बिराटनगरमा साहित्यिक पुरस्कार वितरणा

बिराटनगर ।
प्रत्येक वर्ष झै यसपाली पनि आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउने क्रममा आज असार २९ गते २०४ औं जन्मजयन्तीका सन्दर्भमा प्रतिभा पुरस्कार बितरण गरिएको छ । बि.सं. २०३९ सालमा जनस्तरबाट स्थापित ( संभवत देशकै पहिलो ) प्रतिभा पुरस्कार प्रतिस्ठानले २०७३ सालका विभिन्न पुरस्कार वितरण गर्दै साहित्यकार प्रा.चूडामणि रेग्मीलाई दिनबन्धु उशादेवी गोयल प्रतिभा पुरस्कार ,साहित्यकार डा. तुलसी प्रसाद भट्टराईलाई लीलानाथ विश्व मन्जरी प्रतिभा पुरस्कार र साहित्यकार श्रीओम श्रेष्ठ "रोदन " लाई ज्वालाप्रसाद पोख्रेल प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ भने उक्त पुरस्कारहरु जनही रु.५०,००० ( पचास हजार ) का रहेको जानकारी सो संस्थाका सह-सचिव दिङ्लाली कान्छोले गराएका छन् । सोहि कार्यक्रममा रु २१,०००( एक्काइस हजार ) को धर्म संस्कृती संग सम्बन्धित बिराट लक्ष्मी बैंक प्रतिभा पुरस्कार पं. भवनाथ खतिवडालाई प्रदान गरियो । साथै बुधनको घोडी नामक कथा संग्रहका लागी मन्दिरा मधुश्रीलाई र उल्का खसेको रात कविता संग्रहका लागी शंकर सुवेदी उत्स लाई संयुक्त रूपमा षडानन्द प्रतिभ पुरस्कार दिइएको छ र सो पुरस्कारको राशी १५,०००( पन्द्र हजार ) रहेको छ । सो कार्यक्रमको अध्यक्षता संस्था का संस्थापक प्राज्ञ दधिराज सुवेदिले गर्नु भएको थियो र प्रमुख आतिथ्य भाषाशास्त्री बालकृष्ण पोख्रेलले ग्रहण गर्नु भएको कार्यक्रमलाई सचिव कविराज नेउपाने , विश्व मन्जरी बराल लगायतले सम्बोधन गर्नु भएको थियो ।

Thursday, July 13, 2017