बजगाईंको लघुकथासंग्रह "यन्त्रवत्" संक्षिप्त समीक्षा

- दीपेन्द्र के.सी.

प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षणका लागि सचेत र सक्रिय पात्रहरुकैवीचवाट सिर्जनाको अभ्यासलाई निरन्तर उत्प्रेरणा प्रदान गर्ने सत्कार्य ९० को दशकसंगै अन्तराष्ट्रिय नेपाली साहित्य समाजले वासिङ्गटन डिसीवाट गरेको रहेछ । कालान्तरमा नेपालीहरु पृथ्वीका विविध भूगोलहरुमा फैलिने क्रमसंगै यसको आकारले व्यापकता पाएको विदितै छ । यही परिवृत्तको भित्री खण्डमध्ये बेल्जियममा रहेका र्सजक कृष्ण बजगाईंको लघुकथा संग्रह यन्त्रवत् को अभ्युदय भएको छ, प्रथम संस्करण २००७ मा । कथाकारलाई प्रशंसाको धाप मार्दै पाठकसमीप पुस्तकाकारमा प्रस्तुत गर्ने जिम्मेवारी निर्वाह गरिसकेको छ स्वयं अनेसासले ।

लघुकथाको सैद्धान्तिक र शास्त्रीय व्याख्या जति विषद र व्यापक रहेपनि सामान्य वुझाईमा जीवन र जगतका छोटा छोटा घटना वा भोगाईहरुलाई पात्रीय चरित्र र सामाजिक परिवेशको प्रतिनिधित्व गराउदै समाजभित्रकै कुनै एक पक्षलाई उदघाटन गर्ने विधा लघुकथा हो । जसलाई कलात्मक पाराले आधारभूत अवयवहरु जस्तै - विषय, पात्र, परिवेश, सूत्रवद्धता, आदि अन्तका अलावा लाक्षणिकता, प्रतीकात्मकता , ध्वनि, सरसता , आलंकारिकता सवैको सहयोगमा मौलिक स्वरुपमा प्रस्तुत गरिन्छ । जसको मर्यादाभित्रै रहेर कथाकारले आफनो सिर्जनालाई अर्जाप्ने कर्तव्य निर्वाह गरेका छन् ।

हुनत पुस्तक प्रकाशनसंगै अर्धसमालोचित हुदै प्रा. डा. माधव प्रसाद पोखरेल जस्ता भाषशास्त्री, समालोचकको वैज्ञानिक र सैद्धान्तिक नापजांचले पुस्तकको ओज हवात्तै बढाएको मात्र होइन कथाकारलाई निर्धक्कै उभिन सक्ने ढाडस प्रदान गरेको छ । जसले कथासंग्रहका पातपातमाथ्ाी समालोचना र प्रवृत्तिका शव्दवाण नचलाएपनि समूहगत रुपमा हांगाहरु छीचोलेका छन जसले पुस्तकको द्धारवाट प्रवेश गर्नै लाग्दा पुस्तक, कथा र विधाका आग्रहहरुलाई उभ्याएर पुस्तकभित्र विचरण गर्न सहज बनाइदिएका छन् ।

यन्त्रवत्का कथाहरुले श्रेष्ठ प्रतीकात्मकता बोकेका मात्र छैनन् सरल वक्रोक्ति र लाक्षणिकतालाई पनि उत्तिकै आत्मासात गरेका छन । जस्तै - 'नयां सूट' शिषर्कमा सानो दर्जाको पियनले सानै र्टाई त्यसपछि पदीय हैसियत अनुसार एकै रंगका र्सट पाइण्ट कोट पहिरेका एउटै कार्यालयका कर्मचारीको भ्रष्टाचार गर्ने र अनुचित लाभ लिने सवालमा कोही चोखा छैनन् र सवैको आचरण त्यस्तै छ भन्ने कुरालाई वक्र शैलीमा अभिव्यक्त गरिएको छ । संग्रहमा यस्तो प्रयोग प्रशस्तै पाउन सकिन्छ भने लक्षणामूलक भन्दा पनि अभिधामूलक व्यंजनाको प्रचुरता पाइन्छ ।

प्रस्तुत सँग्रहमा समाजभित्रका दारुणता, अभाव, वाध्यता, देखि लिएर विकृत समाजभित्रका भ्रष्टाचार, अत्याचार, दुराचार, अनाचार मात्रै होइन समग्र राष्ट्रिय परिवेशको झल्को दिने राजनैतिक निकम्मापन, स्वार्थी, लोभी, पदलोलुप, गैह्रजिम्मेवारीपनालाई छताछुल्ल पारेर प्रशस्तै मसी खर्चेका छन् । साथमा द्धन्दकालीन समाजको शव्दचित्र समेत टांस्न भ्याएर सामाजिक दायित्वलाई इमान्दारितापूर्व निर्वाह गरेका छन भने कथापिच्छे सामाजिक सुधार र उच्च नैतिकताको विकासको अपेक्षा गरेका छन् ।
बजगाईका कथामा पाइने एउटा आकर्ष पक्ष भनेको लयात्मकता र सरसता पनि हो । छोटा कथाहरु भएपनि सरसता त हरेक कथाहरुमा भेटिन्छन नै पाठकहरुले पत्तै नपाउने लयात्मकता पनि भेटाउन सकिन्छ । जस्तै 'पीडा' शिर्षकभित्र लेख्छन हाकिम साहेवले सिरानी खेलाउन थालेपछि टाइपिष्टको पेट दुख्न थालेको चर्चा चल्न थाल्यो। ती टाइपिष्ट कहिले चांडै घर जान्थिन कम्मर दुख्यो भनेर, कहिले ढिलो अफिस आउथिन छाती दुख्यो भनेर दिनदिनै धेरैवेरसम्म हाकिमसाहेवको कोठामा बसिरहन्थिन चित्त दुख्यो भनेर । संग्रहमा यो संगै फायडवादी चिन्तनका अन्य टुक्राहरुपनि प्रयोग भएका छन् । विकटपुर जस्तो नितान्त नेपाली नाम सिर्जना गरी नेपालको भौगोलिक प्रतीक उतार्नु भीखारी, मगन्ते, पूजारी जस्ता श्रेष्ठ पात्रीय चयनले मौलिकता दर्शाएको छ । सरल र वोधगम्य भाषाशैली र शव्द चयनले साहित्य सवैका लागि भन्ने साहित्यमाथि सवैको अधिकारलाई स्थापित गरेको छ । कार्यालयसंग सम्वन्धित कथाहरुमा लेखक स्वयं साक्षीका रुपमा प्रकट भएर इमान्दारिता देखाएका छन भने समग्र कथाकारिता सामाजिक यथार्थवादी भावधारावाट अभ्रि्रेरित छन । राजनीति र नेताहरुका विषयमा पात्र आम नेपालीहरुको भोगाई र वुझाईसंग मेल खाने हुँदा सहभावको विशिष्टता झल्किएको छ । वर्तमान नेपालप्रति राष्ट्रिय चिन्ता प्रकट गर्दै 'मधेश र पहाड' शिर्षकनै दिएर सहअस्तित्व र राष्ट्रियताका लागि मुखै फोरेका छन । विमोचन जस्ता शिर्षक राखेर साहित्यकारहरुको पीडादायी दारुणतालाई पनि कारुणिक प्रस्तुति गरेका छन ।

साजसज्जा र भौतिक प्रारुप आकर्ष रहेपनि लेखकको पूर्ण परिचय कतै नभेटिदा लेखकको व्यक्तित्वप्रति जिज्ञसा रहिरहेको पाइन्छ । कथाका विषयवस्तु सामाजिक संगति भन्दा विसंगतिको भारीवाट झिकिएकोले कता कता एकपक्षीय जस्तो भान हुन्छ तर यसमा लेखको छनोटनैं सर्वोपरी रहने भएकोले खेमा विभाजन गर्नु युक्तिसंगत नठहर्ला । र्सजकको प्रयास र्सार्थक र प्रशंसनीय छ ।

यस्तो छ यन्त्रवत - पृष्ठ संख्या ११२, मूल्य ५० रुपयां/ ५ डलर-विदेशमा,र्सार्क वाहिर) कथा संख्या ४७ र शिर्षकहरु -यन्त्रवत, अनास्था, विपत्ति, दुःख, मन्त्रीको जुत्ता, मूल्य, पूर्णता, सजाय, भिखारी, पीडा, उन्मूलन, आत्महत्या, बलात्कार, मितव्ययिता, प्रतिविम्व, राहत, दान, योग्यता, सुन्दरी प्रतियोगिता,घुम्ने कुर्सि खुशी, परिवर्तन, इज्जत, विमोचन, आंखा, जादुगरी डण्डा, कुकुर, लिफट, शव्दहरुको मृत्यु, नयां सुट, शोषण,स्वार्थ, राजनैतिक प्रयोगशाला, रामराज्य, मन्त्रीको घुर्की, आकर्षा, चोरऔंला,नरिवल, नांगो मान्छे, मूकदर्शक, मधेश र पहाड, जनकारवाही, दशैं, घर, संचालन, दिग्भ्रमित स्वप्न, सम्झौता । डायस्पोरामा छरिएका नेपालीहरुवीच यसको पहुचलाई सहज वनाउन सके कृतिको र्सार्थकताका अलावा पे्ररणको स्रोत नबन्ला र ?

लुभेन, बेल्जियम

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 20 कार्तिक, 2065

लेखकका अन्य रचनाहरु