कवितासङ्ग्रह
"प्रथम पुरुष"
कवि: कृष्ण उपाध्याय
प्रकाशक: समकालीन साहित्य प्रतिष्ठान, बेलायत
डायास्पोरिक कथा संग्रह "समुद्र र सपना"
कथाकार: सञ्जु बजगाईं
प्रकाशक: रत्न पुस्तक भण्डार, काठमाण्डौं

समकालीन साहित्यिक रचना

महिला लेखन: समस्याको पहिचान (विचार)

१. विषयप्रवेश
समयका दृष्टिले वर्तमान विश्व एक्काईसौ“ शताब्दीमा प्रवेश गरिसकेको छ । एक्काईसौ“ शताब्दी भनेको विज्ञान र प्रविधिको विकास द्रुततर गतिमा दौडिरहेको समय हो । ज्ञानविज्ञानका हरेक क्षेत्रमा भइरहेको तीव्रतर विकासले आजको विश्व दिनानुदिन परिवर्तन भइरहेको छ । यसले हाम्रो जीवनशैली, संस्कार तथा मूल्य मान्यताहरूलाई समेत निरन्तर रूपमा परिवर्तन गर्दै नया“नया“ अवधारणाहरूको विकास गराइरहेको छ । वर्तमानमा जीवनका प्रत्येक पल प्रविधि नियन्त्रित हु“दै गइरहेका छन् । अझ विद्युतीय सञ्चार र सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व र अकल्पनीय क्रान्तिले विश्व क्रमशः भूमण्डलीकृत हु“दै गइरहेको छ । यसबाट एकातिर सम्पूर्ण मानवीय क्रियाकलापहरू सरल, सुगम तथा मनोरञ्जनात्मक हु“दैछन् भने अर्कातिर परिस्थिति उत्तिकै भयावह पनि बन्दै गइरहेको छ । विश्वमा व्याप्त यसप्रकारका परिवर्तनले नेपाली समाज पनि अछुतो रहन सक्दैन र रहनु पनि हु“दैन ।

वर्ण विन्यास छलफल: अ‍ेक दृष्टि (विचार)

यता निकै दिनदेखि नेपाली वर्ण विन्यास वारे निकै छलफल भअ‍ेका छन् । केही दिन पहिले ललित पुरमा केही साहित्यकार भेला भअ‍ेर अ‍ेउटा घोषणा पत्र पनि निकाले । पहिले यो घोषणा पत्रको नेतामा कुनै भाषा विषयको विज्ञ देखा नपरेको स्थिति थियो, पछि पो त्यसमा वाल कृष्ण पोखरेल नेता रहेको थाहा भयो । तारा नाथ शर्माको पनि सहमतिले ! आधा मात्र समर्थन छ भन्ने डा. टङ्क न्यौपानेको पनि समर्थन रे ! यो घोषणा पत्रको नेता मध्येकै कमल दीक्षित पनि अ‍ेउटा हुनु हुन्छ भन्ने हल्ला आयो । जे जसो भअ‍े पनि साहित्यकार मात्र नभअ‍ेर केही भाषाविद् पनि घोषणा पत्रको पछाडि दरो सँग लागेका पाइयो । स्वाभाविक छ – पहिले सृष्टि अनि दृष्टि हुने हुनाले घोषणा पत्रका पक्ष र विपक्षमा मतहरु छापिन थाले । केही सर्जक, केही अनुसन्धाताले पनि देख्ता सजिलो तर अत्यन्त प्राविधिक भाषिक क्षेत्रको वर्णविन्यास वारे सजिलै छलफल गरे । यो घोषणा पत्रमा विचार व्यक्त गरिंंदा मेरो अ‍ेउटा जिज्ञासा भने अझै रहि रह्यो, शान्त भअ‍ेन । विचार व्यक्त गर्नेहरु मध्ये धेरैले सूर्य विक्रम ज्ञवालीदेखि महानन्द हुँदै तारा नाथ शर्मा सम्म र २०३४ पछि अनेकौं गोष्ठीमा भअ‍ेका छलफलहरु विगतका रूपमा कति महत्व पूर्ण थिअ‍े भन्ने कुरालाई त्यति जोड दिइअ‍ेको पाइअ‍ेन । परम्परालाई पनि राम्रो सँग व्याख्या विश्लेषण गरिअ‍ेको पाइअ‍ेन । छलफलमा आश्चर्य लाग्दो कुरो पनि पाइयो, त्यो के भने विचार पोखाइमा तर्क थोरै आक्रोश धेरै पोखिअ‍ेको पाइयो । यो आक्रोश पोखाइ वारे मेरो आफ्नै अ‍ेउटा अनुभव छ । त्यो यहाँ भन्नु सान्दर्भिक होला– ‘नञा शिक्षा लागे पछि नञा पाठ्यक्रम अनुसार पढाउने क्षमता ममा निकै न्यून रहेको हुनाले रहेछ, म विद्यार्थीले केही सोध्यो कि झनक्क रिसाउँथें । मोराशले पढाउँदा चाहिं विषयका दृष्टिले उनी सँग त्यति रिसाउँदैन थे ।’ घोषणा पत्रका समर्थकहरु मध्येका धेरैका लेखाइमा वढी आक्रोश रहनुको पछाडि पनि त्यही मेरो झैं अयोग्ताको प्रधानता त होइन ? वाल कृष्ण पोखरेल, तारा नाथ शर्मा जस्ता केही खाइवाहरुको सत्य तथ्य वुझ्न त उहाँहरुका भाषिक गतिविधि गहिरिअ‍ेर केलाअ‍ेर पढ्नेलाई मात्र छ्याङ्ग हुन्छ । ‘सव्द्यौली’ लेख्नेले ‘शव्द्यौली’, ‘सर्मा’ लेख्नेले ‘शर्मा’ लेख्न जोड गरे पछि उहाँहरुका दृष्टिकोणको भेउ पाउँन निकै कठिन देखिन्छ तापनि गहिरिअ‍ेर केलाअ‍ेर उहाँहरुको यो दृष्टि हेर्दा छ्याङ्ग हुन्छ । यो परिवर्तनमा धेरै कारण अझ मनोवैज्ञानिक पनि छन्, ती मध्ये अ‍ेउटा कुरा चाहिं यहाँ भन्छु– त्यो हो डा.वल्लभ मणि दाहालको मृत्युको निकै लामो समय पछि जेठ १४ मा लेखिने सम्विधानको वर्ण विन्यासमा प्रभाव पार्ने ढङ्गले यो आक्रोश जोडतोड सँग पोखिअ‍ेको छ । यसमा प्रश्न गर्न सकिन्छ– यसो हुनु व्यक्तिगत रहस्य मात्र छ कि, व्यक्तिवादको कुनै रूप ?

‘विवरुका कथाहरु’मा विजय सागरको समाज चेतना (कृति/समीक्षा)

कथाकार विजय सागर नेपाली साहित्यमा स्थापित भैसकेका स्रष्टा हुन् । उनको सिर्जनसाधना उनी जत्तिकै पुरानो, परिपक्व र अनुभवी भैसकेको छ । इतिहास विषयमा स्नातकोत्तर सागरको कथा लेखनको आफ्नै विशिष्ठ शैली र पहिचान बनिसकेको छ । मनोरम पहाडी जिल्ला पाल्पाको तानसेनमा विसं. २००६ सालमा जन्मे हुर्केर हाल रुपन्देहीको सिद्धार्थनगरमा स–परिवार बस्दै रचनाकर्ममा रत्तिंदै आएका सागर एक सिद्धहस्त आख्यानकार र कविको रुपमा नेपाली साहित्य फा“टमा सुपरिचित छन् । सहलेखनका रुपमा यिनीसहित बनमाली निराकार र रुद्र ज्ञवालीकृत कथासङ्ग्रह विवरुका कथाहरु (२०६६) यिनको तेस्रो कृति हो । यस अघि यिनका चौतारो (हवाई पत्र) लघुकथा सङ्ग्रह भाग १ र २ (२०३४) सहलेखन, सागरका कथाहरु (२०६०) र सागरका कविताहरु (२०६१) प्रकाशित भैसकेकाछन् । यिनले नेवाः स“स्कृति र उपत्यका बाहिर बस्ने नेवारहरु (२०६६) प्रकाशन गरेर आफ्नो जातीय पहिचानलाई उधिन्न पनि खोजेकाछन् । जागिरे कार्य व्यस्तताका कारणले यिनले विक्रम सम्वत् साठीको दशकमा आएर मात्र आफूलाई साहित्य साधनामा बढी दत्तचित्त भई लगाएको देखिन्छ । अहिले पनि यिनी भैरहवालाई कार्यथलो बनाएर उक्तिकै सक्रियताका साथ लेखन कार्यमा जुटिरहेकाछन् । यस आलेखमा यिनै जुझारु कथाकार सागरका विवरुका कथाहरु भित्र समाविष्ट पा“च कथाहरुको समाजशास्त्रीय आ“खीझ्यालबाट अनुशीलन गर्ने जमर्को गरिएको छ ।

संस्मरण/स्‍मृति

जगदीश घिमिरेसँगका मेरा सम्झनाहरू
(पेशल आचार्य)
छोटाका बारेमा बडा कुरा
(राजेन्द्र पहाडी)
नेपाली लोकसंस्कृति शिखरपुरुष:धर्मराज थापा
(गोपीकृष्ण ढुंगाना)

निबन्ध

ताङ्सेको भिरबाट गोठालाहरूसँग एसएमएस
(होम सुवेदी)
आधुनिक शैली : भानुको सम्झना
(पेशल आचार्य)
सलाद बनाइँदै छ देश
(पेशल आचार्य)

हास्यव्यङ्ग्य

एक झोला इन्द्रेणी सरसरती पढ्दा
(सदानन्द अभागी)
उसिन्नु पर्ने अण्डा किन पकाइस् ?
(कृष्ण उफान)
डनवाद
(सुरेन उप्रेती)

वार्ता

साहित्यकार तथा पत्रकार गोपीकृष्ण ढुंगानासँग संवार्ता
(पेशल आचार्य)
स्रष्टा खगेन्द्र गिरी कोपिलासँग कुराकानी
(पेशल आचार्य)
साहित्यकार माधव सयपत्रीसँग संवार्ता
(पेशल आचार्य)

विचार

देवकोटा कसरी महाकवि बन्न पुगे
(बसन्त श्रेष्ठ)
सगरमाथा साहित्य परिषद् ः उहिले र अहिले
(नन्दलाल आचार्य)
भ्रम र सत्यता बीच अल्झिएको हाम्रो भाषा शास्त्रीय समाज –१
(हिमप्रसाद गौतम)

जीवनी

वरिष्ठ समालोचक डा. बासुदेब त्रिपाठीको एक संक्षिप्त परिचय
(बसन्त श्रेष्ठ)
१२ भाषाका ज्ञाता: हेमचन्द्र पोख्रेल
(नरेन्द्रराज प्रसाई)
आदिकवि भानुभक्त आचार्य
(विजय सागर)