नेपाली आख्यानको विशिष्ट कृति : 'सकस' (कृती / समिक्षा)
जनताहरू पहिले शहरबाट गाउँ खेदिन्थे, अहिले गाउँबाट शहर खेदिरहेका छन्, यो श्रृङ्खला आज पनि त्यतिकै छ । फरक यति मात्र हो, पहिले एउटा दरवार थियो अहिले हजारौं दरवार बन्ने चेष्टा गरिरहेका छन् । दरवार कि तरवारका रवाफले नेपाली इतिहासमा जनताले धेरै सकस पाएका छन् । यस्तै इतिहासका जीवन्त कुरालाई आख्यानको रूपमा प्रस्तुत गरेका छन्, वरिष्ठ साहित्यकार जगदीश घिमिरेले ।
डायोस्पोरिक साहित्य अनि भारतीय स्रष्टाहरु (विचार)
२९ अक्टोबर २०१० मा भारतको सिक्किम राज्यमा खोलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)-को गान्तोक च्याप्टर भारतमा पहिलो अनेसास एकाई बन्न पुगेको छ| अनेसासले सदस्य स्रष्टाहरुको साहित्य रचनालाई डायोस्पोरिक साहित्य भनेर परिचय दिएको छ| तर डायोस्पोरिक साहित्यको जुन परिभाषा वर्तमानमा रहेको छ त्यसलाई भारतीय अनेसास सदस्यहरुले भने केही परिमार्जन गरेर हेर्नु पर्ने परिस्थिति आइपर्दछ| त्यसै विषयलाई स्पष्ट राख्न यो लेख प्रस्तुत छ| साहित्य सेवामा अन्योलतालाई पटक्कै स्थान दिइनु हुँदैन| यसोसले यस लेखले विचारेको तथ्यलाई डायोस्पोरिक संघारमा चिन्तनको निम्ति राखिएको छ|
राजनीतिका क, ख (लघुकथा)
‘क’ र‘ख’ दुईवटा शरीर, एउटा आत्मा थिए । देश र जनताको स्वतन्त्रता, प्रजातन्त्र एवम् मानवअधिकारको लडाइँमा दुवैले जीवनभर सङ्घर्ष गरे । ‘ख’ ले वक्तव्य निकाल्थे, पदमा बस्दथे, तर ‘क’ जुलुसमा हिँड्थे, जनता सङ्गठित गर्थे । ‘ख’ ले इशारा गर्थे, भाषण गर्थे, उद्घाटन–समापन गर्थे तर ‘क’ ले ‘ख’ हरूको सुरक्षा गर्थे, पर्चा टाँस्थे, प्रचार गर्थे, तानाशाहीसँग मुकाबिला गर्थे । ‘क’ सङ्घर्षमा विश्वास गर्थे, ‘ख’ समन्वयमा । ‘ख’ पदार्थभित्र बस्थे, ‘क’ चौडा छाती गराएर खुल्ला सडकमा हिँड्थे । ‘क’ लाई थाहा थियो – हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए ............तर ‘ख’ लाई थाहा थियो– रात रहे अग्राख पलाउँछ .....।