डा. वीणा हाङ्खिमलाई पुरस्कार

डम्बर कुमारी -गणेश साहित्य प्रतिष्ठान काठमाडौले यो बर्षको डम्बर कुमारी-गणेश आख्यान पुरस्कार दार्जिलिङकि साहित्यकार आख्यानकार एवम समालोचक डा. वीणा हाङ्खिमलाई एक भव्य समारोह बीच अर्पण गरेको छ ।
२०७४ जेठ २७ गते वरिष्ठ कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विसिस्ठ अतिथि रहनु भएका प्रा. डा. गोबिन्द भट्टराईले पुरस्कृत ब्यक्तित्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
खासगरी आख्यानका क्षेत्रमा बिशिस्ट योगदान दिनुहुने साहित्य साधकलाइ यो आख्यान पुरस्कार दिइने कुरा प्रतिष्ठानकि अध्यक्ष मन्दिरा मधुश्रीले बताउनु भयो ।
१५००१ (पन्ध्र हजार एक )रुपैयाँ रासिको उक्त पुरस्कार समावेसी तरिकाले एकपटक पुरुष आख्यानकार र अर्कोपटक महिला आख्यानकारलाईअर्पण गरिने कुराको जानकारी अध्यक्ष मधुश्रीले दिनु भयाे ।
गत वर्ष जेठ २७ गते मधुश्रीका माता पिताको ६१ औ बैवाहिक वर्ष उत्सव्को सुअवसर पारेर यो प्रतिष्ठानको स्थापना भएको थियो । सोही दिन डम्बर कुमारी -गणेश आख्यान पुरस्कारको पनि घोषणा भएको थियो र त्यही दिन नै पहिलो पटकको पुरस्कार वितरण पनि गरिएको थियो ।
पहिलो पटक डम्बर कुमारी गणेश आख्यान पुरस्कार आख्यानकार तथा समालोचक नेपाली साहित्यिका धरोहर प्रा.मोहन राज शर्मालाई प्रदान गरिएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा प्रतिष्ठानकि अध्यक्ष तथा कथाकार मधुश्रीको कथा सङ्ग्रह बुधनको घोडीमाथि कवि तथा उपन्यासकार, पत्रकार रेशम बिरहिले पाठकिय टिप्पणी र
समालोचक डा. रजनि ढकालले समालोचकिय टिप्पणी गर्नुभएको थियो ।
मन्दिरा मधुश्रीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम तुलसीहरि कोइराला सन्चालन गर्नु भएकाे थियाे ।

Monday, June 12, 2017