जनसम्मानको शिखरमा महाकवि

- मोदनाथ प्रश्रति

जा त“ मान्छे बन वजनदार
विश्व थर्का, पृथ्वी चर्का
मृत्युको जु“घा उखेल्
दैनिक गन्धेझार रोई-रोई नउखेल्
मानवलाई स्वाभिमान, संर्घष्ा र स्वाधीनतानिम्ति कविताबाट यसरी झकझक्याउने, लोकतान्त्रिक संर्घष्ामा आफैं होमिने, कविता, गीत, नाटक, कथा, निबन्ध, काव्य, महाकाव्य आदिको नया“ सगरमाथा उभ्याउने, नेपाली चेतनालाई विश्वव्यापी तुल्याउने महाकवि लक्ष्मीप्रसाद देवकोटाले हामीबाट अन्तिम विदा लिएको आधा शताब्दी भयो । समय जति बित्दैछ, उनका रचना जति प्रकाशित हु“दैछन्, उनको स्मृतिमा अद्भुत संस्मरणहरूको पंक्ति जति फैलि“दैछ र कृतिहरूको समीक्ष्ँा नया“-नया“ कोणबाट हु“दैछ, त्यतिमै महाकवि जनताका सम्मानको शिखरमा चुलि“दैछन् ।
साहित्य, शिक्ष्ँा, राजनीति, अन्तर्रर्ााट्रय सम्बन्ध, व्यक्तिगत व्यवहार आदि अनेकौं पक्ष्ँमा उनको योगदान र विशेषता अध्ययन, अनुसन्धान र प्रकाशनमा थुप्रै अध्येता र लेखक लागिरहेका छन् । उनको समग्र मूल्यांकन हुन बा“की नै छ । आधुनिक नेपाली साहित्यका र्सवाधिक लोकप्रिय ती महान प्रतिभाको शताब्दी वर्षा हामी प्रवेश गर्दैछौं । यस वर्षरि देवकोटाको स्मृति, अध्ययन, समीक्ष्ँा, मूल्यांकन, उनका कृति प्रकाशनको लहर देश-विदेशमा चल्नेछ र उनलाई नेपाली र विश्वका जनताले झन् नजिक र गहिराइबाट चिन्नेछन् ।
ती महान स्रष्टाको जन्म विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाको राति ९ः४५ बजे तिलमाधव र अमरराज्यलक्ष्मीका साहि“ला छोराका रूपमा काठमाडौंमा भएको थियो । तिलमाधव विद्वान, पुराणविद एवं संस्कृत र नेपाली कविताका स्रष्टा पनि थिए । एघार भाइ-बहिनीको बीचमा जन्मेका देवकोटाको नक्ष्ँत्रको नाम तर्ीथमाधव थियो । झिलिमिली बत्ती र लक्ष्मीपूजाको बीचको जन्मले उनलाई दियो- लक्ष्मीप्रसाद नाम ।
चार वर्षो उमेरमा लक्ष्मीप्रसाद आउ“ रोगले सिकिस्त भए । औषधी खान नमान्दा हातखुट्टा बा“धेर आमाले खुवाइन् र राष्ट्रको भावी नक्ष्ँत्रलाई बचाइन् । १९७१ मा शुभदिन हेरेर बाबुले अक्ष्ँरारम्भ गराउन थाल्दा छोराले 'क'देखि 'त्र'सम्म आफैं खर्रर भनेको देखेर छक्क परे सबै । 'हुने बिरुवाको चिल्लोपात'को पर्ूवलक्षण थियो त्यो । शान्त स्वभावका उनी खेलकुदतिर भन्दा लेखपढतिर रमाउ“थे ।
काठमाडौंका प्रतिष्ठित पण्डित र कवि थिए, तिलमाधव । उनले सुन्दर लयमा कविता र स्तोत्र गाएर लक्ष्मीप्रसादमा कवित्व प्रेरणा र छन्द संस्कार जगाए । महाकविको पर्ूवार्धमा देखिने शास्त्रीय वैदिक सांस्कृतिक चेतमा बाबुको प्रभाव मानिन्छ । पा“च वर्षछि अमरकोश, आठ वर्षा व्रतबन्ध, संस्कृत परिचय, रघुवंश महाकाव्य आदिको अध्ययन आदि हु“दै देवकोटा अघि बढे । एक-दर्ुइपटक सुन्दा श्लोक कण्ठ हुने 'श्रुतधर' क्ष्ँमता देख्दा बाबुले लक्ष्मीलाई 'सरस्वतीको अवतार' भन्नथाले ।
अंग्रेजी शिक्ष्ँा भर्खर टुसाउ“दै थियो, त्यसताक । जेठा दाजु लेखनाथले अंग्रेजी पढे र लक्ष्मीलाई पनि 'एबीसीडी'तिर ताने । आम्दानीमा बाबुलाई जेठा छोराले उछिनेको देख्दा आमाको आकांक्ष्ँा पनि त्यतै मोडियो । नौको उमेरमा निःसन्तान जेठी भाउजूको विलौना सुनी लक्ष्मीले पहिलो कविता रचे- 'म त अभागिनी पो भए“ ।' दस वर्षा उनले रचेको- 'घनघोर दुःख सागर जान भाइ । नगरे घमण्ड कहिले मर्नुछ हामीलाई' पहिलो कविता भनेर चर्चित भयो ।
त्यसताक लेखनाथ पौडेलका 'दशैं', 'तिहार'जस्ता कविता र 'ऋतृविचार', 'बुद्धिविनोद' छापिएर चर्चामा थिए । तिनको प्रभाव लक्ष्मीप्रसादमा पर्‍यो । भानुभक्त रामायणको गहिरो प्रभाव छ“दै थियो । ती दर्ुइ अग्रजलाई उनले आजीवन अत्यन्त श्रद्धा र सम्मान व्यक्त गरे । भानुभक्तलाई उनले नेपाली साहित्यका र्सवश्रेष्ठ कवि माने ।
चलनचल्ती अनुसार १५ को उमेरमा मनदेवीस“ग उनको विवाह भयो । पढाइ चल्दै गयो । १९८७ मा बीए उत्तर्ीण्ा भए । त्यसताक निकै ठूलो कुरा थियो, बीए पास गर्नु । पछि उनले बीएल पनि गरे । कविता छाप्दा उनका नामको पछि 'बीए, बीएल' लेखेको निकै पछिसम्म देखिन्छ ।
सिर्जनाको महाअभियान
लक्ष्मीप्रसाद देवकोटाले अध्ययनकालमा फुटकर कविता रच्दै आए । उनको 'गरिब' कविता १९९१ मा 'शारदा'को सुरु अंकमा छापिएको पहिलो कृति हो । कतिपयले 'पूणिर्माको जलधि' उनको पहिलो प्रकाशित कविता भनेका छन् । आर्थिक जटिलता भएको ठूलो परिवारमा 'बीए' पढाइले लक्ष्मीलाई 'टयुसन लक्ष्मी' दिनथालेपछि उनका काव्य मैदानमा कुद्न थाल्यो । कथित सभ्य बाहुन, क्ष्ँत्री, नेवार समाजले हेला गरेको झयाउरे छन्दलाई लक्ष्मीप्रसादले 'मुनामदन'को गाथामा सजाएर १९९२ मा प्रकाशित गरी लोकप्रियताको पराकाष्ठामा पुर्‍याए ।
उत्पीडन, दमन र अशिक्ष्ँा अन्धकारले ढाकेको राणाशाहीकालमा देवकोटाको पर्ूर्वीय सांस्कृतिक चेतनाले एकातिर 'सावित्री सत्यवान्' नाटक, 'शाकुन्तल' महाकाव्यजस्ता आदर्शवादी कृति सिर्जन थाल्यो । अर्कातिर 'महाराणा प्रताप', 'पृथ्वीराज चौहान'जस्ता स्वाधीनताप्रेमी भारतीय वीरहरूलाई महाकाव्यका रथमा चढाएर युद्ध मैदानतिर प्रेरित गर्न थाल्यो । उनको कलम काव्य संसारमा यस्तो विद्युत वेगमा उड्न थाल्यो- एकदिनमा कुञ्जिनी खण्डकाव्य र दस दिनमा सुलोचना महाकाव्य रच्ने अद्भुत स्रष्टाको चर्चा शिखरमा पुग्नथाले देवकोटा । राजकुमार प्रभाकर, वसन्ती, महेन्द्र, लूनी, सीताहरण, मायाबिनी र्सर्सर्ीीादि थुप्रै खण्डकाव्य, गीतिकाव्य, गीतिनाटक आदिको लहर चल्यो ।
अंग्रेजी शिक्ष्ँाले उनको पश्चिमी सांस्कृतिक चेतको द्वार पनि उघ्रयो । उनको विद्यार्थी जीवन र सिर्जनाको पहिलो चरणमा पश्चिमी साहित्य रोमानी -स्वच्छन्दतावादी) धारामा लहराएको थियो । त्यसका तरंग भारतमा पनि आइपुगेका थिए । देवकोटा पनि त्यसमा तरंगिए । उनका समकालीन सिद्धिचरण, युद्धप्रसाद आदि पनि लहराउ“दै गए । त्यो लहर २००७ पछिको नया“ पुस्तासम्म पनि छचल्कि“दै आयो ।
१९९७ को सहिद काण्डले देवकोटालाई निकै झस्कायो । धर्म र परम्पराको मोहनीबाट माथि उठेर उनले लेखे-
र्धर्म बोले- कुन मन्दिरमा पूजा गर्छर्ााआऊ,
मैले बोले“- वीरहरूको बलिदान भएको ठाउ“ ।'
त्यसपछि चार-पा“च वर्षउनी पुरानो र नया“ चिन्तनको द्वन्द्वमा लहरिए । ००४ मा उनले फड्को मारे । साहित्य रचेरमात्र पुग्दैन, क्रान्तिकारी राजनीतिमा हेलिएरमात्र युगौंको कालो शासन पल्टन्छ भन्ने अठोटले परिवारलाई च्वाट्टै छाडेर बनारस पुगी राष्ट्रिय कांग्रेसमा सामेल भए । युगवाणी पत्रिकामार्फ अंग्रेजी दास, निरंकुश राणाशाही विरुद्ध बमबारी गर्न थाले । यता पारिवारिक विचल्ली, उता भीषण आर्थिक संकट । एक-एक श्लोक कविताको चार-चार आना पारिश्रमिक जुटाएर गम्भीर कष्ट सह“दै झन् ठूलो प्रहार गर्दै गए ।
उनले मार्क्सवाद पढे । द्वन्द्वात्मक भौतिकवादी दर्शनको कोणबाट लेखे- र्'इश्वरवादस“ग निरंकुशतन्त्रको भूत, थिचाई-मिचाई, अत्याचार चलेकालर्ेर् इश्वरवाद आधुनिक संसारको नाकमा धेरै गन्हाएको छ' -भानु देवकोटा विशेषांक) देवकोटा कम्युनिष्टतिर लागे, ब्रि्रे भन्नथाले कांग्रेसी मित्रहरू । देवकोटा लेख्दै गए-
ज्यानै पो जाओस्, प्रँणै पो जाओस् पर्वाह गर्दैनौं
मानिसलाई चाहिने हक नलिई छाड्दैनौं ।
-पहाडी पुकार)
परिस्थितिले बाध्य भई देवकोटा स्वदेश र्फके । ००७ को आन्दोलनपछि उनले केही समय परिस्थितिको निरीक्ष्ँण गरे । नेताहरूमा सम्झौतावादी रवाफ र मोजमस्ती देखिन थालेपछि- 'नवाफी रवाफी, कवाफी छ नेता... प्रजातन्त्रको ढ्वाङ रित्तो करायो' जस्ता कविताले व्यंग्य हान्नथाले । आफ्नो परिवर्तित दार्शनिक सोच उनले तरुणतपसी प्रदक्ष्ँिणामा यसरी व्यक्त गरे-
'लेखनाथजीमा म द्वन्द्वात्मक भौतिकवादको नामनिसाना पनि देख्दिन । उहा“को वैज्ञानिक युगको चेत पातलो छ । उहा“ चाहनुहुन्छ, पछाडि र्फकन । ...मजदुर या किसानको श्रम शोषणको महापाप र पु“जीको पाजी प्रवृत्ति देखेर आ“सु चुहाउनु भावुकतामात्र हो ।'
उनले कृषिवालामा लेखे-
'धर्तीको यो मालिक्याइ“ ठालुबाट खोस
एक आवाज गर किसान, एकै डल्लो बनी
हजार गरिब एकातिर अर्कातिर धनी ।'
उनले क्रमशः समाजवाद र रूस, चीनको पक्षमा खुलेर लेख्न थाले ।
देवकोटा राजनीतिक बुद्धिजीवीका रूपमा सल्लाहकार सभामा पनि पुगे । मन्त्री पनि बने । प्रज्ञा-प्रतिष्ठान -नेपाल एकेडेमी) र त्रिभुवन विश्वविद्यालयको स्थापनामा विशेष भूमिका खेले । सरकारले अनुमति नदि“दा भारतको बाटो सोभियत संघ र अन्तर्रर्ााट्रय भेलामा पुगी साम्रँज्यवाद विरुद्ध साहित्य उठ्नर्ुपर्नेमा जोडदिए । सरकारले प्रज्ञा-प्रतिष्ठानबाट पाउने पारिश्रमिक कटायो, रोक्यो । उनी क्यान्सरग्रस्त भएर घोर पीडा सह“दै कलम चलाउ“दै रहे । उद्देश्य के लिनु उडी छुनु चन्द्र एकको आदर्श बोकेका देवकोटाले अन्तिम समयमा साथीहरूस“ग खाने कुरा होइन, पोटासियम साइनाइड देऊ भने । अन्ततः ५० वर्षो उमेरमै ती महान स्रष्टा, उच्चकोटिका बौद्विक व्यक्तित्व, अन्तर्रर्ााट्रय ख्यात्रि्राप्त महाकवि असंख्य साहित्यिक रचना दिएर ०१६ भदौ २९ सा“झ ६.१० मा आर्यघाटबाट सदाका लागि विदा भए । ती हाम्रा गौरवशाली राष्ट्रिय विभूतिको जन्मशताब्दी देशव्यापी रूपमा भव्यरूपले मनाएर उनको स्वाभिमान, सिर्जना र जनपक्षीय ध्येयलाई अघि बढाऔं ।

साभार: कान्तिपुर

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 17 कार्तिक, 2065

लेखकका अन्य रचनाहरु