त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

•••
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जयन्तीका उपलक्ष्यमा त्रिमूर्ति निकेतनका का.वा.अध्यक्ष प्रा.डा.गार्गी शर्माले आज महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो ।


त्यस अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो ।


सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वरा आयोजित काव्यसभामा कविहरू छविरमण सिलवाल, यशोदा अधिकारी, यादव भट्टराई र ललिता दोषीले कविता वाचन गर्नुभयो ।


कार्यक्रममा त्रिमूर्ति निकेतनका का.वा.अध्यक्ष प्रा.डा.गार्गी शर्मा, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.ठाकुर पराजुली र त्रिमूर्ति निकेतनका मानार्थ सदस्य तथा कार्यक्रम संयोजक यादव भट्टराईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धान्जली हुनेछ भन्नुभयो ।


(यादव भट्टराई)
कार्यक्रम संयोजक
त्रिमूर्ति निकेतन

Friday, October 20, 2017