स्वप्नदृष्टि महाकाव्यमा भविष्यको निर्माणकारी अभिव्यञ्जना

- प्रा. डा. कपिल लामिछाने

उठान
नेपाली महाकाव्य–यात्राका एक स्वप्लिन यात्री रामप्रसाद ज्ञवाली ९२०२४० को यात्रा– महाकाव्य स्वप्नदृष्टि ९२०७४० हालै प्रकाशित भएको छ । औंसीका फूलहरू ९२०५३० बाट महाकाव्य–यात्रा आरम्भ गरेका ज्ञवालीको यो महाकाव्य उनकै महाकाव्य–यात्रा तथा नेपाली महाकाव्य–यात्राको समेत अनुपम प्राप्ति ठहरिन गएको छ । साहित्यसिर्जना र समालोचनाका साथै दर्जनौँ पाठ्यपुस्तक आदिको लेखन–सम्पादनका माध्यमबाट आफ्नो बौद्धिक व्यक्तित्वको विकास गरेर खारिएको जिम्मेवार कलमबाट यस महाकाव्यको रचना भएको छ ।
महाकाव्य चानचुने रचना होइन । चानचुने लेखकले महाकाव्यको रचना गर्ने कुरा सोच्न पनि सक्दैनन् । कनीकुथी श्लोक या कविताको थुप्रो लगाउँदैमा त्यो महाकाव्य हुँदा पनि हुँदैन । ‘महाकाव्य’ भनेर बजारमा देखापरेका सबै रचना महाकाव्य हुँदा पनि होइनन् । साहित्यमा उच्च स्थान बनाएको महाकाव्य महान् काव्य हो । यसको आकारमात्र महान् ९विशाल÷ठूलो० हुँदैन । सुनिश्चित प्रबन्धन, सूक्ष्म सकारात्मक जीवनदर्शन, उच्च आदर्श, विस्तृत विविध वर्णनको अपेक्षा गरिन्छ । साथै यसको सिर्जनाका निमित्त लेखकमा दृढ निश्चय र समर्पण समेत अपेक्षित हुन्छ । रामप्रसाद ज्ञवालीमा यस्तो दृढता पाइन्छ ।
कवि समुन्नत र समृद्ध विश्वमानव–समाजको निर्माण गर्न चाहन्छन् । यसका लागि साम्राज्यवाद–विस्तारवाद बाधक छ । त्यसका विरुद्ध जागरुक भई सङ्गठित भएर यसको सशक्त प्रतिवाद गर्नुपर्ने हुन्छ । महाकाव्य महाकाव्यकारको जीवन भोगाइ र त्यसको मन्थनबाट निर्मित उच्च जीवनदर्शनको कलात्मक भाषिक अभिव्यक्ति हो । महाकाव्यकार ज्ञवालीले आफ्नो जीवन भोगाइका क्रममा सुनिश्चित जीवनदर्शन बनाएका छन् भने प्रस्तुत महाकाव्यमा त्यसको अभिव्यक्ति गरेका छन् । यस महाकाव्यमा नेपाली श्रमजीवी र समग्र मानवको भविष्यको निर्माणकारी अभिव्यञ्जना पाइन्छ । यहाँ प्रस्तुत महाकाव्यलाई यही भविष्यदृष्टिका कोणबाट विश्लेषण गरिएको छ ।
भविष्यको परिकल्पना
कवि ज्ञवालीले यहाँ श्रमप्रतिको निष्ठा, धर्ती र मानवताप्रतिको आस्था तथा सुन्दर भविष्यको परिकल्पना गरेका छन् । महाकाव्यको प्रथम श्लोकमै यसको झलक पाइन्छ । जस्तै स्
गाऊँ सुन्दर गीत उच्च श्रमका– धर्ती बनोस् जग्मग
लाऊँ सुन्दर प्रीति स्वच्छ मनका– बास्ना चलोस् मग्मग
देखूँ सुन्दर जिन्दगी प्रगतिका– मान्छे उठेको सदा
लेखूँ सुन्दर सारपूर्ण कविता– बाँचोस् कला सर्वदा । ९पृ।४१०

मङ्गलाचरण नभनेरै यहाँ मङ्गलकामना गरिएको छ । महाकाव्यको विषयवस्तु र उद्देश्यसँग सम्बद्ध भएकाले यसलाई वस्तुनिर्देशात्मक मङ्गलाचरण भन्न सकिन्छ । महाकाव्यको विषयवस्तु ऐतिहासिक र सदाश्रित हुनुपर्दछ भन्ने दण्डीको मान्यता छ । यात्रा वर्णन, युद्ध, प्रकृति आदिको वर्णन त्यसै विषयवस्तुभित्रको वण्र्यविषय हुन्छ भन्ने संस्कृत काव्यशास्त्रीको मान्यता छ । यहाँ भने यात्रा नै मुख्य विषय रहेको छ । कवि ज्ञवालीको वैचारिक निकटता भएका विश्वका चर्चित मुलुक चीन र उत्तरकोरियाको भ्रमणले उनलाई पुलकित र रोमाञ्चित तुल्याएको छ । २०७३ भदौमा गरिएको दुईहप्ते भ्रमणका क्रममा भ्रमणबाट देखेभोगेका र आत्मसात् गरेका विषयलाई समेटेर महाकाव्यको रचना गरिएको छ । काठमाडौँबाट चीनको ल्हासा, छेन्दु र बेइजिङ तथा उत्तरकोरियाको प्योङयाङका विभिन्न स्थानको भ्रमण, अवलोकन, गोष्ठी, सेमिनार तथा चीन र विशेषतः उत्तरकोरियाका विकासका सम्प्राप्तिबाट लेखक प्रभावित छन् ।
श्रम र श्रमिक वर्गप्रति श्रद्धा
मानव सभ्यताको विकासमा श्रमको अहम् भूमिका छ । श्रमको सम्बन्ध उत्पादनसँग छ । श्रम र उत्पादन सम्बन्धले गर्दा नै मानिसले सभ्यतामा फड्को मार्न सकेको हो । पुँजीवाद श्रमिकको श्रमशोषण र समाजवाद श्रमको उचित सम्मान र प्रोत्साहनमा उभिएका सिद्धान्त हुन् । श्रमको उचित सम्मान र व्यवस्थापन हुने हुँदा समाजवादी व्यवस्था भएका मुलुक वा समाजवादोन्मुख मुलुकमा श्रमिक वर्गको ठूलो भूमिका रहेको हुन्छ ।
कवि स्वयम् श्रमिक हुन्, बौद्धिक श्रमिक । उनी श्रम र श्रमिक वर्गप्रति सदासर्वदा श्रद्धा गर्दछन् । तिनका श्रमको प्रशंसा गर्दछन् । मजदुर, किसान जस्ता शारीरिक श्रम गर्ने तथा अन्य बौद्धिक श्रम गर्ने श्रमिकका श्रम र पसिनाले नै समाजको विकास गर्न सकिन्छ र राष्ट्रलाई समृद्ध तुल्याउन सकिन्छ । चीन र उत्तरकोरियाको विकास र समृद्धि त्यहाँका अमिकजनका कारणले नै सम्भव भएको हो भन्ने कविको ठम्याइ छ ।
चीनका केही सहरको भ्रमण गरेपछि कवि ज्ञवाली चीनको समृद्धिबाट प्रभावित भएका छन् । उनी लेख्छन् स्
सोचले, योजनासाथै दृढ इच्छा, प्रचारले
श्रमले, साधनासाथै सङ्कल्प र विचारले
अनुशासनले, त्यस्तै ऐन–कानुनले गरी
विकास राष्ट्रको हुन्छ उज्यालो जिन्दगी छरी । ९पृ।१०३०

ग्रेटवालको विशाल निर्मिति देखेर कवि लेख्छन् ः
आ मा मा १ कसरी होला बनेको भव्य दुर्ग यो रु
भारी बोकेर डाँडामा दगुरे हुन् अनन्त को रु
चमत्कार छ मान्छेको, कल्पनातीत जाल छ–
मान्छेका सिर्जनामध्ये ग्रेटवाल कमाल छ । ९पृ।१०५०

उत्तरकोरियाको विकास र समृद्धिको राज पनि श्रम हो भन्ने कुराको बोध भएको पाइन्छ कविमा ।–
एकता हो ठुलो शक्ति जनता जनताबिच
भएमा एकता कोही डराउन्नन् कसैसित
उत्कृष्ट सिर्जना हुन्छन् स्रष्टा–स्रोत जुटेपछि
श्रम, शिल्प र सङ्कल्प जुर्मुराई उठेपछि ।

भोकानाङ्गा कुनै हुन्नन् श्रमका सिर्जना चले
ढल्छन् सहजै वैरी आत्मविश्वासमा चले
श्रद्धाले श्रमले सच्चा मनको राष्ट्रगानले
जुरुक्कै उठ्दछन् मान्छे जागेमा स्वाभिमानले । ९१९४०

समृद्धि र समुन्नतिको मुख्य स्रोत भनेको मानवीय श्रम नै हो । जुन मुलुकका नागरिक श्रम गर्दछन् तिनीहरू व्यक्तिगत रूपमा पनि समृद्ध छन् र तिनको मुलुक पनि समृद्ध भएको छ । उत्तरकोरियाको पहिलो दृष्टिमै कविलाई यसको अनुभूति भएको छ ।–
देख्दा खेतीहरू लाग्यो– यस्तो उर्वर भूमिमा
परिश्रम गरे मान्छे मर्नै पर्दैन व्यर्थमा
उर्वरा छ भने भूमि, चलेमा श्रम–पाखुरी
श्रमी मान्छे कहाँ मर्छ भोकभोकै किरासरि रु

गरेर श्रमको खेती, धर्ती पारेर उर्वर
होला सायद यो बन्न सकेको आत्मनिर्भर । ९पृ।१३७०
यसरी प्रस्तुत माहाकाव्यको सर्वेक्षण गर्दै जाने हो भने यहाँ श्रम, लगनशीलता, एकता र अनुशासनलाई महŒव दिएको देखिन्छ । अल्छी तिघ्रो स्वादे जिब्रो गरेर हुँदैन । काम गर्नाका दुखले जोगी भयो, जोगी भएको भोलिपल्ट भोकै रह्यो जस्ता नेपाली उखानबाट नेपाली लोकसमुदाय पनि काम ९श्रम० लाई उच्च महŒव दिन्छ भन्ने बोध गर्न सकिन्छ । यही लोमान्यताबाट संस्कारित कवि मन श्रमप्रति निष्ठावान् छ र विदेशी मुलुकको समृद्धिको मूल कारक तŒव श्रम हो भन्ने निष्कर्षमा पुगेको पाइन्छ ।

साम्राज्यवादप्रति घृणा
साना र कमजोर देश वा राज्यहरूलाई आफ्नो शक्तिद्वारा वशमा पारेर आफ्नो राज्यको विस्तार गर्ने वा आफ्नो प्रभुत्व कायम गर्ने हैकमवादी सिद्धान्त नै साम्राज्यवाद हो । ठूला देशले अर्को देशमा आर्थिक–राजनीतिक शोषण गर्नु साम्राज्यवादी चरित्र हो । पहिले अर्काको भूमिमाथि आधिपत्य जमाउने सम्राज्यवाद यता आएर जमिनमाथि भन्दा राज्यसत्तालाई आफ्नो वशमा पार्ने दाउ हेरिरहन्छ र त्यसको लागि अनेक शस्त्रास्त्रको समेत उपयोग गर्दछ ।
समाजविकासका क्रममा जरा गाडेर बसेको सामन्तवादलाई उखाल्न पुँजीवादको सकारात्मक भूमिका रहे पनि अन्ततः पुँजीवाद श्रमको शोषणमै उभिन पुग्यो । यसले गर्दा सर्वहारा श्रमिक वर्ग र पुँजीपति वर्गका बीचका अन्तर्विरोध चर्केर गयो । पुँजीवाद उत्पादनका साधनमा निजी स्वामित्व तथा अतिरिक्त श्रमको शोषणमा आधारित अर्थव्यवस्था हो । यही पुँजीवादको गर्भबाट साम्राज्यवाद जन्मेकाले साम्राज्यवादले एकातिर पुँजी र अर्कातिर राज्यसत्ताउपर आफ्नो बलियो पकड बनाइरहन मरिहत्ते गर्दछ । साम्राज्यवाद र समाजवादको अन्तर्विरोधको मूल जरो यही हो ।
प्रस्तुत महाकाव्यमा कवि ज्ञवालीले साम्राज्यवादी चरित्रलाई उदाङ्गो पार्दै त्यसप्रति घृणा जगाउने कार्य गरेका छन् । सोभियत सङ्घको विघटनपश्चात् अमेरिकी साम्राज्यवादले अलिक हलुका महसुस गरेको हो र उसले राजनीतिक विमति राख्ने मुलुकहरूउपर अनेक जालझेल र चलखेल गर्दै आइरहेको छ । त्यही साम्राज्यवादी खेलको सिकार उत्तरकोरिया पनि हुने गरेको छ । अध्यक्ष किम इल सुङको जुछे विचारधाराले गर्दा सम्पूर्ण कोरियाली जनताहरू योजनाबद्ध–एकताबद्ध भएर लागेकाले अमेरिकी साम्राज्यवाद पटक–पटक परास्त भइआएको छ । यस्तो विचारधारा बारे प्राध्यापक ओ सोङ चोलले ज्ञवाली र उनका सहयात्रीलाई प्रस्ट्याएका छन् । –
ध्वस्त पार्न तथा मार्न सिध्याउन स्वतन्त्रता
साम्राज्यवादले छर्छ युद्ध–आतङ्क सर्वदा ।

घेरी चारै दिशाबाट पार्नलाई छिया छिया
साम्राज्यवाद चाहन्छ घुस्न उत्तरकोरिया
एक्लै पारेर यो राष्ट्र पुँजीवाद उठाउन
साम्राज्यवाद चाहन्छ यसलाई झुकाउन ।

तर यो राष्ट्र झुक्दैन, खडा छौँ स्वाभिमानमा
नेता महान् हुँदा हाम्रा जनता हिँड्छ साथमा
विकास तीव्र गर्दै छौँ लाग्न सक्छ अचम्मको
सेनाविस्तार गर्दै छौँ लेक–मैदानसम्मको ।

शक्तिशाली छ यो राष्ट्र सेनाले, हतियारले
सुसङ्गठित मान्छेले, मिलेका परिवारले
बलवान् छ पुरै राष्ट्र राजनीतिक धारले
सङ्कल्पले र श्रद्धाले, आस्थाले र विचारले । ९पृ।१६८–१६९०

जापान पनि अमेरिकी साम्राज्यवादको अन्धसमर्थक भएर लागेको छ । साम्राज्यवाद कति तल्लो स्तरमा उत्रेर घोर मानवताविरोधी कार्य गर्दछ भन्ने कुरा कोरियामाथि गरेको अत्याचारबाट प्रस्ट हुन्छ । त्यसलाई कवि ज्ञवालीले यसरी प्रस्तुत गरेका छन् स्

आक्रामक बनेका छन् खसाली बमबारुद १
अत्याचार गरेका छन् निर्दोष जनतातिर १
घरबस्तीहरू ध्वस्त पारेका कति हो कति १
आगो लगाउँदै मान्छे मारेका कति हो कति १

वृद्धवृद्धाहरू मार्थे घोची सङ्गीनले चिरी
बलात्कार गरी मार्थे युवती, बालिकाधरी
छ्याक्क छ्याक्क गरी काट्थे दुधे नानीहरू कठै १
छानी छानी युवा मार्थे घिसार्दै यातना दिँदै १

दुध चुस्दै भए बच्चा तान्थे घाँटी दबाउँदै १
आमाका स्तन काटेर भकुन्डो खेल्दथे अझै १
नाङ्गै पारी दिदीबैनी बलात्कार गरी गरी
गुप्ताङ्गमा छुरी घोप्दै हाँस्थे जल्लादझैँ गरी १

च्याती युवतीका योनी तरबार घुसाउँदै
भाला घोच्दै भुसा कोच्दै तड्पाउँथे रमाउँदै १
घाइते वृद्धवृद्धाका छाला काट्थे चुनी चुनी १
युवाका लिङ्ग काटेर मिल्काउँथे गरामुनि १

पक्रेर वीर योद्धाका हातगोडा कुँजा गरी
कुत्तालाई लगाएर टोकाएर घरी घरी १
चोक्टा लुछ्न लगाएर छाला काढेर नाच्दथे १
सुन्थे चीत्कार योद्धाका, खित्का छाडेर हाँस्दथे १

ताता फलामका राता सुइरा हातमा लिई
आँखामा घोच्दथे, कोच्थे योनीमा यातना दिई १
सुत्केरी महिलालाई घिसार्दै खुर्मु¥याउँदै
अट्टहास गरी हाँस्थे मृत्युसम्म पु¥याउँदै १ ९पृ।१७६–१७७०

यतिमात्र होइन, अमेरिकी साम्राज्यवादले माछा र हावामा विष हालेर, जङ्गलमा डढेलो लगाएर सर्वसाधारणलाई मृत्युको मुखमा धकेल्ने गथ्र्यो । देशमा अनेकपटक नाकाबन्दी लगायो, तर कोरियालीहरूले एक ढिक्का भएर लडे, सङ्घर्ष गरे । कोरियालीहरू मर्न तयार भए, तर आफ्नो अस्तित्व र सम्प्रभुता सुम्पन तयार भएनन् । परिणामतः कोरिया समृद्ध भएको छ, शस्त्रास्त्रले सुसज्जित भएको छ र दुस्मनको सातो काढ्ने क्षमता बनाएको छ । यो कुरा साम्राज्यवादका लागि टाउको दुखाइ भएको छ र अहिले पनि कोरियामाथि आक्रमण र नाकाबन्दीको कुरा चलिरहेकै छ । जनताको दुहाइ दिएर जनता मार्नु, मानवताको प्रश्न उठाएर मानवताको हत्या गर्नु, शान्तिको कुरा उठाएर आतङ्क मच्चाउनु साम्राज्यवादी चरित्र हो ।–

अमेरिकी र जापान–जस्ता राष्ट्रहरू सबै
जनताका कुरा गर्छन्, जनता मार्दछन् सधैँ १
भयानक बनाएर शस्त्र अस्त्र नयाँ नयाँ १
शान्ति छर्ने कुरा गर्छन् छर्दै आतङ्क विश्वमा १ ९पृ।१७९०

अमेरिका विश्वआतङ्कवादको विरोध गरेको ढोँग गर्दछ । विश्वबाट आतङ्कवाद निर्मूल पार्ने कुरा पनि गर्दछ, तर ऊ स्वयम् नै आतङ्कवादको जन्मदाता हो । विन लादेन, तालिवान आदिको जन्मदाता स्वयम् अमेरिका हो ।–
सबैको एउटै बोली– विश्वसाम्राज्यवादको
आतङ्कवादको मुख्य नेता अमेरिका छ त्यो १
त्यो देशले गरेको छ हस्तक्षेप जताततै
अर्काको देशमा घुस्दै, लुट्दै, धम्क्याउँदै सधैँ ।

आतङ्कित गरेको छ सेना राखी जहाँतहाँ १
स्वतन्त्रता हरेको छ ससाना राष्ट्रको यहाँ १
नगरे उसको भक्ति प्रतिबन्ध लगाउँछ १
दास बन्न सके मात्रै ‘मित्र १ भन्दै सघाउँछ १

आफैं आतङ्कको नेता जन्माउँछ अमेरिका १
दिन्छ तालिम, आफैंले हुर्काउँछ अमेरिका १
आफैं शस्त्रास्त्र सुम्पेर रौस्याउँछ अमेरिका १
छरेर युद्धका बीज हौस्याउँछ अमेरिका १

‘विन लादेन’को जन्म उसैबाट भयो यहाँ
‘तालिवान’ बनाएको उसैले अफगानमा
उसैले युद्ध–आतङ्क चलाएको ‘इराक’मा
टुक््रयाएको उसैले हो रुसलाई यहाँ त्यहाँ । ९पृ।२११०

अमेरिकाले कोरियालीहरूलाई हुनसम्मको दुख दियो, तापनि कोरियालीहरू कहिल्यै पछि हटेनन् र अहिले पनि डटिरहेकै छन्, तर तिनका मनमा अमेरिकाप्रति घोर घृणा विद्यमान छ । एक कोरियन युवतीको कथन स्
मिडिया हात पारेर छरी दिग्भ्रमका कुरा
अमेरिका सधैँ रोप्छ वीरका पीठमा छुरा १

चर्को घृणा छ हामीमा वैरी अमेरिकाप्रति
आक्रामक भएकाले, गरेकाले ठुलो क्षति
झुक्याई त्यसले हान्यो दर्जनौं बम ध्वंसक १
मिसाइलहरू हानी पा¥यो लाखौं हताहत १

हजारौँ जनता मा¥यो, ध्वस्त पा¥यो बिरासत
बिचल्ली सबको पा¥यो, गरायो क्षतविक्षत १
ढुङ्गामाटो तथा हावा, पानी पारी प्रदूषित
पा¥यो सन्त्रस्त वैरीले १ आतङ्कित ग¥यो सब ।

नगरा युद्धको बज्दा, हुनाले युद्ध बर्बर
गयो भूकम्प धर्तीमा, काम्यो आकाश थर्थर
भगाभाग भयो हाम्रो हुँदामा क्षत–विक्षत
हामीले तर त्यागेनौँ स्वाभिमान र हिम्मत । ९पृ।२४५०

कोरियालीहरू साम्राज्यवादविरुद्ध खटेर डटेर लड्न तयार भए । साम्राज्यवादले जतिसुकै भ्रमको खेती गरे पनि कोरियालीहरू पछि हटेनन् । –

सूचनाको छ साम्राज्य, सक्ला भ्रम फिँजाउन
हो सक्ला ङ्याक्न ऊ साना राष्ट्र, सक्ला रुवाउन
कोरिया तर झुक्दैन आतङ्की हतियारले
हिमाली जल सुक्दैन धुवाँ, आगो र खारले ।

हामी हिम्मत हार्दैंनौँ, लड्छौँ ढिक्का बनी अझै
सुप्रिमो, जनता हामी, कोरियाली सबै सबै
ज्ञान–विज्ञानको हिँड्छौँ अस्तित्वको पथ
हामी सक्षम छौँ लड्न, लघार्दै शत्रुको रथ ।

सम्झौताहीन सङ्घर्ष कोरियाले ग¥यो सधैं
दागा धरिरहेकै छन् वैरीले अझ उत्तिकै
लड्दै नै छौँ अझै हामी वैरीसामु निरन्तर
मरौँला, कष्ट भोगौँला तर हुन्नौँ पराजित १ ९पृ।१८००

यसरी केलाउँदै जाँदा प्रस्तुत महाकाव्यमा साम्राज्यवादको क्रूर र नृशंस चरित्र प्रस्तुत गरी त्यसप्रति घृणा पैदा गर्दै त्यसबाट कोरियाझैँ सदा दृढतापूर्वक चनाखो हुनुपर्ने अभिव्यञ्जना गरिएको छ । कोरियामाथिको पटक–पटकको आक्रमणको कोरियाली सरकार र जनताले दृढतापूर्वक प्रतिकार गरेका र अमेरिकी साम्राज्यवाद अमिलो मुख लिएर लुत्रुक्क पर्दै पछि हट्ने गरेको इतिहास साक्षी छ ।

विस्तारवाद
अमेरिकी साम्राज्यवाद जस्तै भारतीय विस्तारवाद पनि अहिलेको विश्वको टाउको दुखाइको विषय बनेको छ । भूगोल र जनसङ्ख्यामा दक्षिण एसियामै ठूलो रहेको भारतले अरू छिमेकी मुलुकको सार्वभौमसत्ताउपर पटक–पटक धावा बोल्ने गरेको छ । भूगोल र जनसङ्ख्यामा ठूलो हुँदैमा कुनै देश ठूलो हुँदैन । छिमेकीहरूप्रति भारतको सदैव मिचाहा प्रवृत्ति देखापरेको छ । भूभाग अतिक्रमण गर्नु, आन्तरिक मामिलामा हस्तक्षेप गर्नु, छिमेकी मुलुकको राजनीतिमा सूक्ष्म व्यवस्थापन गर्नु उसको हेपाहा र विस्तारवादी नीतिका परिचायक हुन् । यस्ता तथ्यबाट कवि ज्ञवाली पूर्णतः परिचित छन् ।
उत्तरकोरियामा भइरहेको गोष्ठीमा नेपाली टोलीका माणिकले साम्राज्यवाद–विस्तारवादका बारेमा प्रश्न राख्दा भारतीय प्रतिनिधि गुप्ता जङ्गिएका छन् र हस्तक्षेपकारी विस्तारवादी चरित्र देखाएका छन् । खप्न गारो भएपछि प्रतिकार गर्दै लेखकले भनेका छन् ः
भनेँ– हो ‘कोरिया’ निम्ति जस्तो शत्रु ‘अमेरिका’
हाम्रो नेपालका निम्ति त्यस्तै ‘भारत’ हो सदा
दम्भी भारतले डस्छ–खुनी विस्तारवादले १
हस्तक्षेप सधैँ गर्छ– दास साम्राज्यवादले १

नाकाबन्दी कतै गर्छ, भूमि हर्छ कतैतिर १
हस्तक्षेप सधैँ गर्छ, दागा धर्छ सबैतिर १
सधैँ हेप्छ बनी ठालु, काला छन् यसका कुरा
मुखमा रामको नाम, कोखमा धारिलो छुरा । ९पृ।१७२–१७३०

यी कथनबाट भारतीय विस्तारवाद नेपालका लागि कति घातक र क्रूर रहेछ बुझ्न सकिन्छ । भारतीय विस्तारवादको देखावटी रूप फरक छ भने उसको वास्तविक रूप फरक छ । –
दाँत बाहिर छन् सेता, पहेंला तर भित्र छन्
देखावटी कुरा गर्छन्, मसीका शब्दचित्र छन्
मात्र भाषण गर्दै छन् छ समर्थन झैं गरी । ९पृ।१७५०

नाकाबन्दी गरी मार्ने नेपाली जनताहरू १
छिमेकी राष्ट्रको स्वत्व मास्ने खोसेर आबरु १ ९पृ।१७५०

भारतीय विस्तारवादका नायक मोदीका कुरा सुन्दा हितकारी लागे पनि तिनका व्यवहार नेपाल र नेपालप्रति घातक रहेका छन् । नेपालको पानीमाथि आधिपत्य जमाएर आफ्नो स्वार्थका निमित्त प्रयोग गर्ने, नेपालका सीमा क्षेत्रमा उच्च सडक निर्माण गरी नेपालको भूभागलाई डुबानमा पार्ने लगायतका कतिपय एकतर्फी कार्य भइरहेका छन् । नेपाललाई सानो ठानेर हेप्ने कार्य भएका छन् ।

राष्ट्रवाद
साम्राज्यवादप्रतिको घृणा होस् कि विस्तारवादप्रतिको विरोध यी सबैको पछाडि स्वराष्ट्रप्रतिको निष्ठा, आस्था र स्वराष्ट्रको हित जोडिएको छ । राष्ट्र सर्वोच्च हो । कवि ज्ञवालीको वैचारिक चिन्तन पनि राष्ट्रसँग गाँसिएर आएको छ । मान्छेको स्वत्व, अस्मिता, पहिचान, चिनारी भनेकै उसको राष्ट्र हो । कवि ज्ञवालीले ‘परिचय’ शीर्षकको आठौँ सर्गका केही श्लोक नेपालको प्रकृति, संस्कृति र सुकृति–गानमा लगाएका छन् । –
जहाँ सौन्दर्यले आफैं भव्य सौन्दर्य पाउँछ
जहाँ सङ्गीत नै झुक्दै सिक्न सङ्गीत आउँछ
कलाकार जहाँ आई कला बन्दै रमाउँछन्
अशान्ति, मनका पीडा जहाँ आई हराउँछन् । ९पृ।१५००
आफ्नो परिचयलाई कवि ज्ञवालीले आफूलाई सगरमाथा, माछापुच्छ«े, फेवा, लुम्बिनी, बुद्ध, शान्ति, गण्डकी, भृकुटी, चन्द्र, सूर्य, रारा, भव्य उपत्यकाहरू, भाषा, संस्कृति, कला, गला, गोसाइँकुण्ड, स्वर्गद्वारी, रुरुक्षेत्र, शालिग्राम, भानुभक्त, मोतीराम, लेखनाथ, देवकोटा, भूपी, पारिजात र कृष्णसेनसम्मका साहित्यस्रष्टा, गङ्गालाल, दशरथ, शुक्रराज, धर्मभक्त जस्ता शहीदहरू, योगमाया, कृष्णलाल आदि क्रान्तिकारीहरूको देशको कविका रूपमा प्रस्तुत गरेका छन् । देशको वर्तमान सन्तोषजनक नभए पनि यसको इतिहास गौरवशाली छ, यसको प्रकृति भव्य–सभ्य छ । गरे जे पनि सम्भव हुने सम्भावनाको मूल ढोका खुला छ ।
यस्तो राष्ट्र यस्तो मुलुकलाई डस्न खोज्ने विस्तारवादप्रति कवि ज्ञवालीको कठोर आक्रोश छ । जबजब उनी विदेशका आँगनमा विकासका अद्भुत चमत्कार देख्छन् अनि स्वदेशको सम्झनाले उनलाई सताइरहन्छ । जस्तै स्
अरू विकासमा दङ्ग, हामी जाति र रङ्गमा १
अरू छन् जुट्नमा दङ्ग, हामी फुट्छौँ उमङ्गमा १
टोपी’, ‘धोती’ र ‘कुर्था’मा ‘भाषा’, ‘क्षेत्र’ र ‘नाक’मा
खोज्छौँ राष्ट्रियता हामी द्वेष छर्दै समाजमा १ ९पृ।१६००
संसार जति सुन्दर होस्, स्वदेशभन्दा सुन्दर हुँदैन । यो कुनै भावुकताको कुरा होइन । जननी जन्मभूमिश्च स्वर्गदपि गरीयसी । यो धेरै पुरानो सूक्ति हो । यस्ता धेरै उक्ति स्वप्नदृष्टिमा पनि छन् । चीन र कोरिया घुमफिर गरी कवि ज्ञवालीले निकालेको सार पनि यही हो ।–
राम्रो छ कोरिया पक्कै, छ राम्रो चीन त्यो पनि
राम्रा छन् तिनका कर्म– श्रम, शिल्प र जीवनी
हेरेर कोरिया, चीन पुनः फर्के म देशमै
विदेश जत्ति होस् राम्रो माया लाग्छ स्वदेशकै ।

मलाई विश्वमा मेरै प्यारो नेपाल लाग्दछ
जस्तीसुकै हउन् आमा, आमाकै भर लाग्दछ
विश्व–भूगोलमा लाग्छ नेपालै छ मनोहर
सौन्दर्यका कुरा गर्दा नेपालै लाग्छ सुन्दर । ९पृ।२९५०

मानिस छन् र राष्ट्र छ । राष्ट्र छ र मानिस छन् । पहिले मानिसले गर्दा राष्ट्र बन्यो होला, तर अहिले राष्ट्रले गर्दा मानिसको अस्तित्व रहन्छ । पहिचान हुन्छ । त्यसैले अबका दिनमा व्यक्तिभन्दा राष्ट्र धेरै माथि हुन्छ । कवि ज्ञवालीले पनि राष्ट्रलाई सर्वोच्च स्थान दिएका छन् ।
विश्वमानवता
स्वप्नदृष्टि राष्ट्रवादी छ । समतावादी छ । मानवतावादी छ । विश्वमानवतावादी छ । यो अन्धराष्ट्रवादको वकालत गर्दैन किनकि यसको अन्तर्यमा माक्र्सवाद छ । माक्र्सवाद विश्वमानवतावादी हुन्छ । यथार्थमा जस्तोसुकै आर्तनाद भए पनि कवि विश्ववादी छन् । लेख्छन् ः
आदर्शमा सधैँ देख्छु– विश्ववाद उदाउँछ
यथार्थमा अझै देख्छु– आर्तनाद कराउँछ
मेरो मानसमा यौटै जिज्ञासा लहराउँछ
‘विश्वमा एउटै झन्डा कहिले फर्फराउँछ रु’ ९पृ।३०५०
यहाँ जाति, वर्ग, क्षेत्र, वर्ण आदि अनेक विभेदको अन्त्य गर्दै मानव–मानवका बीचमा समभाव र समता कायम गर्दै विश्वमानवको चिन्तन अघि सारिएको छ । वर्गविहीन र राज्यरहित राज्यको परिकल्पनालाई यहाँ सार रूपमा प्रस्तुत गरिएको छ ।
बैठान
महाकाव्यमा सुन्दर सुदूर भविष्यको अभिव्यञ्जना छ । त्यो स्थूलतर भने छैन । साम्राज्यवाद र विस्तारवाद जस्ता विश्वमानवताका वाधक र विकारको अन्त्य गर्दै, श्रम–सीप–समर्पण र सिर्जनाद्वारा समतामूलक समाजको स्थापनामा कविको भावभूमि अभिमुख छ । यात्रावर्णन, समृद्ध मुलुकको समृद्धिको दिग्दर्शन, स्वदेशको समृद्धिको सम्भावना, साम्राज्यवाद–विस्तारवादप्रतिको घृणा जस्ता विषय स्थूल कुरा हुन् । यिनलाई, यस्ता सन्दर्भलाई अघि सारेर कवि ज्ञवालीले सुदूर भविष्यको सुन्दर निर्माणकारी अभिव्यञ्जना गरेका छन् । प्रस्तुत महाकाव्यको अहम् सम्प्राप्ति पनि यही हो ।
((

))))))))))))))))))))))))))))))))))))))))
समालोचना
स्वप्नदृष्टि महाकाव्यमा भविष्यको निर्माणकारी अभिव्यञ्जना
प्रा.डा. कपिलदेव लामिछाने

उठान
नेपाली महाकाव्य–यात्राका एक स्वप्लिन यात्री रामप्रसाद ज्ञवाली (२०२४) को यात्रा– महाकाव्य स्वप्नदृष्टि (२०७४) हालै प्रकाशित भएको छ । औंसीका फूलहरू (२०५३) बाट महाकाव्य–यात्रा आरम्भ गरेका ज्ञवालीको यो महाकाव्य उनकै महाकाव्य–यात्रा तथा नेपाली महाकाव्य–यात्राको समेत अनुपम प्राप्ति ठहरिन गएको छ । साहित्यसिर्जना र समालोचनाका साथै दर्जनौँ पाठ्यपुस्तक आदिको लेखन–सम्पादनका माध्यमबाट आफ्नो बौद्धिक व्यक्तित्वको विकास गरेर खारिएको जिम्मेवार कलमबाट यस महाकाव्यको रचना भएको छ ।
महाकाव्य चानचुने रचना होइन । चानचुने लेखकले महाकाव्यको रचना गर्ने कुरा सोच्न पनि सक्दैनन् । कनीकुथी श्लोक या कविताको थुप्रो लगाउँदैमा त्यो महाकाव्य हुँदा पनि हुँदैन । ‘महाकाव्य’ भनेर बजारमा देखापरेका सबै रचना महाकाव्य हुँदा पनि होइनन् । साहित्यमा उच्च स्थान बनाएको महाकाव्य महान् काव्य हो । यसको आकारमात्र महान् (विशाल÷ठूलो) हुँदैन । सुनिश्चित प्रबन्धन, सूक्ष्म सकारात्मक जीवनदर्शन, उच्च आदर्श, विस्तृत विविध वर्णनको अपेक्षा गरिन्छ । साथै यसको सिर्जनाका निमित्त लेखकमा दृढ निश्चय र समर्पण समेत अपेक्षित हुन्छ । रामप्रसाद ज्ञवालीमा यस्तो दृढता पाइन्छ ।
कवि समुन्नत र समृद्ध विश्वमानव–समाजको निर्माण गर्न चाहन्छन् । यसका लागि साम्राज्यवाद–विस्तारवाद बाधक छ । त्यसका विरुद्ध जागरुक भई सङ्गठित भएर यसको सशक्त प्रतिवाद गर्नुपर्ने हुन्छ । महाकाव्य महाकाव्यकारको जीवन भोगाइ र त्यसको मन्थनबाट निर्मित उच्च जीवनदर्शनको कलात्मक भाषिक अभिव्यक्ति हो । महाकाव्यकार ज्ञवालीले आफ्नो जीवन भोगाइका क्रममा सुनिश्चित जीवनदर्शन बनाएका छन् भने प्रस्तुत महाकाव्यमा त्यसको अभिव्यक्ति गरेका छन् । यस महाकाव्यमा नेपाली श्रमजीवी र समग्र मानवको भविष्यको निर्माणकारी अभिव्यञ्जना पाइन्छ । यहाँ प्रस्तुत महाकाव्यलाई यही भविष्यदृष्टिका कोणबाट विश्लेषण गरिएको छ ।
भविष्यको परिकल्पना
कवि ज्ञवालीले यहाँ श्रमप्रतिको निष्ठा, धर्ती र मानवताप्रतिको आस्था तथा सुन्दर भविष्यको परिकल्पना गरेका छन् । महाकाव्यको प्रथम श्लोकमै यसको झलक पाइन्छ । जस्तै ः
गाऊँ सुन्दर गीत उच्च श्रमका– धर्ती बनोस् जग्मग
लाऊँ सुन्दर प्रीति स्वच्छ मनका– बास्ना चलोस् मग्मग
देखूँ सुन्दर जिन्दगी प्रगतिका– मान्छे उठेको सदा
लेखूँ सुन्दर सारपूर्ण कविता– बाँचोस् कला सर्वदा । (पृ.४१)

मङ्गलाचरण नभनेरै यहाँ मङ्गलकामना गरिएको छ । महाकाव्यको विषयवस्तु र उद्देश्यसँग सम्बद्ध भएकाले यसलाई वस्तुनिर्देशात्मक मङ्गलाचरण भन्न सकिन्छ । महाकाव्यको विषयवस्तु ऐतिहासिक र सदाश्रित हुनुपर्दछ भन्ने दण्डीको मान्यता छ । यात्रा वर्णन, युद्ध, प्रकृति आदिको वर्णन त्यसै विषयवस्तुभित्रको वण्र्यविषय हुन्छ भन्ने संस्कृत काव्यशास्त्रीको मान्यता छ । यहाँ भने यात्रा नै मुख्य विषय रहेको छ । कवि ज्ञवालीको वैचारिक निकटता भएका विश्वका चर्चित मुलुक चीन र उत्तरकोरियाको भ्रमणले उनलाई पुलकित र रोमाञ्चित तुल्याएको छ । २०७३ भदौमा गरिएको दुईहप्ते भ्रमणका क्रममा भ्रमणबाट देखेभोगेका र आत्मसात् गरेका विषयलाई समेटेर महाकाव्यको रचना गरिएको छ । काठमाडौँबाट चीनको ल्हासा, छेन्दु र बेइजिङ तथा उत्तरकोरियाको प्योङयाङका विभिन्न स्थानको भ्रमण, अवलोकन, गोष्ठी, सेमिनार तथा चीन र विशेषतः उत्तरकोरियाका विकासका सम्प्राप्तिबाट लेखक प्रभावित छन् ।
श्रम र श्रमिक वर्गप्रति श्रद्धा
मानव सभ्यताको विकासमा श्रमको अहम् भूमिका छ । श्रमको सम्बन्ध उत्पादनसँग छ । श्रम र उत्पादन सम्बन्धले गर्दा नै मानिसले सभ्यतामा फड्को मार्न सकेको हो । पुँजीवाद श्रमिकको श्रमशोषण र समाजवाद श्रमको उचित सम्मान र प्रोत्साहनमा उभिएका सिद्धान्त हुन् । श्रमको उचित सम्मान र व्यवस्थापन हुने हुँदा समाजवादी व्यवस्था भएका मुलुक वा समाजवादोन्मुख मुलुकमा श्रमिक वर्गको ठूलो भूमिका रहेको हुन्छ ।
कवि स्वयम् श्रमिक हुन्, बौद्धिक श्रमिक । उनी श्रम र श्रमिक वर्गप्रति सदासर्वदा श्रद्धा गर्दछन् । तिनका श्रमको प्रशंसा गर्दछन् । मजदुर, किसान जस्ता शारीरिक श्रम गर्ने तथा अन्य बौद्धिक श्रम गर्ने श्रमिकका श्रम र पसिनाले नै समाजको विकास गर्न सकिन्छ र राष्ट्रलाई समृद्ध तुल्याउन सकिन्छ । चीन र उत्तरकोरियाको विकास र समृद्धि त्यहाँका अमिकजनका कारणले नै सम्भव भएको हो भन्ने कविको ठम्याइ छ ।
चीनका केही सहरको भ्रमण गरेपछि कवि ज्ञवाली चीनको समृद्धिबाट प्रभावित भएका छन् । उनी लेख्छन् ः
सोचले, योजनासाथै दृढ इच्छा, प्रचारले
श्रमले, साधनासाथै सङ्कल्प र विचारले
अनुशासनले, त्यस्तै ऐन–कानुनले गरी
विकास राष्ट्रको हुन्छ उज्यालो जिन्दगी छरी । (पृ.१०३)

ग्रेटवालको विशाल निर्मिति देखेर कवि लेख्छन् ः
आ मा मा ! कसरी होला बनेको भव्य दुर्ग यो ?
भारी बोकेर डाँडामा दगुरे हुन् अनन्त को ?
चमत्कार छ मान्छेको, कल्पनातीत जाल छ–
मान्छेका सिर्जनामध्ये ग्रेटवाल कमाल छ । (पृ.१०५)

उत्तरकोरियाको विकास र समृद्धिको राज पनि श्रम हो भन्ने कुराको बोध भएको पाइन्छ कविमा ।–
एकता हो ठुलो शक्ति जनता जनताबिच
भएमा एकता कोही डराउन्नन् कसैसित
उत्कृष्ट सिर्जना हुन्छन् स्रष्टा–स्रोत जुटेपछि
श्रम, शिल्प र सङ्कल्प जुर्मुराई उठेपछि ।

भोकानाङ्गा कुनै हुन्नन् श्रमका सिर्जना चले
ढल्छन् सहजै वैरी आत्मविश्वासमा चले
श्रद्धाले श्रमले सच्चा मनको राष्ट्रगानले
जुरुक्कै उठ्दछन् मान्छे जागेमा स्वाभिमानले । (१९४)

समृद्धि र समुन्नतिको मुख्य स्रोत भनेको मानवीय श्रम नै हो । जुन मुलुकका नागरिक श्रम गर्दछन् तिनीहरू व्यक्तिगत रूपमा पनि समृद्ध छन् र तिनको मुलुक पनि समृद्ध भएको छ । उत्तरकोरियाको पहिलो दृष्टिमै कविलाई यसको अनुभूति भएको छ ।–
देख्दा खेतीहरू लाग्यो– यस्तो उर्वर भूमिमा
परिश्रम गरे मान्छे मर्नै पर्दैन व्यर्थमा
उर्वरा छ भने भूमि, चलेमा श्रम–पाखुरी
श्रमी मान्छे कहाँ मर्छ भोकभोकै किरासरि ?

गरेर श्रमको खेती, धर्ती पारेर उर्वर
होला सायद यो बन्न सकेको आत्मनिर्भर । (पृ.१३७)
यसरी प्रस्तुत माहाकाव्यको सर्वेक्षण गर्दै जाने हो भने यहाँ श्रम, लगनशीलता, एकता र अनुशासनलाई महŒव दिएको देखिन्छ । अल्छी तिघ्रो स्वादे जिब्रो गरेर हुँदैन । काम गर्नाका दुखले जोगी भयो, जोगी भएको भोलिपल्ट भोकै रह्यो जस्ता नेपाली उखानबाट नेपाली लोकसमुदाय पनि काम (श्रम) लाई उच्च महŒव दिन्छ भन्ने बोध गर्न सकिन्छ । यही लोमान्यताबाट संस्कारित कवि मन श्रमप्रति निष्ठावान् छ र विदेशी मुलुकको समृद्धिको मूल कारक तŒव श्रम हो भन्ने निष्कर्षमा पुगेको पाइन्छ ।

साम्राज्यवादप्रति घृणा
साना र कमजोर देश वा राज्यहरूलाई आफ्नो शक्तिद्वारा वशमा पारेर आफ्नो राज्यको विस्तार गर्ने वा आफ्नो प्रभुत्व कायम गर्ने हैकमवादी सिद्धान्त नै साम्राज्यवाद हो । ठूला देशले अर्को देशमा आर्थिक–राजनीतिक शोषण गर्नु साम्राज्यवादी चरित्र हो । पहिले अर्काको भूमिमाथि आधिपत्य जमाउने सम्राज्यवाद यता आएर जमिनमाथि भन्दा राज्यसत्तालाई आफ्नो वशमा पार्ने दाउ हेरिरहन्छ र त्यसको लागि अनेक शस्त्रास्त्रको समेत उपयोग गर्दछ ।
समाजविकासका क्रममा जरा गाडेर बसेको सामन्तवादलाई उखाल्न पुँजीवादको सकारात्मक भूमिका रहे पनि अन्ततः पुँजीवाद श्रमको शोषणमै उभिन पुग्यो । यसले गर्दा सर्वहारा श्रमिक वर्ग र पुँजीपति वर्गका बीचका अन्तर्विरोध चर्केर गयो । पुँजीवाद उत्पादनका साधनमा निजी स्वामित्व तथा अतिरिक्त श्रमको शोषणमा आधारित अर्थव्यवस्था हो । यही पुँजीवादको गर्भबाट साम्राज्यवाद जन्मेकाले साम्राज्यवादले एकातिर पुँजी र अर्कातिर राज्यसत्ताउपर आफ्नो बलियो पकड बनाइरहन मरिहत्ते गर्दछ । साम्राज्यवाद र समाजवादको अन्तर्विरोधको मूल जरो यही हो ।
प्रस्तुत महाकाव्यमा कवि ज्ञवालीले साम्राज्यवादी चरित्रलाई उदाङ्गो पार्दै त्यसप्रति घृणा जगाउने कार्य गरेका छन् । सोभियत सङ्घको विघटनपश्चात् अमेरिकी साम्राज्यवादले अलिक हलुका महसुस गरेको हो र उसले राजनीतिक विमति राख्ने मुलुकहरूउपर अनेक जालझेल र चलखेल गर्दै आइरहेको छ । त्यही साम्राज्यवादी खेलको सिकार उत्तरकोरिया पनि हुने गरेको छ । अध्यक्ष किम इल सुङको जुछे विचारधाराले गर्दा सम्पूर्ण कोरियाली जनताहरू योजनाबद्ध–एकताबद्ध भएर लागेकाले अमेरिकी साम्राज्यवाद पटक–पटक परास्त भइआएको छ । यस्तो विचारधारा बारे प्राध्यापक ओ सोङ चोलले ज्ञवाली र उनका सहयात्रीलाई प्रस्ट्याएका छन् । –
ध्वस्त पार्न तथा मार्न सिध्याउन स्वतन्त्रता
साम्राज्यवादले छर्छ युद्ध–आतङ्क सर्वदा ।

घेरी चारै दिशाबाट पार्नलाई छिया छिया
साम्राज्यवाद चाहन्छ घुस्न उत्तरकोरिया
एक्लै पारेर यो राष्ट्र पुँजीवाद उठाउन
साम्राज्यवाद चाहन्छ यसलाई झुकाउन ।

तर यो राष्ट्र झुक्दैन, खडा छौँ स्वाभिमानमा
नेता महान् हुँदा हाम्रा जनता हिँड्छ साथमा
विकास तीव्र गर्दै छौँ लाग्न सक्छ अचम्मको
सेनाविस्तार गर्दै छौँ लेक–मैदानसम्मको ।

शक्तिशाली छ यो राष्ट्र सेनाले, हतियारले
सुसङ्गठित मान्छेले, मिलेका परिवारले
बलवान् छ पुरै राष्ट्र राजनीतिक धारले
सङ्कल्पले र श्रद्धाले, आस्थाले र विचारले । (पृ.१६८–१६९)

जापान पनि अमेरिकी साम्राज्यवादको अन्धसमर्थक भएर लागेको छ । साम्राज्यवाद कति तल्लो स्तरमा उत्रेर घोर मानवताविरोधी कार्य गर्दछ भन्ने कुरा कोरियामाथि गरेको अत्याचारबाट प्रस्ट हुन्छ । त्यसलाई कवि ज्ञवालीले यसरी प्रस्तुत गरेका छन् ः

आक्रामक बनेका छन् खसाली बमबारुद !
अत्याचार गरेका छन् निर्दोष जनतातिर !
घरबस्तीहरू ध्वस्त पारेका कति हो कति !
आगो लगाउँदै मान्छे मारेका कति हो कति !

वृद्धवृद्धाहरू मार्थे घोची सङ्गीनले चिरी
बलात्कार गरी मार्थे युवती, बालिकाधरी
छ्याक्क छ्याक्क गरी काट्थे दुधे नानीहरू कठै !
छानी छानी युवा मार्थे घिसार्दै यातना दिँदै !

दुध चुस्दै भए बच्चा तान्थे घाँटी दबाउँदै !
आमाका स्तन काटेर भकुन्डो खेल्दथे अझै !
नाङ्गै पारी दिदीबैनी बलात्कार गरी गरी
गुप्ताङ्गमा छुरी घोप्दै हाँस्थे जल्लादझैँ गरी !

च्याती युवतीका योनी तरबार घुसाउँदै
भाला घोच्दै भुसा कोच्दै तड्पाउँथे रमाउँदै !
घाइते वृद्धवृद्धाका छाला काट्थे चुनी चुनी !
युवाका लिङ्ग काटेर मिल्काउँथे गरामुनि !

पक्रेर वीर योद्धाका हातगोडा कुँजा गरी
कुत्तालाई लगाएर टोकाएर घरी घरी !
चोक्टा लुछ्न लगाएर छाला काढेर नाच्दथे !
सुन्थे चीत्कार योद्धाका, खित्का छाडेर हाँस्दथे !

ताता फलामका राता सुइरा हातमा लिई
आँखामा घोच्दथे, कोच्थे योनीमा यातना दिई !
सुत्केरी महिलालाई घिसार्दै खुर्मु¥याउँदै
अट्टहास गरी हाँस्थे मृत्युसम्म पु¥याउँदै ! (पृ.१७६–१७७)

यतिमात्र होइन, अमेरिकी साम्राज्यवादले माछा र हावामा विष हालेर, जङ्गलमा डढेलो लगाएर सर्वसाधारणलाई मृत्युको मुखमा धकेल्ने गथ्र्यो । देशमा अनेकपटक नाकाबन्दी लगायो, तर कोरियालीहरूले एक ढिक्का भएर लडे, सङ्घर्ष गरे । कोरियालीहरू मर्न तयार भए, तर आफ्नो अस्तित्व र सम्प्रभुता सुम्पन तयार भएनन् । परिणामतः कोरिया समृद्ध भएको छ, शस्त्रास्त्रले सुसज्जित भएको छ र दुस्मनको सातो काढ्ने क्षमता बनाएको छ । यो कुरा साम्राज्यवादका लागि टाउको दुखाइ भएको छ र अहिले पनि कोरियामाथि आक्रमण र नाकाबन्दीको कुरा चलिरहेकै छ । जनताको दुहाइ दिएर जनता मार्नु, मानवताको प्रश्न उठाएर मानवताको हत्या गर्नु, शान्तिको कुरा उठाएर आतङ्क मच्चाउनु साम्राज्यवादी चरित्र हो ।–

अमेरिकी र जापान–जस्ता राष्ट्रहरू सबै
जनताका कुरा गर्छन्, जनता मार्दछन् सधैँ !
भयानक बनाएर शस्त्र अस्त्र नयाँ नयाँ !
शान्ति छर्ने कुरा गर्छन् छर्दै आतङ्क विश्वमा ! (पृ.१७९)

अमेरिका विश्वआतङ्कवादको विरोध गरेको ढोँग गर्दछ । विश्वबाट आतङ्कवाद निर्मूल पार्ने कुरा पनि गर्दछ, तर ऊ स्वयम् नै आतङ्कवादको जन्मदाता हो । विन लादेन, तालिवान आदिको जन्मदाता स्वयम् अमेरिका हो ।–
सबैको एउटै बोली– विश्वसाम्राज्यवादको
आतङ्कवादको मुख्य नेता अमेरिका छ त्यो !
त्यो देशले गरेको छ हस्तक्षेप जताततै
अर्काको देशमा घुस्दै, लुट्दै, धम्क्याउँदै सधैँ ।

आतङ्कित गरेको छ सेना राखी जहाँतहाँ !
स्वतन्त्रता हरेको छ ससाना राष्ट्रको यहाँ !
नगरे उसको भक्ति प्रतिबन्ध लगाउँछ !
दास बन्न सके मात्रै ‘मित्र ! भन्दै सघाउँछ !

आफैं आतङ्कको नेता जन्माउँछ अमेरिका !
दिन्छ तालिम, आफैंले हुर्काउँछ अमेरिका !
आफैं शस्त्रास्त्र सुम्पेर रौस्याउँछ अमेरिका !
छरेर युद्धका बीज हौस्याउँछ अमेरिका !

‘विन लादेन’को जन्म उसैबाट भयो यहाँ
‘तालिवान’ बनाएको उसैले अफगानमा
उसैले युद्ध–आतङ्क चलाएको ‘इराक’मा
टुक््रयाएको उसैले हो रुसलाई यहाँ त्यहाँ । (पृ.२११)

अमेरिकाले कोरियालीहरूलाई हुनसम्मको दुख दियो, तापनि कोरियालीहरू कहिल्यै पछि हटेनन् र अहिले पनि डटिरहेकै छन्, तर तिनका मनमा अमेरिकाप्रति घोर घृणा विद्यमान छ । एक कोरियन युवतीको कथन ः
मिडिया हात पारेर छरी दिग्भ्रमका कुरा
अमेरिका सधैँ रोप्छ वीरका पीठमा छुरा !

चर्को घृणा छ हामीमा वैरी अमेरिकाप्रति
आक्रामक भएकाले, गरेकाले ठुलो क्षति
झुक्याई त्यसले हान्यो दर्जनौं बम ध्वंसक !
मिसाइलहरू हानी पा¥यो लाखौं हताहत !

हजारौँ जनता मा¥यो, ध्वस्त पा¥यो बिरासत
बिचल्ली सबको पा¥यो, गरायो क्षतविक्षत !
ढुङ्गामाटो तथा हावा, पानी पारी प्रदूषित
पा¥यो सन्त्रस्त वैरीले ! आतङ्कित ग¥यो सब ।

नगरा युद्धको बज्दा, हुनाले युद्ध बर्बर
गयो भूकम्प धर्तीमा, काम्यो आकाश थर्थर
भगाभाग भयो हाम्रो हुँदामा क्षत–विक्षत
हामीले तर त्यागेनौँ स्वाभिमान र हिम्मत । (पृ.२४५)

कोरियालीहरू साम्राज्यवादविरुद्ध खटेर डटेर लड्न तयार भए । साम्राज्यवादले जतिसुकै भ्रमको खेती गरे पनि कोरियालीहरू पछि हटेनन् । –

सूचनाको छ साम्राज्य, सक्ला भ्रम फिँजाउन
हो सक्ला ङ्याक्न ऊ साना राष्ट्र, सक्ला रुवाउन
कोरिया तर झुक्दैन आतङ्की हतियारले
हिमाली जल सुक्दैन धुवाँ, आगो र खारले ।

हामी हिम्मत हार्दैंनौँ, लड्छौँ ढिक्का बनी अझै
सुप्रिमो, जनता हामी, कोरियाली सबै सबै
ज्ञान–विज्ञानको हिँड्छौँ अस्तित्वको पथ
हामी सक्षम छौँ लड्न, लघार्दै शत्रुको रथ ।

सम्झौताहीन सङ्घर्ष कोरियाले ग¥यो सधैं
दागा धरिरहेकै छन् वैरीले अझ उत्तिकै
लड्दै नै छौँ अझै हामी वैरीसामु निरन्तर
मरौँला, कष्ट भोगौँला तर हुन्नौँ पराजित ! (पृ.१८०)

यसरी केलाउँदै जाँदा प्रस्तुत महाकाव्यमा साम्राज्यवादको क्रूर र नृशंस चरित्र प्रस्तुत गरी त्यसप्रति घृणा पैदा गर्दै त्यसबाट कोरियाझैँ सदा दृढतापूर्वक चनाखो हुनुपर्ने अभिव्यञ्जना गरिएको छ । कोरियामाथिको पटक–पटकको आक्रमणको कोरियाली सरकार र जनताले दृढतापूर्वक प्रतिकार गरेका र अमेरिकी साम्राज्यवाद अमिलो मुख लिएर लुत्रुक्क पर्दै पछि हट्ने गरेको इतिहास साक्षी छ ।

विस्तारवाद
अमेरिकी साम्राज्यवाद जस्तै भारतीय विस्तारवाद पनि अहिलेको विश्वको टाउको दुखाइको विषय बनेको छ । भूगोल र जनसङ्ख्यामा दक्षिण एसियामै ठूलो रहेको भारतले अरू छिमेकी मुलुकको सार्वभौमसत्ताउपर पटक–पटक धावा बोल्ने गरेको छ । भूगोल र जनसङ्ख्यामा ठूलो हुँदैमा कुनै देश ठूलो हुँदैन । छिमेकीहरूप्रति भारतको सदैव मिचाहा प्रवृत्ति देखापरेको छ । भूभाग अतिक्रमण गर्नु, आन्तरिक मामिलामा हस्तक्षेप गर्नु, छिमेकी मुलुकको राजनीतिमा सूक्ष्म व्यवस्थापन गर्नु उसको हेपाहा र विस्तारवादी नीतिका परिचायक हुन् । यस्ता तथ्यबाट कवि ज्ञवाली पूर्णतः परिचित छन् ।
उत्तरकोरियामा भइरहेको गोष्ठीमा नेपाली टोलीका माणिकले साम्राज्यवाद–विस्तारवादका बारेमा प्रश्न राख्दा भारतीय प्रतिनिधि गुप्ता जङ्गिएका छन् र हस्तक्षेपकारी विस्तारवादी चरित्र देखाएका छन् । खप्न गारो भएपछि प्रतिकार गर्दै लेखकले भनेका छन् ः
भनेँ– हो ‘कोरिया’ निम्ति जस्तो शत्रु ‘अमेरिका’
हाम्रो नेपालका निम्ति त्यस्तै ‘भारत’ हो सदा
दम्भी भारतले डस्छ–खुनी विस्तारवादले !
हस्तक्षेप सधैँ गर्छ– दास साम्राज्यवादले !

नाकाबन्दी कतै गर्छ, भूमि हर्छ कतैतिर !
हस्तक्षेप सधैँ गर्छ, दागा धर्छ सबैतिर !
सधैँ हेप्छ बनी ठालु, काला छन् यसका कुरा
मुखमा रामको नाम, कोखमा धारिलो छुरा । (पृ.१७२–१७३)

यी कथनबाट भारतीय विस्तारवाद नेपालका लागि कति घातक र क्रूर रहेछ बुझ्न सकिन्छ । भारतीय विस्तारवादको देखावटी रूप फरक छ भने उसको वास्तविक रूप फरक छ । –
दाँत बाहिर छन् सेता, पहेंला तर भित्र छन्
देखावटी कुरा गर्छन्, मसीका शब्दचित्र छन्
मात्र भाषण गर्दै छन् छ समर्थन झैं गरी । (पृ.१७५)

नाकाबन्दी गरी मार्ने नेपाली जनताहरू !
छिमेकी राष्ट्रको स्वत्व मास्ने खोसेर आबरु ! (पृ.१७५)

भारतीय विस्तारवादका नायक मोदीका कुरा सुन्दा हितकारी लागे पनि तिनका व्यवहार नेपाल र नेपालप्रति घातक रहेका छन् । नेपालको पानीमाथि आधिपत्य जमाएर आफ्नो स्वार्थका निमित्त प्रयोग गर्ने, नेपालका सीमा क्षेत्रमा उच्च सडक निर्माण गरी नेपालको भूभागलाई डुबानमा पार्ने लगायतका कतिपय एकतर्फी कार्य भइरहेका छन् । नेपाललाई सानो ठानेर हेप्ने कार्य भएका छन् ।
राष्ट्रवाद
साम्राज्यवादप्रतिको घृणा होस् कि विस्तारवादप्रतिको विरोध यी सबैको पछाडि स्वराष्ट्रप्रतिको निष्ठा, आस्था र स्वराष्ट्रको हित जोडिएको छ । राष्ट्र सर्वोच्च हो । कवि ज्ञवालीको वैचारिक चिन्तन पनि राष्ट्रसँग गाँसिएर आएको छ । मान्छेको स्वत्व, अस्मिता, पहिचान, चिनारी भनेकै उसको राष्ट्र हो । कवि ज्ञवालीले ‘परिचय’ शीर्षकको आठौँ सर्गका केही श्लोक नेपालको प्रकृति, संस्कृति र सुकृति–गानमा लगाएका छन् । –
जहाँ सौन्दर्यले आफैं भव्य सौन्दर्य पाउँछ
जहाँ सङ्गीत नै झुक्दै सिक्न सङ्गीत आउँछ
कलाकार जहाँ आई कला बन्दै रमाउँछन्
अशान्ति, मनका पीडा जहाँ आई हराउँछन् । (पृ.१५०)
आफ्नो परिचयलाई कवि ज्ञवालीले आफूलाई सगरमाथा, माछापुच्छ«े, फेवा, लुम्बिनी, बुद्ध, शान्ति, गण्डकी, भृकुटी, चन्द्र, सूर्य, रारा, भव्य उपत्यकाहरू, भाषा, संस्कृति, कला, गला, गोसाइँकुण्ड, स्वर्गद्वारी, रुरुक्षेत्र, शालिग्राम, भानुभक्त, मोतीराम, लेखनाथ, देवकोटा, भूपी, पारिजात र कृष्णसेनसम्मका साहित्यस्रष्टा, गङ्गालाल, दशरथ, शुक्रराज, धर्मभक्त जस्ता शहीदहरू, योगमाया, कृष्णलाल आदि क्रान्तिकारीहरूको देशको कविका रूपमा प्रस्तुत गरेका छन् । देशको वर्तमान सन्तोषजनक नभए पनि यसको इतिहास गौरवशाली छ, यसको प्रकृति भव्य–सभ्य छ । गरे जे पनि सम्भव हुने सम्भावनाको मूल ढोका खुला छ ।
यस्तो राष्ट्र यस्तो मुलुकलाई डस्न खोज्ने विस्तारवादप्रति कवि ज्ञवालीको कठोर आक्रोश छ । जबजब उनी विदेशका आँगनमा विकासका अद्भुत चमत्कार देख्छन् अनि स्वदेशको सम्झनाले उनलाई सताइरहन्छ । जस्तै ः
अरू विकासमा दङ्ग, हामी जाति र रङ्गमा !
अरू छन् जुट्नमा दङ्ग, हामी फुट्छौँ उमङ्गमा !
‘टोपी’, ‘धोती’ र ‘कुर्था’मा ‘भाषा’, ‘क्षेत्र’ र ‘नाक’मा
खोज्छौँ राष्ट्रियता हामी द्वेष छर्दै समाजमा ! (पृ.१६०)
संसार जति सुन्दर होस्, स्वदेशभन्दा सुन्दर हुँदैन । यो कुनै भावुकताको कुरा होइन । जननी जन्मभूमिश्च स्वर्गदपि गरीयसी । यो धेरै पुरानो सूक्ति हो । यस्ता धेरै उक्ति स्वप्नदृष्टिमा पनि छन् । चीन र कोरिया घुमफिर गरी कवि ज्ञवालीले निकालेको सार पनि यही हो ।–
राम्रो छ कोरिया पक्कै, छ राम्रो चीन त्यो पनि
राम्रा छन् तिनका कर्म– श्रम, शिल्प र जीवनी
हेरेर कोरिया, चीन पुनः फर्के म देशमै
विदेश जत्ति होस् राम्रो माया लाग्छ स्वदेशकै ।

मलाई विश्वमा मेरै प्यारो नेपाल लाग्दछ
जस्तीसुकै हउन् आमा, आमाकै भर लाग्दछ
विश्व–भूगोलमा लाग्छ नेपालै छ मनोहर
सौन्दर्यका कुरा गर्दा नेपालै लाग्छ सुन्दर । (पृ.२९५)

मानिस छन् र राष्ट्र छ । राष्ट्र छ र मानिस छन् । पहिले मानिसले गर्दा राष्ट्र बन्यो होला, तर अहिले राष्ट्रले गर्दा मानिसको अस्तित्व रहन्छ । पहिचान हुन्छ । त्यसैले अबका दिनमा व्यक्तिभन्दा राष्ट्र धेरै माथि हुन्छ । कवि ज्ञवालीले पनि राष्ट्रलाई सर्वोच्च स्थान दिएका छन् ।
विश्वमानवता
स्वप्नदृष्टि राष्ट्रवादी छ । समतावादी छ । मानवतावादी छ । विश्वमानवतावादी छ । यो अन्धराष्ट्रवादको वकालत गर्दैन किनकि यसको अन्तर्यमा माक्र्सवाद छ । माक्र्सवाद विश्वमानवतावादी हुन्छ । यथार्थमा जस्तोसुकै आर्तनाद भए पनि कवि विश्ववादी छन् । लेख्छन् ः
आदर्शमा सधैँ देख्छु– विश्ववाद उदाउँछ
यथार्थमा अझै देख्छु– आर्तनाद कराउँछ
मेरो मानसमा यौटै जिज्ञासा लहराउँछ
‘विश्वमा एउटै झन्डा कहिले फर्फराउँछ ?’ (पृ.३०५)
यहाँ जाति, वर्ग, क्षेत्र, वर्ण आदि अनेक विभेदको अन्त्य गर्दै मानव–मानवका बीचमा समभाव र समता कायम गर्दै विश्वमानवको चिन्तन अघि सारिएको छ । वर्गविहीन र राज्यरहित राज्यको परिकल्पनालाई यहाँ सार रूपमा प्रस्तुत गरिएको छ ।
बैठान
महाकाव्यमा सुन्दर सुदूर भविष्यको अभिव्यञ्जना छ । त्यो स्थूलतर भने छैन । साम्राज्यवाद र विस्तारवाद जस्ता विश्वमानवताका वाधक र विकारको अन्त्य गर्दै, श्रम–सीप–समर्पण र सिर्जनाद्वारा समतामूलक समाजको स्थापनामा कविको भावभूमि अभिमुख छ । यात्रावर्णन, समृद्ध मुलुकको समृद्धिको दिग्दर्शन, स्वदेशको समृद्धिको सम्भावना, साम्राज्यवाद–विस्तारवादप्रतिको घृणा जस्ता विषय स्थूल कुरा हुन् । यिनलाई, यस्ता सन्दर्भलाई अघि सारेर कवि ज्ञवालीले सुदूर भविष्यको सुन्दर निर्माणकारी अभिव्यञ्जना गरेका छन् । प्रस्तुत महाकाव्यको अहम् सम्प्राप्ति पनि यही हो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 पौष, 2074

लेखकका अन्य रचनाहरु