मेरा घरका गमलामा केही थरिका फूल फुलेका छन् र केही नयाँ बिरुवाहरू रोपिएका पनि छन् । गमलामा फूल रोप्ने मेरो सोख छैन । त्यसले मेरो दरिद्र जीवनमा कुनै फाइदा पु¥याउँदैन र त्यसलाई चाकर गरेर मलाई कुनै लाभ छैन भन्ने मेरो आफ्नो मान्यता छ । यस्ता फूलहरू फुलाउनु र यसमा खर्च गर्नुमा मेरो सोख उति नभए पनि यस्ता बिरुवा रोप्ने र हुर्काउने सौख मेरी सहधर्मिणीमा उहिल्यैदेखि आएको देखेको छु
चिरञ्जीवी दाहाल मेरा लागि भौतिक रुपमा परिचित थिएनन् । मलाई माया गर्ने आदरणीय ब्यक्तित्व प्रा. कपिल अज्ञातले एक दिन फोन गर्नु भयो, “सञ्जीव जी, तपाईँको ’छोटु’ जस्तै सारै पीडादायी र यथार्थ आत्मकथा दुई वर्ष अगाडि नै प्रकाशित भएको छ, पढ्नुहोला ।” मैले पनि सुनेको छु सर तर पढेको छैन, अवश्य पढ्ने छु भनेँ
विशेष गरी बालसाहित्यमा कलम चलाउने स्रष्टा चैनपुर, सङ्खुवासभाली विनोद न्यौपानेको हालको बसोबास लन्डन (बेलायत) हो । २०५८ सालदेखि नै बालसाहित्य सिर्जनाबाट साहित्ययात्रा थाल्नुभएका न्यौपानेका पछिल्लो कृति प्रस्तुत श्रद्धा मुक्तक सङग्रहसमेत जम्मा एघारवटा कृति प्रकाशन भइसकेका छन् । तीमध्ये दुईवटा चाहिँ गैह्र साहित्यिक र तीमध्ये एउटा अङ्ग्रेजीमा लेखिएको छ
लेखक-अन्वेषक श्री टी. बी. चन्द्र सुब्बाले मानव जातीय इतिहास लेखनमा एउटा अथक यात्रा पार गरी यहाँसम्म आइपुग्नु भएको छ । किनारा प्रकाशन, गान्तोकको सौजन्यतामा विश्वमा मानव सभ्यताः जातीय बृहत् इतिहासः संस्कृति र परम्परा प्रकाशनमा आएको छ । लगभग २३०० पृष्ठ ओगटेको प्रस्तुत भीमकाय शोधपरक ग्रन्थलाई जम्मा नौवटा खण्डहरूमा वर्गीकरण गरी पूर्ण गरिएको छ भने पुस्तकको मूल्य भारू १७,००० हजार रहेको छ
नेपाली साहित्यमा यस्ता लेखकहरू पनि छन् जो निस्वार्थ रूपमा लेखिरहन्छन्, अध्ययन गरिरहन्छन्, संस्थातिर धाइरहन्छन्। आफ्नो व्यक्तिगत स्वार्थभन्दा अघि उठेर जाति र भाषाको सेवामा संलग्न रह्छन्। कालिम्पोङका गौरी नेम्बाङ पनि यस्तै व्यक्ति हुन्। उनी साहित्य लेखिरहन्छन्, पुस्तकहरू प्रकाशित गरिरहन्छन्
पाँच वर्षको उमेरमा पोखरा, रामबजारको कालिका माध्यमिक विद्यालय भर्ना भएका दिनदेखि मैले झोला बोक्न सुरु गरेको हुँ । विद्यालय भर्ना भएपनि सबै पुस्तक र कापीको व्यवस्था नहुञ्जेल सिसाकलम र एउटा कापीमात्र च्यापेर पनि केही दिन विद्यालय गएको थिएँ । विद्यालयमा शिक्षाआर्जन गरेर सकिए पनि उच्च शिक्षा हासिल गर्ने बेला विद्यालय पढ्दाताकाका जति नै किताब, कापी नहुने भएपनि झोला बोक्न चाहिँ छोडिएन