उज्ज्वल जी. सी.लाई सिम्पल आर्ट सम्मान

सिम्पल आर्ट सॅस्थाको हालै बसेको बैठकले यस वर्षको सिम्पल आर्ट सम्मान वरिष्ठ साहित्यकार उज्ज्वल जी.सी.लाई प्रदान गर्ने निर्णय गरेको छ । वि .सं . २०५५ सालदेखि राष्ट्रका वरिष्ठ साहित्यकार ,कलाकारहरूलाई प्रदान गरिॅदै आएको उक्त पुरस्कार यस वर्ष उहाॅलाई समर्पण गर्न लागिएको हो । जी .सी. हाल क्यान्सरको उपचारार्थ दिल्लीमा हुनुहुन्छ । यसै गरी उक्त सम्मान अन्य चारजना साधकहरूलाई पनि आगामी चैत्र ४ गते एक भव्य कार्यक्रमका बिच प्रदान गरिने आयोजक सॅस्थाको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Tuesday, March 7, 2017