अल्पायुका अमर व्यक्तित्व

- डिल्लीराम

भाषा, साहित्य, कला र संस्कृति एक स्वाभिमानी राष्ट्रका अमूल्य निधि हुन् । यी अमूल्य निधिहरूको संरक्षणमा प्रथमतः देशवासी नागरिकहरूको सर्वाधिक दायित्व रहन्छ । यिनै मूल्य, मान्यता, महत्त्व र मर्मलाई बुझ्ने जिउदा पारखीहरूको जन्म भने लाखौमा एक पनि मुस्किलले हुने गर्दछ । लाखौमा जन्मेका यी बहुआयामिक व्यक्तित्वहरूका इच्छा, आकाङ्क्षा , मनोभावना, विवेक र विचारको महत्त्वलाई सहजै स्वीकार गर्ने जनसमूह झन् त्यति नै दुर्लभ र अभावपूर्ण स्थितिमा रहेको प्रतीत हुन्छ । त्यसैले नेपाली समाज र परिवेशबाट अलिकति पनि टाढा नरहेर कलिलै उमेरमा भाषा, साहित्य, समाज र राष्ट्रको गौरवमय छविलाई चरम शिखरमा पुर्‍याई अमरत्व प्राप्त गर्ने राष्ट्रिय विभूति मोतीराम भट्ट नेपालीका ढुकढुकी हुन् । नेपाली समाज र जातीयताका पुजारी, भाषा मर्मज्ञ आदिकवि भानुभक्त आचार्यबाट प्रारम्भ भएको भाषिक र जातीय एकताका साथै रचनात्मक र सिर्जनात्मक वाङ्मयमा उनले छोडेर गएको नासोलाई हुर्काउने दायित्व युवाकवि मोतीराम भट्टबाट नै भएको हो । प्रत्येक वर्ष भाद कुशेऔासीका दिन यिनै राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मजयन्ती मनाउने परम्परा कायम रहेको छ । उनको उदयबाट नेपाली साहित्यमा गौरवपूर्ण योगदान पुगेको छ । आदिकवि परलोक हुनुभन्दा दुईवर्ष अघि वि.सं. १९२३ साल भाद्र कुशेऔसीका दिन काठमाडौका पण्डित दयाराम भट्टको कुलमा जन्मेका मोतीराम ३० वर्षको उमेरमा नेपाली साहित्यमा राष्ट्रिय विभूतिद्वारा सम्मानित हुनपुगे । मोतीराम भट्टको मन आधुनिक मात्र हैन उनी त परिवर्तनका अनुयायी थिए । पण्डित कुलमा जन्मेका र सानै उमेरमा बाबुआमासाग बनारसमा गई संस्कृतको अध्ययन गरेको मोतीराम सबैजसो भाषाका ज्ञाता थिए । मोतीराम भट्टले वर्तमान जस्तो सुगम शिक्षा प्राप्त नगरे पनि प्रतिभाका बेजोड धनी थिए । नेपाली साहित्यका अग्रज नक्षत्र, युवककवि मोतीराम भट्ट माध्यमिक कालमा मूलतः तीन तथ्यका लागि सही आन्दोलन भए । प्रथमतः उनले बदलीभित्र लुकेका भानुभक्तलाई उनका कृति सङ्कलन गरी प्रचारप्रसार गरे दोस्रो अद्वितीय समर्पण र तेस्रो निःस्वार्थका साथ भानुभक्त आचार्यपछि चक्रपाणि चालिसे र लेखनाथ पौड्याल नआएसम्म बीचको साहित्यिक युगलाई समेत प्रतिनिधित्व गरेका थिए । मोतीरामले नेपाली वाङ्मयको उत्थानका निमित्त अत्यन्त महत्त्वपूर्ण कार्य गरेका छन् । यस क्षेत्रमा उनको चौतर्फी ध्यान पुगेको देखिन्छ । मोतीरामले एकातिर विभिन्न कृतिहरू रचना गर्दै गए भने अर्कोतिर अन्य लेखकहरूका कृतिहरूलाई छाप्ने प्रबन्ध मिलाएर प्रथमपटक नेपाली साहित्यका कृतिहरू सार्वजनिक गरे । मोतीराम आफू त कवि छादै थिए, त्यसमा पनि उनले आˆना समकालीन कविहरूलाई साहित्य लेखनतर्फ प्रेरणाको हुटुहुटी नै जगाए । राष्ट्रिय योगदानको समतामूलक आधारमा हेर्ने हो भने मोतीरामका अनगिन्ती कृतिहरू प्रकाशित छन् । तत्कालीन परिवेशमा पनि संस्कृतिकै विद्वानहरूको आधिपत्य जस्तै थियो, तापनि भानुभक्त नेपाली भाषामा रामायण लेखेर परिस्थितिलाई कडा चुनौती भने दिएका थिए । मोतीरामको कालसम्म पनि नेपाली भाषाले प्रतिष्ठापूर्ण स्थान लिन त्यति सकेको थिएन । मूलतः जहाानिया राणाशासनको समय उर्दु र फारसीका प्रभावले नेपाली भाषा फष्टाउन नसकेको अवस्थामा नाटकहरू पनि उर्दू र फारसी भाषामा नै मञ्चन हुन्थे । त्यस प्रकारको परिपाटीलाई अन्त गरी शकुन्तला र पि्रयदर्शिका नाटक पनि मोतीराम भट्टले तत्काल मञ्चन गरेका थिए । राष्ट्रप्रेमप्रति उन्मुख मोतीरामलाई मात्र हैन मानिसको जीवनका तीन अवस्था शैशवावस्था, किशोरावस्था र युवावस्थामा कालविभाजनले समय नै कति पो रहन्छ ? तर पनि मोतीराम भट्टले अल्पायुमै भाषा र साहित्यको श्रीवृद्धि र प्रतिष्ठाका लागि जति गरे त्यो नै असाधारण र अनुकरणीय छ । मोतीराम भट्ट साहित्यिक सिर्जनामा आˆना अग्रज, समकालीन र उत्तरवर्तीहरूलाई अगाडि बढाउन चाहन्थे, कसैको गुणको प्रशंसा गर्दा निर्भिक भएर गर्ने उनको विलक्षण गुण थियो । उनले कविको वर्गीकरणमा पनि सहजकवि र संसर्गीकवि अर्थात् स्वाभाविक र कृत्रिमकवि भनेर विभाजन गरेका छन् । यस परिभाषाभित्र सहज कविको तुलनामा संसर्गी कवि कहिल्यै पुग्न सक्दैन भन्ने मोतीराम भट्टको मूल्याङ्कन शाश्वत छ । त्यसैले आˆना अग्रज कवि भानुभक्त आचार्यलाई सहजकवि भनेर आदिकविको उपाधि दिने पहिलो निडर व्यक्ति पनि मोतीराम नै हुन् । मोतीरामले भानुभक्तलाई कतै कवि कुलमुकुटमाणिक्य र कतै कविचक्रचूडामणि भनेका छन् भने समकालीन कवि राजीवलोचन जोशीलाई कविशिरोमणि र पद्मविलास पन्तलाई कविवर तथा उपदेशमञ्जरीका कवि तीर्थराज पाण्डेलाई कविकेशरीको उपाधि दिएका छन् । मोतीराम भट्टले कविसमूहवर्णन अन्तर्गत भानुभक्त आचार्य, राजीवलोचन जोशी, पद्मविलास पन्त, लक्ष्मीदत्त पन्त, नरदेव पाण्डे, गोपीनाथ लोहनी र तीर्थराज पाण्डे जस्ता कविहरूको कवित्व प्रतिभाको बारेमा कवितामै वर्णन गरेका छन् । कवि मोतीराम भट्टद्वारा संवत १९४८ सालमा काशीबाट प्रकाशित नेपाली साहित्यको प्रथम समालोचनात्मक जीवनीमूलक ग्रन्थ कवि भानुभक्तको जीवन चरित्र हो भने उनका अनेकन फुटकर कविताहरूमध्ये अचल झण्डा प्रसिद्ध राष्ट्रिय कविता हो । नेपालको महिमा प्रस्तुत गरिएको अचल झण्डा कविताको विशेष महत्त्व छ ः अचल् भण्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा । रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा ।। यवन्ले राज् गर्दा कति पतित हिन्दूस्थल भयो । फकत् यो नेपालको मुलुक वचि कंचन रहिगयो । यसरी नेपाल राष्ट्र र नेपाली भाषा साहित्यको विकासमा अविस्मरणीय योगदान दिएका मोतीराम भट्टको वि.सं. १९५३ साल भाद्र महिना आफू जन्मेकै दिन काठमाडौमा निधन भयो । गोरखापत्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 29 भाद्र, 2065

लेखकका अन्य रचनाहरु