नइ चन्द्रधन र कीर्तिनिधि पुरस्कार

काठमाडौं, २०७३ चैत १९ गते
नइ प्रकाशनले सनातन हिन्दूधर्मसंस्कृतिको सम्बर्धन, संरक्षण र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्राध्यापक शिवगोपाल रिसाललाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

पूर्वप्रधानमन्त्री श्री कीर्तिनिधि विष्टको प्रबल इच्छा अनुसार उहाँका बुबाआमा चन्द्रनिधि विष्ट तथा धनकुमारी विष्टका नाउँमा एक दशकअघि यो पुरस्कारको स्थापना भएको हो ।

त्यसैगरी आधुनिक नेपालको एकीकरणबाट निर्मित राष्ट्रिय भौगोलिक सिमाना तथा अखण्डताको व्यवस्थापन र सुरक्षाबारे वैज्ञानिक अनुसन्धानद्वारा जनचेतनाको अभिवृद्धि गराई मातृभूमिप्रति अर्पेको विशिष्ट योगदानका निम्ति श्री बुद्धिनारायण श्रेष्ठलार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यी दुबै पुरस्कारको राशि जनही एक लाख रूपियाँ रहेका छन् ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

Sunday, April 2, 2017