नर्थ क्यारोलाइनाको सार्लोटमा प् बृहद् साहित्यिक कार्यक्रम सम्पन्न

नर्थ क्यारोलाइनाको सार्लोट सहरमा गत आइतवार ९सेप्टेम्बर ३, २०१७० खुल्ला तथा बाल कविता प्रतियोगिता, सम्मान कार्यक्रम, पुस्तक विमोचन एवं साहित्यिक प्रवचन सहित बृहद् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका र एसोसिएसन अफ नेपलिज इन मिडवेस्ट अमेरिकाको १३ औं संयुक्त सम्मेलनको अवसरमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, नर्थ क्यारोलाइना शाखाले आयोजना गरेको उक्त कार्यक्रम शाखाका अध्यक्ष मनोज प्रधानको सभापतित्व एवं अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा। अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। वरिष्ठ साहित्यकार कृष्ण धरावासी, साहित्यकारहरु सीता पाण्डे, नीलम कार्की निहारिका, अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा लगायत विभिन्न साहित्यकार र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रमको सन्चालन विक्रम गौतमले गर्नुभएको थियो भने अनेसासका अध्यक्ष पदम विश्वकर्माले स्वागत मन्तव्यको क्रममा संस्थाको गतिविधि र नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्न गरिएका प्रयासहरूबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रमको पहिलो चरणमा ुडायस्पोरामा नेपालु विषयवस्तु रहेको खुल्ला कविता प्रतियोगिता र विषयवस्तुको कुनै बन्देज नरहेको बाल कविता प्रतियोगिता आयोजना गरिएको थियो । दुवै प्रतियोगितामा अमेरिकाका बिभिन्न स्टेटमा बसोबास गर्ने कवि कवयित्रीहरू स्वयम् उपस्थित भई आ(आफ्ना प्रतियोगी कविता वाचन गरेका थिए ।

त्यस्तै कार्यक्रमको दोस्रो चरणमा पद्मश्री पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिकालाई राजदुत डा। अर्जुन कुमार कार्कीले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो भने सम्मानित साहित्यकार नीलम कार्की निहारिकाको व्यक्तित्व र कृतित्वमाथि नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकार ईश्वर देवकोटाले मन्तव्य दिनुभएको थियो।

त्यसै गरी नेपालका समालोचक एवं साहित्यकार महेश पौडेलको भर्खरै प्रकाशित कथा संग्रह ुत्यसपछि फुलेन गोदावरीु को पनि कार्यक्रममा लोकार्पण गरिएको थियो। कार्यक्रममा उपस्थित अर्का लेखक केन्नी पाण्डेले आफ्नो पुस्तक ुअदर साइड अफ प्याराडैजु को बारेमा श्रोताहरुलाई जानकारी गराउनु भएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ साहित्यकार कृष्ण धरावासीले डायस्पोरिक नेपाली साहित्यको वर्तमान अवस्था र भविष्यको खाकाबारे जानकारी गराउनुभएको थियो। कार्यक्रमको अर्को चरणमा राजदुतबाट खुल्ला तथा बाल कविता प्रतियोगितामा उत्कृष्ट हुने तीनरतीन जनालाई पुरस्कार प्रदान गर्नुभएको थियो। खुल्लातर्फ सरिता दाहाल, गोमा पराजुली र बटु शर्मा क्रमशस् पहिला, दोस्रा, र तेस्रा हुनुभएको थियो भने बाल प्रतियोगिता तर्फ शेस्त्रुमा पराजुली, अभि बस्ताकोटी र राजा तिमिल्सिना उत्कृष्ट तीन भएका थिए। खुल्ला तर्फ ३०० डलरको पहिलो पुरस्कार सुजन न्यौपानेले, २०० डलरको दोस्रो पुरस्कार यमकुमार श्रेष्ठले, र १०० डलरको तेस्रो पुरस्कार डा। नारायण राजभण्डारीले प्रायोजन गर्नुभएको थियो। त्यस्तै बाल प्रतियोगिता तर्फ ५० डलर दरको उत्कृष्ट तीन पुरस्कार ईश्वर देवकोटाले प्रायोजन गर्नुभएको थियो। कार्यक्रममा सबै बाल प्रतियोगीहरुलाई प्रोत्साहन पुरस्कार पनि प्रदान गरिएको थियो।

कार्यक्रमको अन्तिम चरणमा अतिथि कविहरु डा। रामचन्द्र बराल, प्रेम संग्रौला, डा। ऋषि बस्ताकोटी, मन्जु विमली, राधा पौडेल लगायतले आ(आफ्नो कविता वाचन गर्नुभएको थियो भने गायक बसन्त खड्काले गजल गायन प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनकै अवसर पारेर आयोजना गरिएको उत्तर अमेरिकाव्यापी निवन्ध प्रतियोगितामा विजयी प्रतियोगीहरूलाई पनि एक छुट्टै समारोहका वीच पुरस्कृत गरियो । हाइ स्कूल स्तरमा क्रमस सुबोध शाक्य ९फ्लोरिडा०, विशाखा ओली ९भर्जिनिया०, र अभि बस्ताकोटी ९नर्थ क्यारोलाइना० ले प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे भने मिडल स्कुल स्तरमा सौगात श्रेष्ठ ९फ्लोरिडा०, स्मारिका नेपाल ९फ्लोरिडा० र स्यरोन श्रेष्ठ ९क्यानाडा०, र प्राइमेरी स्तरमा काव्य लामिछाने ९नर्थ क्यारोलाइना ०, त्रिषा चापागाई ९फ्लोरिडा०, र कोयेल बास्तोला ९नर्थ क्यारोलाइना ० ले क्रमस प्रथम, द्वितीय र तृतीय पुरस्कार प्राप्त गरे।पुरस्कृत प्रतिभाहरूलाई कार्यक्रमकी संयोजक डा सुषमा प्रधानले नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्नुभयो । नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका र एसोसिएसन अफ नेपलिज इन मिडवेस्ट अमेरिकाको संयुक्त सम्मेलनको अवसर पारेर यो प्रतियोगिता बिगत दश बर्ष देखि नियमित रुपमा आयोजना गरिंदै आएको उल्लेख गर्दै संयोजक प्रधानले नगद पुरस्कार सौजन्य गर्ने महानुभावहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

Friday, September 15, 2017