कथाकार मन्दिरा मधुश्रीको कथाकृति बुधनको घोडीमाथि अन्तर्क्रिया

कथाकार मन्दिरा मधुश्रीको कथाकृति "बुधनको घोडी" माथि लेखक र पाठक बीच अन्तरक्रिया भएको छ । भृकुटिमण्डपमा रहेको सार्वजनिक पुस्तकालय द्वारा आयोजित सिर्जना संवाद कार्यक्रममा सो कृतिमाथि परिचर्चा भएको हो ।
वरिष्ठ कथाकार माया ठकुरीको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त परिचर्चा कार्यक्रममा ठकुरीले मन्दिराका केही कथाहरु स्थापित कथाकारका समतुल्य रहेको बताउनु भयो । यसैगरि निरन्तरता दिएमा आफ्नो पुस्ताकी अब्बल कथाकार हुन सक्ने कुरा पनि बताउनु भयो ।
त्यस्तै साहित्यकार रेशम बिरहीले मन्दिरा मधुश्रीकृत कथासंग्रह बुधनको घोडीका सबै कथाले भुइँमान्छेको विषय उठान गरेको छ र समाजलाई अत्यन्तै नजिकबाट नियालेको छ । साथै आफू महिला भएर पनि पुरुष समवेदनाको र मनोविज्ञानको चर्चा सूक्ष्म र सम्मानित ढंगले कथामा उतार्न सक्ने मधुश्री एक सफल कथाकार भएको बताउनु भयो ।
साहित्यकार र पत्रकारको समानता देखाउँदै उहाँले भन्नुभयो, "समाजको सूचनाको भार कथामा र साहित्यमा पनि हुने भएकोले एउटा साहित्यकार वा कथाकार पनि पत्रकार नै हुन । "
पुस्तकमा सम्पादन र भाषामा केही कमजोरी रहेको पनि प्रतिक्रिया दिनुभयो ।
त्यसैगरि कथाकार बाबुराम लामिछानेले “बुधनको घोडी कथा संग्रह एउटा इन्जिनियरिमा लेखिएको कथा संग्रह हो भन्दा पनि अत्युतिm नहोला र कुनै पनि लेखक वा त कृतिको सकारात्मक भन्दा नकारात्मक कुरा बढी आउनुपर्छ र नकारात्मक पतिक्रयाले लेखक आफूलाई निखार्ने बताउँदै सकारात्मक पक्षमात्र बाहिर आए लेखक हौसिने दावी गर्नुभयो । कथा लेखनकोलागि ठूलो तपस्या चािहने त्यो तपस्याले नै कथा राम्रो बन्ने उल्लेख गर्दै उनले त्यो गुण मन्दिरामा रहेको पनि बताउनुभयो ।
यसैगरी अन्तर्रक्रियामा मधुपर्कका सम्पादक साहित्यकार श्रीओम श्रेष्ठ रोदनले बुधनको घोडीले समयानुकूल हल्ला र प्रचार प्रसार नपाएकोले नेपाली साहित्यको बजारमा चर्चामा अलिक पछि परेको हो र हल्ला र बिज्ञापनमा चलेको अहिलेको बजारमा हल्ला गर्न र देखाउन सकिएन भने पछि परिने र हल्ला गर्न आफैँ पनि आफ्नै हिसाबले प्रस्तुत हुनुपर्ने सत्यता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, "यो वर्षको कथाका थुप्रै पुस्तकहरुमा सबैभन्दा अब्बल कथा कृति बुधनको घोडी नै रहेको र अहिले पुरस्कारहरुले राम्रोसँग मुल्यांकन गर्न सकेको भए नेपालका ठूला दुइवटा पुरस्कारमा हक दाबी गर्न सक्ने थियो ।"
अन्र्तक्रिया कार्यक्रका संयोजक डा.सनत कुमार वस्तीले "मन्दिरा र उनको कथा शिल्पको बारेमा बताउँदै सानो घटनाबाट कथाको सुरुवात गर्ने र रोचकताको डोरीले बाँधेर राख्न अत्यन्तै सफल छिन र उनका कथा एकदमै सूक्ष्म ढंगले बुनिएका छन् भनेर आफनो प्रतिक्रिया दिनुभएको थियो ।
डा प्रदीप मैनालीले प्रत्येक कथामा रहस्यात्मकता र नयाँ विषयवस्तु नै यो संग्रहको विषेशता हो र नेपालका ठूला ठूला पुरस्कार पाएका कृति भन्दा बुधनको घोडी कम नभएको पनि बताउनुभयो भने मधुपर्कका कार्यकारी सम्पादक तथा साहित्यकार तुलसीहरी कोइरालाले मन्दिराका समकालीन नारी पुस्तामा अहिले जतिसक्दो नयाँ नयाँ शब्द प्रयोग गरेर पुरुषलाई गाली गरेर साहित्य लेख्ने प्रवृत्ति आएको तर यो संग्रहमा त्यो प्रवृत्ति नहुनु र महिला भएर महिलाका मात्रै संवेदनामा लेख्ने विषय भए पनि पुरुष संवेदनाका विषय पनि उत्तिकै आउनु कृतिको सशक्त पक्ष हो भनेर आफ्नो विचार राख्नुभएको थियो ।
साहित्यकार राजेन्द्र पौडेलले बुधनको घोडीमा भएका कथा पढ्दै जाँदा शुरुमा एक खालको अनुमान गरिन्छ तर नसोचेको अन्त्य हुन्छ र साधारण कुरालाई कौतहुल तरिकाले वर्णन गर्दै पाठकलाइै सँगै बाधेर राख्ने खुबी सह्रानीय भएको बताउनु भएको थियो भने डिल्लीरमण सुवेदीले पनि लेखकीय शैलीले नै पाठकलाई बाँधेर राखेको बताउनुभयो ।
किशोर सुब्बाले बुधनको घोडीमा चक्रीय शैलीमा चामत्कारीक कथा लेख्ने कला र कल्पनाको शक्ती तीव्र हुनुका साथै कथामा कुनै पनि ठाउँको चित्रण छर्लंग रुपमा गरेको पाइने राय व्यक्त गर्नुभएको थियो भने लीलाराज दाहालले कथामा बिद्रोह गर्ने एकदमै सशक्त शैली नै कथाकार र कथाको भिन्दै परिचय भएको बताउनुभएको थियो ।
यसैगरि अन्र्तरक्रीया कार्यक्रममा तीर्थराज वन्त, मुरारी बिनोद पोख्रेल, शीतल गिरी,जुजुभाई डंगोल, शान्ती शर्मा, जीवन अधिकारी, लक्ष्मी कुमार कोइराला,रिश्मा थापा मिसन अधिकारी लगायतले पुस्तक र त्यसमा संग्रहित कगाका बारेमा आ-आफनो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा कथाकार मन्दिरा मधुश्रीले आफ्ना सिर्जनाका बारेमा अनुभवजन्य कुराहरु ब्यक्त गरिन् ।
काठमाण्डौ सार्वजनिक पुस्तकालयले आयोजना गर्ने गरेको यस्तो सिर्जना संवाद कार्यक्रम हरेक महिनाको पहिलो बिहीबार हुँदै आएको छ ।

Friday, December 1, 2017