औपन्यासिक तत्वका कोणबाट 'निर्मोचन' उपन्यासको विश्लेषण (कृती / समिक्षा)
१. उपन्यासकार भूमिराज बस्ताकोटीको परिचय
पोखरेली साहित्यमा उदीयमान व्यक्तित्वका रूपमा आफूलाई स्थापित गराउन उन्मुख जुझारु प्रतिभा हुन भूमिराज बस्ताकोटी । वि.सं. २०३६ सालमा कास्की जिल्लाको कास्कीकोटमा जन्मिएका बस्ताकोटीको बाल्यकाल र विद्यालयीय शिक्षा ग्राम्य प्राकृतिक परिवेशमा नै सम्पन्न भएको थियो । पृथ्वी नारायण क्याम्पसबाट नेपाली साहित्यमा स्नातकोत्तर बस्ताकोटी आप्mनो समयका अब्बल दर्जाका विद्यार्थी समेत मानिन्छन् । वि.सं. २०५९ सालमा परिस्थिति उपन्यासबाट पुस्तकाकारका रूपमा देखा परेका बस्ताकोटीका स्वैर कल्पना र उपन्यासकार ध्रुवचन्द्र गौतम समालोचना (वि.सं. २०६६) तथा निर्मोचन उपन्यास (२०६८) समेत प्रकाशित भइ सकेका छन् । यस बाहेक बस्ताकोटीका थुप्रै कथा, कविता तथा लेख रचनाहरू विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका छन् ।
उत्तरआधुनिक बबन्डर (हास्यव्यङ्ग्य)
घरजग्गा कारोबार, आवास योजना, बैदेशिक रोजगार, बैंक वा वित्तिय संस्था, पाठ्यपुस्तक छपाई, स्कूल–कलेज वा अस्पताल इत्यादि व्यवसायबाट त्यस क्षेत्रमा लगानी गर्ने उद्योग व्यवसायीहरू निकै छिटो सम्पन्न भएजस्तै हामी साहित्यको खेतीमा लागेका मानिसहरूलाई पनि छिटो नाम कमाई गर्न कुनै विशेष ‘वाद’ वा ‘आन्दोलन’ को खेती गर्नुपर्नेरहेछ भन्ने कुरा म भर्खरै बुझ्दैछु । नेपाली साहित्यमा अहिले फस्टाएको मुख्य खेती उत्तरआधुनिकता हो । तर, एउटा कुरा चाहिँ मैले अझै बुझेको छैन । यो उत्तरआधुनिक भन्ने विचार जो छ यो साहित्यमा मात्रै हुन्छ कि समाजका अरु क्षेत्रमा पनि ? हामीले प्रत्यक्ष र तिब्र रुपमा भोगिरहेका अनेकौँ नयाँ, अनौठा र मनोरञ्जक घटना एवं परिदृष्यलाई उत्तरआधुनिक बबन्डर भन्न पाइन्छ कि पाइँदैन होला ? यस्ता विषयमा चाहिँ किन कसैले वहस नगरेका होलान् ? किन कोही विद्वानहरूले यस क्षेत्रमा वादविवाद छेडेर तहल्का नमच्चाएको होला ? ‘समाजमा उत्तरआधुनिकताको प्रभाव’ विषयमा वहस चलाएर गरिखाने कोही विद्वान हुनुहुन्छ भने लौ कस्सिनुहोस् है । छिपिछिपे चर्चा भने मै पनि शुरु गर्दिन सक्छु ।
दिग्भ्रम (लघुकथा)
ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक मल र कीटनाशक औषधिले हुर्केका तरकारी, हलक्क बढ्ने हर्मोनको सुई लगाएको कुखुरा, जुत्ता टल्काउने रसायनले टिलिक्क टल्काएको तथा रातारात ज्यानमारा रसायनले पकाएका फलफूल, रङमा घोलेको दाल, कारखानाको दूध आदि खान्छ र 'डाइट' खाएको भ्रममा पर्दछ । एक टुक्रा मास्क किनेर उसले प्रदूषणसँग लड्न दीर्घायु किनेको सपना देख्छ ।