा रोजाइ र आग्रहका वस्तु बने । व्यापारिक कौशल र मीठो बोलीवचनका खडेरीले च्यापिएका होटल मालिकसँगको भलाकुसारीपछि पूर्णमानजीले मलाई दुईचार महिना अगाडि नेपालगन्जमा भेटिएका बोलीवचनका रुखा त्यस्तै होटलवाला दम्पतीको कुरा सम्झाएर मजासँग हँसाउनु भयो । एकछिन दुवै हाँस्यौँ । हाम्रो हाँसोको भेउ अरुले पाएनन् ।
हाम्रा साथमा रहनु भएका सुर्खेत जर्बुटा निवासी चालक यमलाल आचार्य यस बाटोमा गाडी हँकाइका लागि निकै अनुभवी हुनुहुन्थ्यो । हामी ढुक्क थियौँ त्यसका लागि । करिब आधाघण्टाको बसाइ र खाजा खुवाइपछि बड्डीचौरबाट लक्षित गन्तव्यका लागि पश्चिमोउत्तर दिशातर्पm अघि बढ्यौँ ।
बड्डीचौर छाडेपछि हामी समथर मार्गलाई समथर भू–भागमै छाडेर पहाडी मार्गतिर उकालिन थाल्यौँ । रातो माटो । उकालो बाटो । फाट्टफुट्ट देखिने ग्रामीण परिवेशका आकर्षक घरहरु । आँगनमा केटाकेटी र गोठमा गाईबाख्रा सजिएका छुट्टै खालका मनोरम दृश्यहरु । मलाई यतिखेर दार्चुलाको गोकुलेश्वरबाट त्यसै जिल्लाको सदरमुकाम खलङ्गातर्पm अघि बढ्दा बाटामा भेटिएको सुन्दर नकतड गाउँको सम्झना आयो । यस गाउँलाई मैले दार्चुलाको त्यही सुन्दर गाउँसँग तुलना गरेँ ।
यो सुन्दर गाउँ कटिसकेपछि हामी कल्यान काँधबाट केही तेर्सिएका थियौँ । सेपिलो बाटो भएर पहाडी परिवेशमा कुदिरहेको यस क्षणमा हामीलाई चिसोको अनुभूति पनि पटकपटक भएको थियो । स्याउले, अमृसे, सेप्टी हुँदै हामी अगाडि बढेका थियौँ । पाताल खोलास्थित टहरे होटलहरुमा खचाखच भरिएर गाडीयात्रुहरुले पेटपूजा गरिरहेका दृश्यले मलाई निकै छोएको थियो । कतै कच्ची कतै पक्की सडकमा दौडिरहँदा यस्ता मन छुने अनुभूति बटुल्ने अवसर पर्याप्त पाएको थिएँ मैले ।
दिनको पौने एक बजे बिहानको खाना खाएर हामी डुङ्गेश्वरबाट अगाडि बढ्यौँ । हाम्रो गन्तव्यको पहिलो र मुख्य बिन्दु दुल्लु थियो । त्यसपछि पञ्चकोशी कहलिएका पादुका, धुलेश्वर, शिरस्थान, नाभिस्थान, कोटिला आदि धार्मिक गढहरु स्पर्श गर्ने योजना हामीले हाम्रा मनरुपी झोलामा बोकेका थियौँ ।
तल्लो डुङ्गेश्वरको पुल तरेपछि कर्णाली राजमार्गबाट हामी फेरि दायाँ उत्तरतर्पm मोडियौँ अर्को उकालोतिर । यस मोडाइ सँगसँगै बेहुलाको हात परेकी बेहुलीभैmँ कर्णालीको सुन्दर परिदृश्य हाम्रा आँखाबाट एकाएक ओझेल परे । दुल्लुको सुन्दर सपना मनमा साँचेर धूले सडक पछ्याउँदै हामी निरन्तर नाउले कटुवाल गाविसको उकालो चढ्न थाल्यौँ । पूर्वतिर फर्किएको भिरालो जमिनको पारिलो घाम आपैmँमा निकै आनन्ददायी थियो । तर कच्ची सडक । धूलाले हामीलाई निकै पछ्यायो ।
‘धूलेश्वरको यात्रा, दिनभरि धूलैधूलो ।’ हामीले समय कटनीको मसला अलिकति ठट्टा पनि पस्कियौँ । कहिले धूलो अगाडि कहिले हामी अगाडि । यस्तै भइरह्यो उकालोभरि । तर ती धूलाहरु शहर बजारका जस्ता दुर्गन्धित थिएनन् । थियो त केवल देशको माटोको खाँटी सुवास र सुगन्ध मात्र ।
धूलोसँगको प्रतिस्पर्धामा रमाउँदै–रमाउँदै बारातडी पुग्दा हाम्रा अगाडि एउटा दोबाटो उभियो । दुवैतिर गाडीको बाटो । कता जाने कता ? सानो अलमल भयो । हामीलाई दुल्लु बजार हानिनु थियो । चालक यमलालजी दायाँ हानिन चाहनु हुन्थ्यो, पूर्णमानजी बायाँ । पूर्णमानजी मोटरबाटो नचल्दै केही वर्षअघि पैदल हिँडेको आधारमा आफ्नो अनुमान ठीक हुन सक्ने कुरा बताइरहनु भएको थियो भने यमलालजी चालकी चातुर्यताको आडमा आफ्ना तर्क अघि सार्दै हुनुहुन्थ्यो ।
फर्कनै परे फेरि फर्कौँला भन्दै हामीले पूर्णमानजीका पक्षमा मत हाल्यौँ । धुकचुक मेटाउन अलिक माथि पुगेर एकजना स्थानीयलाई सोध्यौँ पनि । हाम्रा दोधारका यी दुवै सडक दुल्लु पुग्ने रहेछन् । एउटा शान्ति बजार हुँदै र अर्को रिजु पोखरा हुँदै । आखिर पुग्ने एकै ठाउँ । यस घटनाले मलाई यतिखेर विभित्र धर्मावलम्बीहरुको याद दिलायो । सबैको लक्ष्य भगवानसँग सके साक्षात्कार र नसके सात्रिध्यता वा अप्ठ्यारामा सहयोगको अपेक्षा । तर आस्था र आराधनाको बाटो बेग्लाबेग्लै । दुल्लु बजार पुग्ने यी दुई बेग्लाबेग्लै बाटासँगको भेट र तिनको यथार्थताले मलाई यस्तै सम्झनाको महलमा ठड्यायो एकछिन् ।
उकालो चढ्दै गर्दा सडकका दायाँबायाँ खन्यौका थुपै्र रुख भेटिए । एकैछिन भए पनि मेरो मन आतङ्कित बन्यो । म नौ÷दस वर्षको हुँदा खन्यौका रुखमा चढेर गाईवस्तुका लागि डालेघाँस खसाल्दै गर्दा रुखको हाँगा भाँचिएर झन्डै आधा घण्टा जति रुखमै झुण्डिएको छु । आमा र ठूली भाउजूले बाँसको घारो ल्याएर हतारहतार मेरो उद्धार गर्नु भएथ्यो त्यतिखेर । त्यसरी उद्धार हुन नसकेको भए सायद यतिखेर यो जानकारी पस्किने अवसर मलाई नजुट्न पनि सक्थ्यो ।
यात्रा क्रममा सडकका दायाँबायाँ आँखा डुलाइरहँदा कतै झपक्क परेका हरिया जङ्गल देखिन्थे, कतै सुकेका खर शिरमा बोकेर उभिएका सुख्खा डाँडाहरु । म पहिलोलाई ब्युटी पार्लरबाट भरखर सजिएर निस्किएकी नवयौवनासँग तुलना गर्थेँ र पछिल्लोलाई दाह्री–कपाल पाकेका आपूmजस्तै अनुर्बर बूढापाकासँग । प्रकृतिको मिठास आफ्नै खालको हुन्छ । तुलना हुँदैन यसको अरुसँग । म बेलाबखत यसै गरी कल्पनामा डुब्थेँ, उत्रन्थेँ र भित्रभित्रै एक किसिमले आपैmँमा रमाउँथेँ पनि ।
नाउले कटुवाल कटेपछि डाँडामा टुप्लुक्क आइपुग्यो हेर्दै चिटिक्क परेको दुल्लु गाविसको रमणीय शान्ति बजार । घडी हेरेँ । दिनको सबादुई बजेको छ । डाँडाको मध्य भागमा सडक । दायाँबायाँ ठाउँ सुहाउँदो रमणीय ग्रामीण बजार । पहाडको अमृत मकै । बजारभित्र कसैका घरमा मकै भुटिँदै थियो । आँखाले चाल नपाए पनि नाकले सुराकी गरिहाल्यो । स्वच्छ वातावरणको सङ्केत । बास्नाले पूरै बजार छाएको छ । हामी गाडीमा छौँ ।
शान्ति बजार । अहा ! पूरै वातावरणमा छाएको छ भुटेका मकैको बास्ना । बास्नै मात्र पनि क्या मीठो !!
‘ओर्लेर चिया पिउने कि ?’ प्रस्ताव राखेँ मैले ।
प्रस्ताव बहुमतले ठाडै अस्वीकृत ग¥यो । सहयात्रीहरुको त्यस्तो अस्वीकृति बेठीक पनि थिएन । ठीकै थियो । किनकि, दिन ओरालोतिर उन्मुख थियो । गन्तव्य अझ निकै बाँकी । ‘ओरालो लागेको घाम र पखाला लागेको बूढो’ धेरैबेरका लागि हुत्रन् भनेर मान्छेहरु आहान हाल्छन् । यतिखेरको समय यसै आहानसँग मिल्दोजुल्दो छ । त्यसमाथि हामी लोकतन्त्रमा विश्वास राख्ने मान्छे । लोकतन्त्र हाम्रो गहना । र त, त्यस अस्वीकृतिलाई मैले सहज रुपमा लिएँ, बहुमतको कदर गर्दै । मेरो भित्री रहर पनि चिया पिउनेमा भन्दा संयोगले आइपुगेका बेला पैतालाले शान्ति बजारको माटो स्पर्श गर्नेमा थियो । जुरेन ।
‘उः हेर त सानू, स्कूलबस जस्तो छ ।’
मन्दिप हाम्रा अगाडि धूलो उडाउँदै विद्यार्थी बोकेर दौडिरहेको ट्र्याक्टरतिर औँला ठड्याउँदै भाइ मनोज्ञसँग हँस्यौली ठट्टा गर्छन् । सबैको नजर त्यतै ठोकिन्छ । सबै हाँस्छन् । साथ दिन्छु म पनि । अनि मनमनै सोच्छु,— हाम्रा लागि पो यो ट्र्याक्टर हो त, तिनका लागि त यो नेताप्रिय प्राडोभन्दा पनि प्यारो छ । अमूल्य छ । ट्र्याक्टरमा सवार यिनै विद्यार्थीमध्ये कुनै भोलि यसै मुलुकका राष्ट्रपति हुन सक्छन् । प्रधानमन्त्री वा राष्ट्रका अन्य यस्तै सम्मानित व्यक्तित्व हुन सक्छन् । सम्भावनै सम्भावना बोकेका राष्ट्रका निधि हुन् यी ।
मान्छेका दृष्टिबाट छलिएर बोटमै अल्झिएका सुन्तलाका दानाले हामीलाई शान्तिबजार कटेदेखि नै आँखा झिम्क्याइरहेका थिए । दुल्लुका सुन्तलाका विषयमा धेरै सुनेका भए पनि हामीले त्यसको ठूलो परवाह गरेनौँ । र त, दिनको तीन नबज्दै दैलेखको मात्र नभएर नेपालकै प्रसिद्ध ऐतिहासिक स्थान दुल्लु पुग्छौँ र पारिलो घाममा गाडीबाट खुत्रुक्क ओर्लन्छौँ ।
निकै रमणीय छ दुल्लु । कुनै बेला जिल्लाको सदरमुकाम पनि रहेको ठाउँ । बुझ्दा,— दुल्लुवासीले चालै नपाई रातारात पाइला सारेछ यसले अहिलेको सदरमुकाम दैलेख बजारतिर ।
ओर्लँदाओर्लँदै महेन्द्रजीले मेरा अगाडि क्यामेरा तेस्र्याउनु भयो । राम्रा फोटाहरु क्यामेरामा कैद गर्दा उहाँ अघिपछि पनि मलाई देखाउने गर्नु हुन्छ । नियालेँ । पाकेका सुन्तलाको बोटका पृष्ठभूमिमा दैलेख बजार अटाएको दृश्य । अहा ! क्या राम्रो । ठीक समयमा ठीक दृश्य अँठ्याउन सकेकोमा उहाँ खुसी देखिनु हुन्थ्यो । नखुसिनु पनि किन ? वास्तवमा क्यामेराले कैद गरेको त्यो दृश्य निकै मनमोहक थियो । आकर्षक थियो ।
फोटो हेरिसकेपछि मैले दैलेख बजार नियाल्न खोजेँ । तर त्यो भन्दा अगाडि सय मिटर जति पूर्वतर्पm डिलमा ठडिइरहेको विद्यालय परिसरमा मेरा आँखा ठोकिन पुगे । चौरभरि किताबकापी राखेर धुसे्रफुसे्र हुँदै विद्यार्थीहरु खेल्दै थिए । एकाएक मेरा गोडा त्यसतर्पm डोरिए । विद्यालय लगायत वरपरको सबै क्षेत्र अवलोकन गरेँ । मलाई लाग्यो विद्यालय आसपास क्षेत्रको वातावरण त्यस्तो दयनीय हुनु हुँदैनथ्यो । मानवनिसृत फोहरले वातावरण दुर्गन्धित थियो । मनोज्ञलाई डो¥याउँदै लगेर विद्यालय र वरपरको क्षेत्र अवलोकन गराएँ । हाँस्दै आएको ऊ एकाएक मलिन देखियो । अनुहार खुम्चियो । मैले विद्यालयका विषयमा उसको प्रतिक्रिया जात्र चाहेँ । पुलुक्क मतिर हे¥यो । मुख बिगा¥यो । सायद ऊ आपूm अध्ययनरत राजधानी उपत्यकाको सेन्टजेभियर स्कूलसँग यसलाई दाँज्दै थियो । सानो बालक । मैले बढी कोट्ट्याउन चाहिन उसलाई ।
हामी उभिएभन्दा सिधै पश्चिमतिर उपचारको अभावले बिचल्लीमा परेको दुल्लु दरबारको भग्नावशेष रोइरहेथ्यो । अलिक पर माथि गाविस कार्यालयमा स्थानीयहरुको ठूलो भीड देखियो । केको भीड रहेछ भनी जात्रे उत्सुकता बढ्यो । इलाका प्रशासक गङ्गाराम गिरीसँग जिज्ञासा राखेँ । उनले आफ्नै इलाका प्रशासन कार्यालयका लागि जग्गा उपलब्ध गराउने विषयमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुबीच बैठक हुँदै गरेको जानकारी दिए । त्यसका लागि सबै सकारात्मक छन् भत्रे पनि बुझियो । त्यही रमाइलो जमघटमा मिसिएका रहेछन् शुभेच्छुक केही गाउँलेहरु पनि ।
गङ्गारामजीका अनुसार इलाका प्रशासन कार्यालयको सेवा र महत्व यस क्षेत्रका सबैले बुझेका छन् । कार्यालयलाई सहयोग गर्ने विषयमा सबैको एउटै मतो छ, विमति कसैको छैन । राजनीतिक दलहरुबीचको समझदारी पनि यतिखेर राम्रो छ । पहिला जस्तो डरलाग्दो होइन, भरलाग्दो छ अहिलेको समय ।
म मनमनै सोच्छु,— यही त हो सकारात्मकतातिरको अभियान । दीर्घकालीन मिलनको लक्षण । अनन्तसम्म निरन्तरता पाउनु पर्छ यसले । भीडन्त र प्रतिस्पर्धा त विकासका कुरामा हुनुपर्छ, लुटपाट र गैरकानुनी आर्जनका कुरामा होइन । म अलि बढी भावनामा पोखिन पुग्छु ।
मैले सुर्खेतका सुशील शर्माद्वारा लिखित ‘नपुरिने घाउहरु’ नामक कृति एक महिनाअघि मात्र आद्योपान्त पढेको थिएँ । कृतिमा मध्यपश्चिमाञ्चलको द्वन्द्वकालीन पीडाका घाउ र कारुणिक चित्र प्रतिनिधिमूलक रुपमै भए पनि शब्दमा उतारिएका छन् । ती घटना परिघटनाले समग्रमा मुलुकको प्रतिनिधित्व गर्छन् । चाहे त्यो विद्रोही वा राज्य कुनै पनि पक्षबाट भएको होस् । कृतिका हरफहरु सम्झँदा जतिखेर पनि जीउ जुरुङ्ग हुन्छ । म सोच्छु त्यतिखेरको द्वन्द्वकालीन समय र अहिलेको शान्तिउन्मुख क्षण । मनमनै दुवै कालको तुलना गर्छु । कहाँ द्वन्द्वकालीन मारकाटको समय, कहाँ शान्तिउन्मुख अहिलेको आशलाग्दो पवित्र क्षण । अहो ! कति फरक छ कति ?
हामी कीर्तिखम्ब भएतिर अगाडि बढ्दै गर्दा गाविसको बैठक सकेर झर्दै गरेका स्थानीयहरुसँग भेट हुन्छ । भक्ति रिजाल, प्रकाश शाह आदिसँग आपसी परिचय र कुराकानी हुन्छ । दुल्लुका गाविस सचिव डिल बहादुर थापा पनि टुप्लुक्क त्यहीँ भेटिन्छन् । उपलब्ध भएसम्म सबैसँग हामीले भलाकुसारी ग¥यौँ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदामा धनी छ दैलेख । तर ती लोप हुने अवस्थातिर गुज्रिरहेछन् । हामीले त्यस्तै सुनेका थियौँ । त्यस्तै पढेका थियौँ केही सार्वजनिक छापाहरुमा ।
अनि, कतै सुनेका र कतै पढेका पनि थियौँ,— दैलेखको दुल्लुमा वि.सं. १०३८ मा लेखिएको भनिएको नेपाली भाषाको पहिलो शिलास्तम्भ छ । यसलाई दामुपालको शिलास्तम्भ भनिन्छ । यसैको आडमा ठडिएको छ जुम्लाका राजा पृथिवी मल्लले तत्कालीन दुल्लु राज्यका जनताको सम्पूर्ण कर मिनाहा गरी लेखाएको भनिएको प्रसिद्ध कीर्तिस्तम्भ । दैलेखको दुल्लु आपैmँमा निकै प्रसिद्ध ठाउँ हो । स्थानका हिसाबले दुल्लुका विषयमा सायद धेरैले सुनेका छन् । तर यसको महत्ता र प्रसिद्धिका हिसाबले निकै कम । कर्णाली साम्राज्यका संस्थापक मानिएका राजा नागराजका जुम्ला र दुल्लुमा गरी दुई राजधानी थिए । ती मध्ये शीतकालीन राजधानी हो दुल्लु । यसैले पनि यो ठाउँ ऐतिहासिक छ । सांस्कृतिक महत्वका दृष्टिले पनि यो क्षेत्र कम छैन । पुरातात्विक हिसाबले त अझ अगाडि छ दैलेख र त्यसभित्रको दुल्लु ।
कीर्तिखम्ब, त्यससँगसँगै करिब–करिब वेवारिस अवस्थामा ठडिएको नेपाली भाषाको सबैभन्दा पुरानो भनिएको शिलालेखलाई हामी नाङ्गो आँखाले नजिकबाट नियाल्छौँ । यसमध्ये कीर्तिस्तम्भलाई केही स्याहार गरिएको छ र मसिना तारबारभित्र कैद गरिएको छ । यो स्याहार पनि दुई वर्ष जतिअघि मात्र गरिएको हो । तर दामुपालको शिलास्तम्भ अझ नाङ्गै छ र यो यदाकदा हँसिया÷आँसी धार लगाउने केवल ढुङ्गो बनेको छ यतिखेर ।
यो देख्दा शृङ्गारिक मनोभाव र प्रसङ्गमा लेखिएको भए पनि मोतिराम भट्टको पिकदूत काव्यमा वर्णित यो हरफको याद आयो मलाई यतिखेर —
“माल पाईकन हुत्र चाल नभई के गर्नू यस्तै परी ।”
दुल्लु दरबारको भग्नावशेषमा पनि हाम्रा आँखा गाडिन्छन् यसै गरी । यी सबै विषयमा हाम्रो चासो रहन्छ भेटिएका स्थानीयहरुसँग । तर चित्त बुझ्दो जवाफ उपस्थित कसैका पोल्टामा फेला पार्न सत्तैmनौँ । त्यस्ता जानकारी पोल्टामा मौज्दात हुनेसँग हाम्रो भेट हुँदैन । अथवा, त्यस्ता जानकारी राख्नेहरुसम्म हामी पुग्न सकेनौँ । अहिलेको संयोग यस्तै प¥यो ।
दुल्लु मेरा मनमा नाचेको दसकौँ भइसकेथ्यो । सुर्खेतको अस्थायी बसाइ सुरु भएपछि यसले अझ बढी ताकेता गर्न थाल्यो मलाई । दुल्लु बजार बीचको प्रसिद्ध कीर्तिखम्ब, त्यसकै नजिक स्याहार–संभारको आग्रह बोकेर अलमलिइरहेको नेपालकै पुरानो भनिएको शिलालेख र ती सबैका छोटो दूरीका सेरोफेरोमा परापूर्वकालदेखि बलिरहेको अनेकौँ ज्वालाका विषयमा सुनिएका हल्काफुल्का जानकारीले मलाई यस क्षेत्रको यात्राका लागि अझ बढी झक्झकाइरहेथ्यो । अनि, यसै बीचमा पञ्चकोशीका विषयमा पनि सुत्र थालिएपछि म अभैm छट्पटाएको थिएँ । सुर्खेतको अस्थायी बसाइमै रमाइरहेका महेन्द्रजीको सोच पनि यस्तै बुझेको थिएँ मैले । र त, सबैको सल्लाहले एउटै अविस्मरणीय यात्रा जुरेको थियो हाम्रा लागि ।
बिसाइएका छैनौँ हामी । उत्तिकै गतिशील छ हाम्रो यात्रा । दुल्लु बजारबाट थोरै अगाडि बढेर कच्ची सडक पछ्याउँदै पश्चिम बायाँतर्पm ओरालिन्छौँ हामी । हिन्दू मात्रका आराध्य पवित्र पादुकास्थानलाई लक्ष्य बनाएर । भरखर स्कूल छुटेको छ । विद्यार्थीहरु दौडिरहेछन् सडकभरि । गाडी रोक्ने सङ्केत गर्छन्, हामी रोक्तैनौँ । धेरै पाखा लाग्छन् र बाँकी केही अगाडि दौडिन्छन् । घुम्ती कटेर अगाडि पुग्दा छिनमै ढुङ्गा थुपारिसकिएको हुन्छ बीच सडकमा । हामी ओर्लिन्छौँ र हटाउँछौँ ती ढुङ्गा । हामी मुलुक र मुलुक हाँक्नेहरु सम्झन्छौँ । अनि, ‘हुने बिरुवाको चिल्लो पात’ भनेभैmँ भविष्यमा मुलुक हाँक्न सक्ने प्रचुर क्षमता विद्यमान रहेको महसुस गर्छौँ सडक अवरोधक ती विद्यार्थीहरुमा र निरन्तर अगाडि बढ्छौँ । तर, मनमा एउटा त्रास जन्मन्छ, कतै तिनले माथिबाट ढुङ्गा वर्षाउने पो हुन् कि ?
केहीछिनको ओरालो झरेपछि मुहानतिर भैरवी नामले पुकारिने र यतातिर पादुका भनिने खोला देखिन्छ र वारिपट्टि त्यसैको किनारमा भग्नावशेष जस्ता देखिने केही हिन्दु मन्दिर र तिनैका सहायक संरचनाहरु । खोला किनारैको मुख्य मन्दिरतिर ओर्लँदै गर्दा माटाका ढिस्का जस्ता बाक्लै थुम्काथुम्की भेटिन्छन् । सकिनसकी पाइला गनेर बिनाजुत्ता सँगै ओरालिइरहनु भएकी निर्मला न्यौपाने ती थुम्काका विषयमा जिज्ञासा राख्नुहुन्छ मसँग । तिनको अवलोकनले म आपैmँ पनि चकित परिरहेको हुन्छु । हेर्दा चिहान जस्तो लाग्छ,— मैले भनेँ । मैले देखेका कतिपय पहाडतिर मृत्युपछि डाँडामा सद्गत गर्ने संस्कार हुनेहरुले यस्तै गरी चिहान बनाएका हुन्छन् । खोइ ! यहाँ त के हो के ? हेर्दा चिहान जस्तै छ । जिज्ञासा बढ्छ । जिज्ञासापछि बुझ्यौँ,— ती थुम्काथुम्कीहरु साँच्चै नै मृत जोगीहरुका समाधि रहेछन् । त्यस्तो ठाउँमा पुग्दा म यदाकदा सानोमा निकै डराउँथे । त्यसैले हो वा थाहा छैन, तर त्यही निहुँमा म बिरामी पनि हुन्थेँ अरे । आज म त्यस्तो डराएको त छैन तर पनि जिउ भने कताकता जुरुङ्ग भइरहेछ । मन केही गहु्रङ्गो भएको अनुभूतितिर होमिइरहेछ ।
पौष शुक्ल पूणर््िामादेखि माघ शुक्ल पूणर््िामासम्म मेरो घरमा श्रीस्वस्थानी परमेश्वरीको कथा वाचन हुन्छ । कथा वाचनमा कहिले छोरीहरु प्रभा र प्रतिभा त कहिले छोरो प्रदीप सहभागी हुन्छन् । कहिले मेरी सहधर्मिणी सीताले त्यस वाचनमा सघाउँछिन् त कहिले म आपैmँ पनि अघि सर्छु त्यसका लागि । तर वाचन जस्ले गरे पनि मेरी सहधर्मिणी सीता बेलाबेलामा हात जोरेर निकै श्रद्धा जनाउँछिन् श्रीस्वस्थानी परमेश्वरीप्रति । अझ सतीदेवीका अङ्ग पतनका कथा सुरु भएपछि उनी हात जोडेर बस्छिन् । त्यहाँ अङ्गपतन र पीठ उत्पत्तिका अनेकौँ मनोहारी कथा छन् । यी मध्ये कुनै एकमा मात्र पुग्दा पनि जो कोही मानवले मोक्ष पाउने विश्वासको भारी ठड्याइएको छ त्यहाँ । आज म तिनै सतिदेवीको पाउ पतन भएको पवित्र भूमि भनी मानिँदै आइएको पादुकास्थानमा आइपुगेको छु । तर मेरा साथमा यतिखेर यहाँ उपस्थित हुन सकेकी छैनन् मेरी सहधर्मिणी सीता । उनी केही दिनपछि सुरु हुने त्यही श्रीस्वस्थानी परमेश्वरीको कथा वाचनको दिन पर्खिरहेकीछिन् काठमाडौँको एउटा अँध्यारो कोठामा बसेर । संयोग मिलेन उनलाई यतिखेर यहाँ घुमाउन ल्याउने । यहाँ आउँदा केही पुण्य मिलेको छ भने म त्यो आपूmमा मात्र भण्डार गर्न चाहत्र । र, उनलाई यतिखेर मनभरि सम्झँदै र मुटुभरि सजाउँदै त्यो पुण्य बाँड्ने प्रतिवद्धता गर्छु ।
संरक्षणको अभावमा खट्किरहेको पादुकास्थान नजरभरि डुलाउँछौँ हामी । खोलाले तात्रै लागेको मन्दिरलाई हेर्छौँ मात्र, केही गर्न सक्तैनौँ । अनि पादुका खोला पारिपट्टिको रमणीय जम्बुकाँध गाविस र त्यसका उर्बर फाँटलाई नियाल्दै हामी फेरि अघिकै बाटो दोहो¥याएर बडलम्जी गाविसस्थित धुलेश्वर पुग्छौँ झमक्क साँझ पर्दा । त्यहाँ उपस्थित धुलेश्वरका आसेपासेहरुले केही समयअघि त्यहाँको शिव मूर्ति हराएको घटना सुनाए । देवदेवीका मन्दिरमा रहेका यस्ता बहुमूल्य वस्तुहरु हराउनु हाम्रा लागि सामान्यभैmँ भइसकेको छ । हामीले ए ! भन्यौँ र अगाडि बढ्यौँ । अगाडि बढ्नु के थियो, हामी पहाडी राजमार्ग छुन दौडने सडक भेट्टाउन ओरालियौँ ।
धुलेश्वरको फेदीछेउमै थियो, गङ्गाराम गिरीको घर । उनले दिउसै पनि आतिथ्य सत्कार गरेर हामीलाई ठूलो गुन लगाइसकेका थिए । अहिले पनि चिया नपिई जान नपाइने उद्घोष गरेर बाटो ढुकिरहेछन् । पुसको मध्य, त्यो पनि झम्केसाँझको चिसो । हामीले उनको आतिथ्यलाई नकार्न सकेनौँ र सन्यासी बत्र पुग्यौँ, चियाको पाहुना बनेर ।
सडकले गाडीलाई बत्ती बाल्न आदेश दिइसकेको थियो । हामी रात्रिवासका लागि दैलेख सदरमुकामतिर सोझिन थाल्यौँ । न हामी लाटोकोसेरा थियौँ, न चमेरा । त्यसैले रातको समय हाम्रा लागि बिरानो बन्यो । दायाँबायाँ नियाल्न सकिएन । नियालेनौँ । थकित भएर पनि गफिँदै अगाडि बढ्यौँ । सडकमा जमेको पानीले झन्डै रोकेथ्यो एक ठाउँ । मुस्किलले पार पाइयो । उसो त हामीले रातको समय उनलाई पनि राहत हुने र हामीलाई पनि यस्तै अप्ठ्यारामा सहयोग हुने सम्झेर दुल्लु इलाका प्रशासनमा नागरिकताको प्रमाणपत्र बनाउन गएका चारजना युवालाई दैलेख बजारसम्म पु¥याइदिन गाडीमा बोकेका थियौँ । ठाउँठाउँमा काम लाग्यो ।
कतै गाडी फस्ला भत्रे डर, कतै के । आजको लक्ष्य पूरा भइसकेको थियो हाम्रो । भोलि पञ्चकोशी मध्येकै शिरस्थान (स्थानीय बोलीचालीमा बढी मात्रामा श्रीस्थान भनिने), नाभिस्थान र कोटिला जानु बाँकी नै थियो । हामी धुलेश्वरबाट हानिएर रावतकोट, छामगाड, जहारकोट हुँदै रातको आठ बजे दैलेख बजार भित्रियौँ । हाम्रो बासको व्यवस्था होटल पञ्चकोशीमा थियो । संयोगले मिलेको थियो पञ्चकोशीको यात्रा र पञ्चकोशीमै बास । होटल सञ्चालक तिलक न्यौपाने लामो समयदेखिका सरकारी जागिरदार पनि रहेछन् । उनीसँग विविध प्रसङ्ग र सन्दर्भका कुरा भए । व्यापारिक कला हो वा के हो ? उनी खाना खाउन्जेल पनि हाम्रै साथमा बसेर गफिइरहे । बिल बनाउने बेला मात्र यताउति कतै हराए ।
रात नपरेको भए हाम्रो यात्रा निरन्तर हुन्थ्यो । तर, दिनको उज्यालो भूमिगत भएपछि त्यसलाई साथ दिँदै हामी पनि भूमिगत भएका थियौँ, पञ्चकोशीभित्र । पुस १३ गतेको बिहान हाम्रा पक्षमा भयो । उज्यालो हुनेबित्तिकै महेन्द्रजी र म एकपटक बजार चहार्न गयौँ, आजको यात्राका लागि अरुको तयारी पूरा नहुन्जेल । सबैको तयारीपछि बजारबाट अलिक पर विलासपुरस्थित भैरवस्थान जाने निधोमा पुग्यौँ । ढुङ्गा र सिमेन्टले त्यहाँ पनि खर्चिने मौका पाएछन् । तीनसय छब्बीसवटा,— मिलाएर बनाएको भए झन्डै दोब्बर हुने, खुटकिला चढेर मन्दिर पुग्यौँ र त्यसैगरी फेरि खुट्किला गन्दै ओर्लियौँ । तीन सय छब्बीस नै हो मैले भनेँ । महेन्द्रजीले तीन सय सत्ताईस भत्रु भयो । मैले कुरा बुभेmँ । जमिनको भाग पनि गन्दा ठ्याक्कै तीन सय सत्ताईस ।
अनि मैले सोचेँ,— हो त ! यो हाम्रो विशेषता भनूँ वा कमजोरी । जमिन बिर्सनु भनेको माटो बिर्सनु हो । देश बिर्सनु हो । जन्मभूमि बिर्सनु हो । त्यत्तिकै त्यसको महत्व र मूल्य बिर्सनु हो । जमिन बिर्सेकै कारण त आज हामी यो अवस्थामा गुज्रिरहेछौँ । सबैले बेलैमा जमिन सम्झिदिएको भए आज यो मुलुक कहाँबाट कहाँ पुगिसक्थ्यो ? यो सम्झाइले अनायास केही क्षण म आपैmँमा हराएँ ।
हामी हतारिएका थियौँ आजको यात्राका लागि । शिरस्थान, नाभिस्थान र कोटिला हाम्रा प्रतीक्षामा थिए भने हामी तिनका । गन्तव्यतिर अगाडि बढ्यौँ झन्डै बिहानको नौ बजेतिर । यात्रामार्ग ओरालो थियो । सडक कच्ची र धूलोले सजिसजाउ । तीर्थस्थान जाँदै गर्दा पनि बिहानै पेट देवतालाई घुस खुवाइसकेका थियौँ हामीले,— भोक लुकाउनका लागि । र त, कुनै चिन्ता थिएन त्यसको ।
छामगाडमा मिसिएर दोभान बत्रु केही अघि नै नाभिखोलाका किनारछेउ रमणीय शिरस्थान क्षेत्रमा अवस्थित ज्वालामाईको मन्दिर भेटियो । उत्सुकतापूर्वक अखण्ड ज्वाला नियाल्यौँ हामीले । कसैले पैसा चढाए कसैले मन । खोलापारि पनि त्यसै गरी संरक्षण गरिराखिएको ज्वाला रहेछ । त्यहाँ पुग्न पनि हामी चुकेनौँ । त्यस क्षेत्रको यात्रामा जानुअघि कसैले हामीलाई भनेका थिए,— त्यहाँ त खोलाको पानीमा पनि आगो बल्छ । हामीलाई अचम्म लागेको थियो त्यो सुन्दा । तर पनि वास्तविकता त्यसको केही छेउछाउ भने रहेछ । खोलोमा सोभैm आगो बल्ने कुरा मिथ्या । खोलाभित्र स–साना फोका परेर पानीलाई छिचोल्दै माथितिर आइरहेको भागलाई हरिया पातका सोलीभित्र कैद गरेर आगो बाल्दा भने मल्याकमिलिक बल्ने कुरा सत्य । हामीले त्यसको प्रयोग पनि ग¥यौँ तर बडो मुस्किलका साथ । हाम्रो यो प्रयास देखेर स्थानीयहरु भन्दै थिए,— खोलाको पानी अलिक सुकेपछि फागुन÷चैततिर यसो गर्दा सजिलैसँग बाल्न सकिन्छ । अहिले अलिक गाह्रो पर्छ । पत्यायौँ हामीले ।
यस किसिमको दृश्यावलोकन र परीक्षणपछि हामी नाभिस्थानतिर सोझियौँ । गाडी छामगाड र नाभि खोलाको दोभानमै छाडियो । वर्षा याममा गएका सामान्य पहिरा पनि सफा नगरिएका कारण हामी आपैmँ गाडी बनेर अगाडियौँ । पच्चीसतीस मिनेटको पैदल बाटो । तेर्सो हुनाले सजिलो । निकै रमणीय ठाउँ रहेछ नाभिस्थान । अनि त्यहाँ अखण्ड रुपमा बलिरहेको ज्वाला र विशाल आकारमा सजिएर ठडिइरहेको समीको रुखले त्यहाँको शोभा अभैm बढाएको देखिन्थ्यो । हामीले त्यस क्षेत्रको महिमा र महत्वका विषयमा त्यहीँ पुजारीका रुपमा भेटिएका एकजना कनफट्टा जोगीसँग सोध्यौँ । उनी भरखरै मात्र आपूm स्वर्गद्वारीबाट सरुवा भइआएको र यहाँको विषयमा खासै थाहा नभएको बताउँदै थिए । मन खुम्चियो । के सोच्लान् श्रद्धालुहरु ? सन्देश के लैजालान् ? कतिञ्जेल टिक्छ यसरी ?
हामीले यात्रा गरेका यी शिरस्थान र नाभिस्थानमा पनि पादुकामा भैmँ सतिदेवीका एकएक अङ्ग पतन भएको विश्वास गरिँदोरहेछ । शिरस्थानमा शिर र नाभिस्थानमा नाभि । यी दुवै स्थानमा म पूर्ववत् अवस्थामा पुगेँ पादुकामा भैmँ । कल्पना गरेँ,— भगवान यदि तिमी साँच्चै छौ भने सबैको रक्षा गर ।
मनोज्ञ अघिदेखि नै गोडा दुखेर रुञ्चे अनुहारमा प्रस्तुत भइरहेथ्यो । टोलीको सबैभन्दा सानु सदस्य । सबैले माया गर्थे र जिस्क्याउँथे पनि उत्तिकै । बिचरा ! उसलाई कति सकस भइरहेको थियो होला ? तैपनि जिस्क्याउने र गफिने क्रम रोकिएन । जेनतेन उसले मोटर भेट्टायो कसैका काँधमा नबोकिईकन । हामी छामगाडको तीरैतीर कोटिलातिर हानियौँ । खोलाका किनारमै कुटी बनाएर पाखा लगाइएका महादेवको दर्शनपछि हामी चुप्रामा तयार हुँदै गरेको भोजन,— जो सबैको आधारभूत आवश्यकताको वस्तु थियो, का लागि हतारिएर अगाडि बढ्यौँ ।
मैले मन्दिपलाई सोधेँ,— निन्द्रा लाग्यो कि क्या हो ?
‘नाइँ ।’
भोक कत्तिको लागेको छ ?
‘हल्का–हल्का ।’
यी जवाफ दिइरहँदा मन्दिप मुसुमुसु हाँसिरहेथ्यो । उसलाई यी शब्दले निकै छोएको छ । हुन त यी शब्दहरुको प्रयोग बढी मात्रामा सुनिरहँदा हामी पनि अचम्मको स्थितिमा छौँ । यस क्षेत्रमा होइन, छैन, देखिन, खाइन, पढिन, लेखिन आदि नकारात्मक उत्तरका लागि सर्वत्र ‘नाइँ’ शब्दको प्रयोग हुने गर्दोरहेछ । यसै गरी अलिअलि वा थोरथोरै भत्रे बानी परेका हाम्रा लागि यसको पर्यायका रुपमा यहाँ प्रयुक्त हुने ‘हल्का—हल्का’ शब्दले पनि त्यत्तिकै अचम्म पारेको छ मन्दिपलाई । त्यसो त यो प्रयोगले स्थानीय बाहेकका अरु हामीलाई पनि अचम्ममा नपारेको होइन । मैले पछिसम्म पनि मन्दिपलाई यिनै ‘नाइँ’ ‘हल्का–हल्का’ उत्तर आउने अनेकौँ प्रश्न गरिरहेँ । जुन प्रश्न गराइले ऊ अत्यधिक खुसी हुन्थ्यो, रमाउँथ्यो र मुसुमुसु हाँस्थ्यो । अनि, जवाफ दिन्थ्यो —
‘नाइ ।’
‘हल्का–हल्का ।’
मौसम अति नै अनुकूल थियो दुवै दिन । हामी यात्रुलाई नै सोधेर व्यवस्था गरिए जस्तो । दुई दिने यात्राले बिट मार्ने तरखर गर्दै थियो । म गाडीभित्र सुस्ताउन थालेँ । दिनको दुई बजाउने तरखरमा थियो घडी । यतिखेर एउटा कुरा के ढाँट्नु हुत्र भने भूगोल, त्यसभित्रका मान्छे, तिनको भाषा, धर्म, संस्कृति, रहनसहन, रीतिरिवाज, पेशा, व्यवसाय र सडक यातायात लगायतका विकास निर्माण, मठमन्दिर, हावापानी आदिका विषयमा नजिकबाट नियाल्न सके अलिअलि (हल्का–हल्का) भए पनि देश बुझिन्छ भत्रे लाग्छ मलाई । त्यसरी नियाल्नै पर्ने मध्येका ठाउँ हुन् यी दुल्लु र पञ्चकोशी पनि । तर स्थिति अनुकूलताभन्दा प्रतिकूलतातर्पm अभिमुख छन् । क्रमशः लोप हुने तरखरमा छन् भनिन्छ यहाँका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरु । लोप हुने क्रममा रहेका यी बहुमूल्य सम्पदा र अन्य पुरातात्विक महत्ताका विषयमा सम्बन्धित विज्ञ र सरोकारवाला निकायहरुबाट यथासमय खोजखबरी हुने नै छ । ढिलो वा चाँडो आँटेको पुग्छ भत्रे विश्वास मैले आपूmमा हरहमेसा पालेको हुन्छु । यही विश्वासका कारण यी दुल्लु र पञ्चकोशी नजिकबाट नियाल्ने मेरो अभीष्ट पुग्यो पनि । त्यसैले त मान्छेहरु भत्रे गर्छन्,— सकारात्मक सोच सबैका लागि, सधैँका लागि आवश्यक हुन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 बैशाख, 2069

लेखकका अन्य रचनाहरु