अविरल बग्दछ इन्द्रावती अविरल बग्दैन जीवन

- जयदेव भट्टर्राई

'अविरल बग्दछ इन्द्रावती' रमेश विकलले भनेजस्तै इन्द्रावती अविरल बगिरहेछ । इन्द्राबती जस्तै मान्छेको जीवन हुँदो रहेनछ । कतै न कतै पुगेर रोकिनुपर्ने, पूर्ण विराम लाउनै पर्ने, विश्राम लिनैपर्ने । रमेश विकल अविरल साहित्यमा लागेर ८१ वर्षको उमेरमा रोकिनु भयो । अविरल बगिरहेको जीवनमा मङ्सिरको अन्तिम साता निमोनियाले अर्धविराम लगाइ दियो उहाँको जीवनमा साहित्य र समाजका लागि सक्रिय छँदाछँदै रोगले गालेपछि उपचारार्थ अस्पताल भर्ना गरिनुभएका रमेश विकल २०६५ सालको पुस २ गते दिनको ३ः३० बजे बित्नुभयो, मृत्युले उहाँको जीवनमा पूर्णविराम लगाइदियो । नेपाली भाषा र साहित्यको क्षेत्रमा ठूलो योगदान दिए पनि, सरल र सादा जीवन बाँचे पनि, आˆना सिर्जना र साधनाले धेरैको मन जिते पनि रमेश विकलले रोगसँग लड्न सक्नु भएन, मृत्युलाई जित्न सक्नु भएन । यही यथार्थ, कटु यथार्थ बुझ्दाबुझ्दै भन्नैपर्छ रमेश विकल अब हामीबीच रहनु भएन । मान्छेको जीवन पनि अविरल हुँदो हो त रमेश विकलले लेख्नुपर्ने हो- 'अविरल बग्दछ जीवन ।' ।

'अविरल बग्दछ इन्द्रावती' रमेश विकलले भने जस्तै उहाँका रचना-कृति, योगदान सेवाबाट अविरल बाँचिरहनु हुन्छ उहाँ हामी माझ । २००५ सालमा 'सन्देश' हस्तलिखित पत्रिकाबाट साहित्यिक यात्राको थालनी गरी 'मेरो अविरल जीवन गीत' को दोस्रो भाग, उपन्यासको अनुवाद गर्दै हुनुहुन्थ्यो उहाँ बिरामी हुनुअघिसम्म पनि । ८१ वर्षे जीवनमा ६० वर्ष अविरल साहित्यमा लगाउने रमेश विकलले सङ्गीत र कलामा पनि रुचि देखाउनु भयो, प्राध्यापन र सम्पादन, अनुवाद र सङ्घ-संस्थासँग आवद्ध भएर पनि रमेश विकल अविरल सक्रिय रहनु भयो । यति सिर्जनशील, यति सक्रिय, यति समर्पित र यति पि्रय स्रष्टालाई गुमाउनु पर्दाको पीडा भोग्दैछ यतिखेर साहित्यिक जगत् । काठमाडौँको गोकर्णेश्वरमा पुस २ गतेको राति उहाँको बलिरहेको शव देखेपछि धेरैले गह्रौँ मन लिएर भएपनि स्वीकारे अन्ततः रमेश विकल रहनु भएन ।

१९८५ सालको भाइटीकामा काठमाडौँको गोकर्ण आरुबारीमा जन्मिनुभएका रमेश विकलले आˆनो कर्मक्षेत्र पनि त्यसैलाई बनाउनु भयो र उहाँकै इच्छा अनुसार उहाँको अन्तिम संस्कार पनि गोकर्णमै गरियो । अविरल जन्मिरहेछन् मान्छेहरू, अविरल मरिरहेछन् मान्छेहरू । रमेश विकलको जन्म र मरण इतिहासमा उल्लेख्य बन्न पुगेको छ । सबैको जन्म र सबैको मरण उल्लेख गरेर साध्य पनि छैन र अर्थ पनि छैन । ६० वर्षसम्म भाषा-साहित्य, कला-सङ्गीत, राजनीति, पात्रकारिता, प्रशासन आदि क्षेत्रमा लागेर यो मुलुकका लागि योगदान दिने साधक उल्लेख्य हुन्छन् नै, अनुकरणीय हुन्छन् र प्रेरणाका स्रोत पनि हुन्छन् । रमेश विकललाई भेटेर, उहाँलाई देखेर अनि उहाँका रचना, कृति पढेर कतिले आफूलाई साहित्यमै लगाए । रमेश विकलका ४ छोरी २ छोरा, यी मध्ये पत्रकारिता र साहित्यमा निरन्तर लाग्ने विजय चालिसे अनि यात्रा संस्मरण लेख्न रुचाउने महेन्द्र चालिसेलाई हेर्ने हो भने भन्न सकिन्छ अविरल चलिरहन्छ कलम ।

चन्द्रशेखर उपाध्याय र छायादेवी चालिसेले आˆनो छोरा रामेश्वरलाई स्नातकसम्म पढाए पनि रमेश विकलले नेपाली साहित्यमा स्नातकोत्तर गर्नेहरूलाई नै पढाउनु भयो । विद्यावारिधि गर्नेहरूसमेत स्रष्टा रमेश विकल पढ्छन् र पढ्ने गर्छन् । आमाबाबुले राखिदिएको रामेश्वर चालिसे नाम, घरायसी नाम रामबाबु, साहित्यिक नाम रमेश विकल, छद्मनाम रवि चालिसे, पत्रकारितामा रविबाबु आदिबाट फैलिनुभएका रमेश विकलले आˆनो विशेष परिचय 'नयाँ सडकको गीत' जस्ता कथासङ्ग्रह अविरल बग्दछ इन्द्रावती जस्ता उपन्यास, सातसूर्य एकफन्को जस्ता यात्रा संस्मरण, बालसाहित्य र हास्यव्यङ्ग्य, अनुवाद र आत्मजीवनीबाट बनाउनुभयो । यी सबै लेखनबाटै रमेश 'विकल' रमेश विकल बन्नुभयो । कुनै पीडा दुःख भोगेर होइन कि अरूले भिक्षु, गोठाले, पिडाली आदि राखेको देखेर उहाँले पनि 'विकल' उपनाम राख्नुभयो । यही नाम उहाँले आफैँ राखेको नाम रमेश विकल नै आज धेरैले चिनेको नाम बन्न पुग्यो ।

अनुदित अवस्थामै 'नयाँ सडकको गीत' कथा सङ्ग्रहका लागि मदन पुरस्कार पाउने रमेश विकलको पहिलो कृति २०१६ सालमा 'बिरानो देशमा' -कथा सङ्ग्रह) छापियो नयाँ सडकको गीत, एउटा बूढो भ्वाइलेन आशावरीको धूनमा, आज फेरि अर्को तन्ना फेरिन्छ, उर्मिला भाउजू, शव सालिक र सहस्र बुद्ध, हराएका कथाहरू प्रकाशित भइसके कथाकार रमेश विकलका । यस्तै उपन्यासकार विकलका सुनौली, अविरल बग्दछ इन्द्रावती, सागर उर्लन्छ सगरमाथा छुन जस्ता उपन्यासहरू अनि 'अब अगाडि बढ्नु, अझ अगाडि बढ्नु छ व्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशित छ । सात सूर्य एक फन्को, नीलगिरी छायामा यात्रा संस्मरण, सप्तरङ्गी -२०३९), मान्छे, वैभव र मृत्यु -एकाङ्की सङ्ग्रह), सरदार भक्ति थापा मिल्किएको मणि पूणर्ाङ्की नाटकहरू प्रकाशित छन् उहाँका । मेरो अविरल जीवन गीत -भाग-१) आत्म जीवनीका स्रष्टा विकलका डेढ दर्जनभन्दा बढी बालसाहित्यका कृतिहरू प्रकाशित छन् । ज्याक लण्डनको उपन्यास अनुवाद गरी 'समुद्री हुँडार' प|mान्स हुनियाको पीटर र ब्वाँसो आदि कृतिको अनुवाद पनि प्रकाशित भइसकेका छन् रमेश विकलका ।

मदन पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार, नूरगङ्गा पुरस्कार, कृष्णमणि पुरस्कार आदि पुरस्कार लगायत विभिन्न साहित्यिक सङ्घ संस्थाबाट अभिनन्दित भइसक्नु भएका रमेश 'विकल' मूलतः नेपाली साहित्यमा कथाकार, उपन्यासकार, नाटककार, बाल साहित्यका स्रष्टा आदिका रूपमा चर्चित हुनुभयो । वामपन्थी राजनीतिमा सक्रिय भएर लाग्ने रमेश विकलले पटक-पटक थुनिनु पर्‍यो । कलाकारिता र सङ्गीतमा त्यत्तिकै रुचि लिने उहाँले प्रचार विभाग, जनक शिक्षा सामग्री केन्द्र, परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्रमा अनि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरी जीवनको आधा उमेर जागिरमै बिताउनु भयो । एउटा मान्छेले यतिबिघ्न क्षेत्रमा हात हाले पनि साहित्य क्षेत्रमा रमेश विकलको कलम निरन्तर चलिरहृयो, यस क्षेत्रमा उहाँले अविरल ध्यान दिनुभयो । प्रगतिशील लेखक सङ्घ, भैरव पुरस्कार गुठी, साहित्य सदन, नेपाल बालसाहित्य समाजका अध्यक्ष, प्राज्ञ सदस्य, साझा प्रकाशनका सञ्चालक आदि पनि हुनुभयो उहाँ । उत्साह जस्तो पत्रिकाको सम्पादक रमेश विकलले विभिन्न पत्र-पत्रिकाको सम्पादन पनि गर्नुभयो । आफूले जीवनमा आर्जेको सम्पत्तिबाट 'रमेश विकल प्रतिष्ठान' को स्थापना गर्ने रमेश विकलको योगदानको बारेमा थोरै शब्द खर्चेर पुग्दैन ।

अविरल बग्दछ इन्द्रावती भनेजस्तै रमेश विकलले अविरल चल्दछ जीवन भनेर लेख्नु भएन । उहाँलाई थाहा थियो-मृत्यु अवश्यम्भावी छ भनेर । उहाँलाई यो पनि थाहा थियो मान्छे उमेरले बाँच्ने होइन कीर्ति र कृतिले बाँच्छ भनेर । रमेश विकल कृतिले बाँच्नुहुन्छ- अविरल बाँच्नुहुन्छ, कीर्ति फैलाएर बाँच्नु भएको छ, अविरल बाँच्नुहुन्छ । विरानो देशमा जानु भएपनि अविरल बग्दछ इन्द्रावतीको माध्यमबाट बाँच्नुहुन्छ र बाँच्नुहुन्छ आˆना अन्य कृतिका माध्यमबाट । आˆना पाठक-शुभचिन्तक, हितैषी, परिवारजन सर्वत्र उहाँ अविरल सम्झिरहने नाम बन्नुभएको छ ।
गोरखापत्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 8 पौष, 2065

लेखकका अन्य रचनाहरु